नर्भिकद्वारा ल्याप्रोस्कोपिक सर्जरी सेवामा छुट
काठमाडौं । नर्भिक इन्टरनेसनल हस्पिटलअन्तर्गतको नर्भिक आईभीएफ सेन्टरले स्त्री रोगसँग सम्बन्धित बिरामीलाई लक्षित गर्दै भारी छुटसहितको एक महिने ल्याप्रोस्कोपिक सर्जरी प्याकेजको घोषणा गरेको छ ।
नर्भिक आईभीएफले आफ्नो तेस्रो वार्षिकोत्सवको अवसर पारेर असार २५ गतेदेखि साउन २५ गतेसम्म स्त्री रोगसँग सम्बन्धित बिरामीलाई अस्पतालको नियमित शुल्कमा भारी छुट दिएर ल्याप्रोस्कोपिक सर्जरी क्याम्पको आयोजना गर्न लागेको हो । उक्त सर्जरी प्याकेजमा नर्भिक आईभीएफकी बरिष्ठ स्त्री रोग तथा टेस्टट्युब बेबी विशेषज्ञ एवम् ल्याप्रोस्कोपिक सर्जन डा नुतन शर्मासहितको टिमले बिरामीको शल्यक्रिया एवम् उपचार गर्नेछ । सहुलियत प्याकेजमा महिलाको पाठेघर फाल्न गरिने अप्रेसन, पाठेघरको ट्युमर, शिष्टलगायत पाठेघरको कुनै पनि समस्यामा गरिने शल्यक्रियात्मक प्रक्रियाहरू समेटिएको नर्भिक अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले जानकारी दिए ।
कुनै पनि महिलाको बच्चा नहुने अप्रेसन गर्न वा त्यस्तो अप्रेसनलाई पुनः खोल्न पनि ल्याप्रोस्कोपिक सर्जरी निकै प्रभावकारी हुने भएकाले त्यससँग सम्बन्धित बिरामीले पनि क्याम्पमा सहभागिता जनाउन सक्ने अस्पतालकी वरिष्ठ ल्याप्रोस्कोपिक सर्जन डा नुतन शर्माले बताइन् । नर्भिक हस्पिटलको सेवामा सर्वसाधारणको पहुँचलाई विस्तार गर्ने उद्देश्यसहित पहिलो चरणमा नर्भिक आईभीएफबाट भारी छुटसहितको एक महिने विशेष सर्जरी प्याकेज सञ्चालन गर्न लागिएको अस्पतालले जनाएको छ । यो प्याकेजमा सहभागी हुन चाहने बिरामीले अग्रीमरूपमा नाम दर्ता गराउनुपर्ने अस्पतालले जनाएको छ ।
सर्जरी प्याकेजमा सहभागी हुन नाम दर्ता गरेका बिरामीहरूलाई ओपीडी शुल्क निःशुल्क गरिएको छ भने एक महिनासम्म चिकित्सक फलोअपमा समेत पैसा लाग्ने छैन । विभिन्न कारणले सर्जरीका लागि पालो पर्खिएका वा सर्जरीको योजनामा रहेका बिरामीले डा शर्मासँग निःशुल्क परामर्श गराई आफ्नो सुविधाअनुसार दूरबिन प्रविधिबाट शल्यक्रिया गराउन सक्ने छन् । दूरबिन प्रविधिबाट गरिने अप्रेसन बिरामीका लागि निकै सुविधायुक्त र फाइदाजनक मान्ने गरिन्छ । अस्पतालको बसाइ कम हुने, घाउ छिटो निको हुने, हर्नियाको जोखिम कम हुनेलगायतका फाइदाका कारण पनि ल्याप्रोस्कोपिक सर्जरीमा बिरामीको आर्कषण पछिल्लो समय बढ्दै गएको चिकित्सकको भनाइ छ ।
क्याटेगोरी : स्वास्थ्य / जिवनशैली
ट्याग : #page 3
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया