नेत्रज्योति संघ र डाक फाउन्डेसनबीच सम्झौता
काठमाडौं । नेपाल नेत्रज्योति संघ र अस्ट्रेलियाको डाक फाउन्डेसनबीच सम्झौता भएको छ । सन् २०२३ मा करिब आठ हजार जना आँखाका बिरामीको निःशुल्क शल्यक्रियाका लागि संघलाई अनुदान रकम उपलब्ध गराउनेसम्बन्धी सम्झौता भएको हो । सम्झौतापछि संघले विभिन्न अस्पताल तथा बाह्य कार्यक्रममार्फत आर्थिक अभावका कारण आँखाको उपचारबाट बञ्चित नागरिकको निःशुल्क आँखा उपचार गर्नेछ ।
सम्झौतापत्रमा संघका अध्यक्ष प्राडा चेतराज पन्त र फाउन्डेसनका संस्थापक डेभ रिकार्डले हस्ताक्षर गरेका छन् ।
संघ र फाउन्डेसनका बीचमा सन् २०१९ देखि निरन्तर सहकार्य भइरहेको र यसैको निरन्तरताको रूपमा निःशुल्क शल्यक्रियाको सम्झौता भएको हो । कोही पनि नागरिकले आर्थिक अभावकै कारण दृष्टिविहीन भएर बस्नु नपरोस् भनेर संघले विभिन्न दातृ निकायसँगको सहकार्यमा देशैभर निःशुल्क शिविर सञ्चालन गरिरहेको संघका महासचिव भरतबहादुर चन्दले बताए ।
डाक फान्डेसनको सहयोगमा अहिलेसम्म करिब पाँच लाख बिरामीको आँखा जाँच गरी ५२ हजार बिरामीको निःशुल्क शल्यक्रियासमेत गरिएको संघका कार्यक्रम व्यवस्थापक रञ्जन शाहले जानकारी दिए । अस्ट्रेलियन दम्पती डेभ रिकार्ड र केरी डिकार्डले आफ्नो व्यक्तिगत आयबाट सञ्चालन गरेको फाउन्डेसनले हाल विश्वका करिब १० देशका गरिबीको रेखामुनि रहेका नागरिकलाई विभिन्न स्वास्थ सेवा निःशुल्क प्रवाह गर्न अनुदान दिइरहेको छ । विश्वका पाँच लाख मानिसलाई ज्योतिको दोस्रो अवसर दिने लक्ष्य रहेको फाउन्डेसनका संस्थापक डेभ रिकार्ड बताउँछन् ।
सन् २०३० सम्ममा नेपालबाट उपचारपछि निको हुने अन्धोपनालाई निवारण गर्ने नेत्रज्योति संघको योजनामा डाक फाउन्डेसनले महत्वपूर्ण सहयोग पु-याइरहेको संघका कार्यकारी निर्देशक डा शैलेशकुमार मिश्रले जानकारी दिए । ‘अहिले पनि हाम्रो देशमा कतिपय नागरिकहरू आर्थिक अभावकै कारण आँखा उपचारबाट बञ्चित छन् । त्यस्ता नागरिकलाई सेवा प्रवाह गर्न डाक फाउन्डेसनजस्ता दातृ निकायको सहयोग महत्वपूर्ण छ’ मिश्रले भने ।
क्याटेगोरी : स्वास्थ्य / जिवनशैली
ट्याग : #page 3
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया