Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठस्वास्थ्य / जिवनशैलीचार औषधिको उत्पादनमा रोक

चार औषधिको उत्पादनमा रोक


काठमाडौं । औषधि व्यवस्था विभागले चार औषधिको उत्पादनमा रोक लगाएको छ । विभागले एसिक्लोफेनेक, लिनाग्लिप्टिन, लिनाग्लिप्टिन एन्ड मेट्फर्मिन र रिभरोक्सबान नामक औषधिको उत्पादन तत्काल नगर्न निर्देशन दिएको हो ।

औषधि मूल्यांकन समितिको अध्ययन र रायका आधारमा यस्तो निर्णय गरिएको विभागले जनाएको छ । विभागका वरिष्ठ औषधि व्यवस्थापक पानबहादुर क्षेत्रीका अनुसार ती औषधिमा सम्मिश्रणको मात्रा मापदण्डअनुसार नभएको पाइएकाले तत्काल उत्पादन नगर्न भनिएको हो । रोक लगाइएका औषधिको बजारमा बिक्री भइरहेको ‘ब्रान्ड’को समेत थप उत्पादन नगर्न विभागले निर्देशन दिएको छ ।


क्याटेगोरी : स्वास्थ्य / जिवनशैली

तपाईको प्रतिक्रिया