Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसुरक्षा अपराधअवैध लागूऔषधसहित पक्राउ

अवैध लागूऔषधसहित पक्राउ


काठमाडौं । पर्सा, वीरगञ्ज महानगरपालिका-१६ बस्ने २५ वर्षीय बब्लु पाठकलाई महानगरपालिका-१२ स्थित सडकबाट नियन्त्रित लागूऔषध फेनारगन १ हजार ४ सय एम्पुल, डाईजेल्याब १ हजार ४ सय एम्पुल र नुर्फिन १ हजार ४ सय एम्पुलसहित सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

भारतबाट वीरगञ्जतर्फ आउँदै गरेको ना.१ ज २०३७ नम्बरको टाटा सुमो जाँच गर्ने क्रममा वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरीले गाडीको ईन्जिन माथिको बर्नटको दुबैपट्टीको भागमा कालो प्लाष्टिकमा १४ पोका बनाई लुकाई छिपाइ ल्याएको उक्त परिमाणको लागूऔषध फेला पारी गाडीका चालक पाठकलाई पक्राउ गरेको हो । उनी उपर लागूऔषध सम्बन्धी कसूरमा जिल्ला अदालत पर्साबाट ७ दिन म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको छ ।

कैलाली, कंचनपुर शुक्लाफाँटा नगरपालिका-५ बस्ने ४९ वर्षीय जयराज भट्टलाई धनगढी उपमहानगरपालिका-२ तिल्के तालबाट अवैध लागूऔषध ब्राउनसुगर ९ ग्राम ७ सय ४० मिलिग्रामसहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-८ बुद्धचोक बस्ने २० वर्षीय उमेश घलेलाई अवैध लागूऔषध ब्राउनसुगर १ ग्रामसहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

दाङ, दगीशरण गाउँपालिका-३ हेकुलीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय मिलिग्रामसहित सोही ठाउँ बस्ने ३७ वर्षीय श्रृखल पौडेललाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय तुलसीपुर दाङबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

सर्लाही, मलंगवा नगरपालिका-८ झिलमिलियाबाट अवैध लागूऔषध गाँजा २० केजी मंगलबार दिउँसो प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको गस्ती टोलीलाई देख्नासाथ नेपालबाट भारततर्फ जाँदै गरेका व्यक्तिले झोला फाली फरार भए पश्चात प्रहरीले झोला तलासी गर्दा उक्त परिमाणको गाँजा फेला पारेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : सुरक्षा अपराध

तपाईको प्रतिक्रिया