Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठस्वास्थ्य / जिवनशैलीछत्रपाटी चिकित्सालयका पदाधिकारीले सम्हाले कार्यभार

छत्रपाटी चिकित्सालयका पदाधिकारीले सम्हाले कार्यभार


काठमाडौं । छत्रपाटी निःशुल्क चिकित्सालयमा नयाँ कार्य समितिले सपथग्रहण र कार्यभार सम्हालेका छन् । गत वैशाख १६ गते भएको निर्वाचनबाट निर्विरोध निर्वाचित भएका पदाधिकारी तथा सदस्यहरूले सपथग्रहण एवं कार्यभार सम्हालेका हुन् ।

उनीहरूलाई निर्वाचन आयुक्त वरिष्ठ अधिवक्ता विश्वराज भटराईले सपथ खुवाएका हुन् । कार्यक्रममा पूर्वअध्यक्ष विजय बहादुर मालीले निर्वाचित सबैलाई बधाई ज्ञापन गरेका थिए । कार्य समितिमा अध्यक्ष डा. मनोजमान श्रेष्ठ, उपाध्यक्ष कुमारदेव मानन्धर, महासचिव डा.कृष्टिना श्रेष्ठ, सचिव जगदीश माली, कोषाध्यक्ष लहना श्रेष्ठ, सह कोषाध्यक्ष कृष्णप्रसाद मानन्धर निर्वाचित भएका थिए ।

त्यस्तै, कार्यकारिणी सदस्यमा नवीन मानन्धर, डा.निरन महर्जन, सुमनकृष्ण श्रेष्ठ, जुजुकाजी महर्जन, सुरज श्रेष्ठ र डीएल चन्द्र मानन्धर निर्वाचित भएका छन् ।


क्याटेगोरी : स्वास्थ्य / जिवनशैली
ट्याग : #page 3

तपाईको प्रतिक्रिया