कोरिया सरकारद्वारा पाँच करोडबढीको स्वास्थ्य सामग्री हस्तान्तरण
काठमाडौं । गणतन्त्र कोरिया सरकारले नेपालको स्वास्थ्य क्षेत्रको क्षमता अभिवृद्धिका लागि पूर्ण स्वचालित बायोकेमिस्ट्री स्वास्थ्य जाँच सामग्री उपलब्ध गराएको छ । ती बहुउपयोगी सामग्रीहरु आज नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क थेयङले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा.रोशन पोखरेलमार्फत नेपाल सरकारलाई हस्तान्तरण गरेका हुन् ।
स्वास्थ्य सामग्रीको मूल्य पाँच करोड ३५ लाख ३२ हजार पाँच सय रुपैयाँ बराबरको रहेको छ । स्वास्थ्य क्षेत्रमा बहुउपयोगी सावित हुने अनुदानमार्फत हस्तान्तरण भएको स्वास्थ्य सामग्रीले नेपालको स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान पुग्ने बताइएको छ ।
विशेष गरी नेपालभरका प्रदेश तथा जिल्ला तहमा उन्नत चिकित्सा उपकरणहरूको आवश्यकतालाई उक्त बहुउपयोगी स्वास्थ्य सामाग्रीले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा लिइएको दूतावासले जनाएको छ । दूतावासद्वारा आज जारी विज्ञप्तिका अनुसार पूर्ण स्वचालित बायोकेमिस्ट्री स्वास्थ्य जाँच उपकरणले प्राथमिक स्वास्थ्य परीक्षण:कलेजो, मृगौला, र प्यान्क्रियाजसहित महत्वपूर्ण अङ्गहरूको स्वास्थ्य अवस्था परीक्षणमा उपयोगी हुने विश्वास रहेको छ ।
यस डायग्नोस्टिक उपकरणले सिरम, प्लाज्मा र पिसाबजस्ता बायोकेमिस्ट्री नमूनाहरूको सही विश्लेषण गर्ने छ र रोगको निदानका लागि उपचारमा महत्वपूर्ण भूमिका कोरिया सरकारको यस सहयोगले स्थानीयस्तरमा रहेका अस्पतालहरूलाई प्राथमिक चरणमा नै रोगको सही पहिचान र उपचारका लागि सहज बनाउने छ ।
स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै सचिव पोखरेलले यस किसिमको सहयोगले नेपालको स्वास्थ्य क्षेत्रको आधारभूत रोग परीक्षण तथा स्वास्थ्य अधिकारीहरूलाई सुदृढ बनाउन सकारात्मक प्रभाव पार्ने कुरामा जोड दिँदै नेपालको स्वास्थ्य क्षेत्रको क्षमता विस्तारमा टेवा पुग्ने अपेक्षा व्यक्त गरे । राजदूत पार्कले कोरियाली सरकारको यस्ता किसिमका सहयोगले नेपाललाई एक स्थिर विकासका लागि सधैँ समर्थन रहने बताए ।
कोरिया सरकारले नेपाललाई १५ वर्षदेखि लगातार विकास साझेदारी प्राथमिक राष्ट्रको सूचीमा समावेश गरेर विभिन्न विकास साझेदारी कार्यक्रमलाई निरन्तरता दिंदै आएको छ । विकास साझेदारीका प्रमुख क्षेत्रहरुमा स्वास्थ्य, सरसफाइ, कृषि, खानेपानी, शिक्षा, ग्रामीण विकास तथा उर्जा क्षेत्र रहेका छन् ।
कोरिया सरकारले कोइकामार्फत सन् १९९१ देखि नेपाललाई १८८.६ मिलियन अमेरिकी डलर बराबरको सहयोग उपलव्ध गराइसकेको छ । हालसम्म मुगु, नुवाकोट र टीकापुर अस्पतालको स्थापना भएर सञ्चालनमा रहेको छ ।
त्यसैगरी कोरिया सरकारको सहयोगमा निर्माण सम्पन्न भएर सञ्चालनमा रहेको कोरिया नेपाल मैत्री अस्पतालको क्षमता वृद्धिका लागि दोश्रो चरणको कार्यक्रम अन्तरगत एक सय ५० थप शय्याको अस्पताल निर्माण चरणमा रहेको छ ।
साथै, सन् २०१५ मा नेपालमा गएको महाभूकम्प र कोभिड–१९ को महामारी लगायतका कठीन घडीमा पनि कोरिया सरकारले नेपाललाई सहयोग गरेको थियो । कोरियाली सरकारले हालै कर्णालीमा गएको भूकम्पबाट प्रभावित नेपाली जनतालाई तीन लाख अमेरिकी डलर बराबरको मानवीय सहायता पनि उपलब्ध गराउने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ ।
आगामी वर्ष सन् २०२४ मा कोरिया र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वार्षिकोत्सवका अवसरमा कोरिया सरकारले नेपालमा विभिन्न विकास साझेदारी कार्यक्रम मार्फत दुई देशबीचको सम्वन्धलाई झनै बजबुत गर्ने जनाएको छ । दुई राष्ट्र बीच विभिन्न क्षेत्रहरूमा द्विपक्षीय सहयोगका ढोकाहरु खुल्दै जानेछन र सकारात्मक सम्बन्धले उचाई चुम्ने छ भन्ने विश्वास गरिएको छ । रासस
क्याटेगोरी : स्वास्थ्य / जिवनशैली
ताजा अपडेट
- परराष्ट्रमन्त्री डा राणा आज स्वदेश फर्कदै
- नेपाल प्रिमिअर लीगमा खेल्ने विदेशी खेलाडी को कति चर्चित ?
- महाराजगञ्जलगायतका स्थानमा आज बिजुली काटिने
- दुई अर्ब ६३ करोडका लागतमा सुपर काबेली ‘ए’ जलविद्युत् आयोजना निर्माण सम्पन्न : परीक्षण सफल
- सर्वाधिक चर्चाकाबीच ‘नेपाल प्रिमियर लिग’ क्रिकेट आजदेखि
- विदेशमा नेपाली कामदारमा रोग निम्त्याउने मुख्य कारण के, तिनलाई कम गर्न विशेषज्ञले दिएका सुझाव कस्ता
- प्रधानमन्त्रीको चीन भ्रमणमा परराष्ट्रमन्त्रीबाहेक मन्त्रिपरिषद्का अरू सदस्य नजानुको कारण
- पराष्ट्रमन्त्री राणा चीनमा, ओलीको भ्रमणमा बीआरआई कार्यान्वयनसम्बन्धी सम्झौता हुने सम्भावना कति ?
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया