वीपी प्रतिष्ठानमा छुट्टै डेंगु वार्ड
काठमाडौं । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले छुट्टै डेंगु वार्ड सञ्चालनमा ल्याएको छ । यसअघि गत असार २९ गतेबाट छुट्टै डेंगु क्लिनिक सञ्चालनमा ल्याएको प्रतिष्ठानले बिरामीको संख्यामा वृद्धि भएपछि आइतबारदेखि छुट्टै वार्ड सञ्चालनमा ल्याएको हो ।
प्रतिष्ठान र धरान उपमहानगरपालिकाको सहकार्यमा सञ्चालन गरिएको डेंगु क्लिनिकमा आठ सय १९ जनाको परीक्षण गर्दा छ सय १५ जना अर्थात् ७५ प्रतिशतमा डेंगु संक्रमण देखिएपछि छुट्टै डेंगु वार्ड सञ्चालनमा ल्याएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानको कोभिड अस्पताल भवनमा (धर्मशालाको पूर्वपट्टि) हाललाई ३० बेडको छुट्टै डेंगु वार्डको व्यवस्था गरिएको प्रतिष्ठानका सहप्रवक्ता डा चुरामणि पोखरेलले जानकारी दिए । उनका अनुसार प्रतिष्ठानको इमर्जेन्सीमा वा ओपीडीमा उपचारका लागि आएका डेंगुका बिरामीमध्ये सिकिस्त बिरामीहरूलाई आईसीयू, इमर्जेन्सी र अन्य वार्डमा उपचारार्थ राखिने छ । त्यसबाहेक स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा राख्नुपर्ने डेंगुका बिरामीहरूलाई सो वार्डमा भर्ना गरी उपचार गरिने पोखरेलले जनाए ।
क्याटेगोरी : स्वास्थ्य / जिवनशैली
ट्याग : #Page 8
ताजा अपडेट
- उद्योग क्षेत्रमा बारम्बार विद्युत् लाइन नकाट्न आग्रह
- नेपालको पर्यटन प्रवर्द्धनका लागि भाइबरसँग सहकार्य
- महिलालाई नीतिनिर्माण प्रक्रियामा साझेदार बनाउन सरकार प्रतिबद्ध
- ‘कृषिको व्यावसायीकरणका लागि निजी क्षेत्रसँग सहकार्य’
- अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन : कार्बन उत्सर्जन कम गर्ने विषयमा छलफल
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- अब हामीले बोक्ने सवारी चालक अनुमतिपत्र कस्तो हुन्छ?
- इजरेली हमलामा दुईजना सैनिक मारिएपछि इरानले भन्यो : ‘हामीसँग प्रतिरक्षाको अधिकार छ’
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया