एचआईभी संक्रमित विभेदमा
काठमाडौं । समाजमा चेतना अभावले एचआईभी संक्रमित विभेदमा परेका छन् । एचआईभी संक्रमितहरूले आधारभूत सेवा तथा मौलिक हकको समेत उपभोग गर्न नसकेको राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपालले जनाएको छ ।
महासंघका आयोजना अधिकृत राजेश्वरी प्रजापतिले एचआईभी संक्रमित भएकै कारण शिक्षा, स्वास्थ्य, सम्पत्तिलगायत मौलिक हकबाट बञ्चित हुनु परेको बताइन् । सहरी क्षेत्रमा भन्दा ग्रामीण भेगमा यो समस्या बढी भएको उनले बताइन् । महासंघले एचआईभी संक्रमण भएकै कारण जन्मदर्ता र नागरिकता पाउन समेत समस्या भएको बताएको छ । अहिलेसम्म ४३ जना बालबालिकको जन्मदर्ता समेत हुन सकेको छैन ।
महासंघका अनुसार नेपालमा एचआईभी संक्रमितको संख्या ३० हजार ३० जना छ । त्यसमध्ये २४ हजार दुई सय ३७ जनाले औषधी सेवन गर्ने गरेका छन् । सरकारले एचआईभी संक्रमितलाई सामान्य नागरिकसरह अधिकार प्रदान गरे पनि समाजमा विभेद कायमै रहेको महासंघका अध्यक्ष खगेन्द्र खड्काले बताए ।
क्याटेगोरी : स्वास्थ्य / जिवनशैली
ट्याग : #page 3
ताजा अपडेट
- एमाले लुम्बिनी प्रदेश सभा सदस्य दुर्गा चौधरी पार्टी सदस्यबाट निलम्बित
- अदालतले पक्राउ पुर्जी जारी गरेका प्रहरी (इन्स्पेक्टर) १ बर्ष देखि कार्यरत रहेको खुलासा !
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को धादिङ जिल्ला भेला सम्पन्न
- ‘जलवायु सङ्कट सामना गर्न सहकार्य आवश्यक’
- कीर्तिपुरमा विकास र सुशासनका मुद्दासहित चुनाव प्रचार तीव्र
- सामाजिक सुरक्षाकोषमा निजी क्षेत्र आबद्ध हुनैपर्ने
- धुलाबारीमा अतिक्रमित संरचना हटाउँदै मेचीनगर
- २७ सय १६ बिन्दुमा उक्लियो शेयर बजार
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया