Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठस्वास्थ्य / जिवनशैलीॐ हस्पिटलमा वैद्य अर्गनाइजेसनका कर्मचारीलाई छुट

ॐ हस्पिटलमा वैद्य अर्गनाइजेसनका कर्मचारीलाई छुट


काठमाडौं । राजधानीको चाबहिलस्थित ॐ हस्पिटल एन्ड रिसर्च सेन्टर र धुम्बाराहीस्थित बैद्य अर्गनाइजेसनबीच सम्झौता भएको छ । सम्झौताअनुसार अस्पतालमा वैद्यका कर्मचारीलाई उपचारमा विशेष छुट हुने भएको छ ।

वैद्य अर्गनाइजेसनको कार्यलयमा आयोजित कार्यक्रममा अस्पतालका प्रमुख कार्यकारी अधिकृत यमबहादुर महत तथा अर्गनाइजेसनका निर्देशक वेदबहादुर श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । अर्गनाइजेसनका सदस्य र कर्मचारीको लागि आवश्यक स्वास्थ्य उपचार सेवा सुलभ र सहजरूपमा पु¥याउने उद्देश्यले सम्झौता गरेको बताइएको छ । सम्झौताअनुसार अर्गनाइजेसनसँग सम्बन्धित कर्मचारी तथा उनीहरूकोे परिवारका सदस्यले अस्पतालबाट ‘फास्ट ट्रयाक मेडिकल सर्भिस’अन्तर्गत पूर्णकालीन आवश्यक सेवा विशेष छुटमा सहजरूपमा लिन सक्ने कम्पनीले जनाएको छ ।

सम्झौतामा चिकित्सकसँगको परामर्श, विशेषज्ञ उपचार सेवा, नर्सिङ केयर, एम्बुलेन्स सेवामा समन्वय, ल्याब टेस्ट, विभिन्न खोपको लागि व्यवस्था, रगत परीक्षण तथा प्रि–हेल्थ चेकअप सेवालगायतका सुविधाहरू उपलब्ध हुने जनाइएको छ । अस्पतालले कर्पोरेट डेस्कमार्फत वैद्य अर्गनाइजेसनको संस्थागत सिफारिसमा उपचार तथा परीक्षणका लागि आउने सेवाग्राहीका लागि सम्पर्कव्यक्तिको समेत व्यवस्था गरेको छ ।


क्याटेगोरी : स्वास्थ्य / जिवनशैली
ट्याग : #page 3

तपाईको प्रतिक्रिया