नेपाल विज्ञान प्रतिष्ठान समितिको संयोजकमा डा. अधिकारी
काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) सिप, ज्ञान र प्रविधि हस्तान्तरण विभागअन्तर्गतको नेपाल विज्ञान प्रतिष्ठान समितिको संयोजकमा अस्ट्रेलियामा बसोबास गर्ने वैज्ञानिक डा. राजु अधिकारीलाई मनोनयन गरिएको छ ।
एनआरएनएको हालै सम्पन्न ९४ औँ आईसीसी बैठकको निर्णय अनुसार डा. अधिकारीलाई नेपाल विज्ञान प्रतिष्ठान समितिको संयोजकमा मनोनयन गरिएको संघले जनाएको छ । संघले २५ जना सदस्य र पाँच जना सल्लाहकार रहेको समिति गठन गर्न पनि अधिकारीलाई जिम्मा दिएको छ । अधिकारी नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) द्वारा स्थापित गैरआवासीय नेपाली विज्ञान तथा प्रविधि पुरस्कार प्राप्त गर्ने पहिलो एनआरएन वैज्ञानिक पनि हुन् । अस्ट्रेलियाको सीएसआईआरओ र आरएमआईटी विश्वविद्यालयमा अनुसन्धान वैज्ञानिकको रूपमा कार्यरत डा. अधिकारीले २६ ओटा पेटेन्टहरू दर्ता गरेका छन् भने उनका झन्डै एक सय वटा अनुसन्धानमूलक लेखहरू विभिन्न जर्नलमा प्रकाशित छन् । उनले विकास गरेको पोलिमर मुटुको भल्भमा पनि परीक्षण गरिएको छ ।
डा. अधिकारीले गैरआवासीय नेपाली संघद्वारा हालै काठमाडौंमा आयोजित तेस्रो विश्व ज्ञान सम्मेलन आयोजक समितिको अध्यक्षको जिम्मेवारी पनि निर्वाह गरेका थिए । गत अक्टोबर महिनामा काठमाडौंमा सम्पन्न एनआरएनए विश्व ज्ञान सम्मेलनको घोषणा तथा दिशानिर्देशहरूको दायरामा रही नेपाल विज्ञान फाउन्डेसन ट्रस्टले अनुसन्धान, विकास योजना र आगामी कार्यक्रमको बारेमा सरोकारवालाहरूसँग छलफल गरिरहेको र सोहीअनुसार काम गर्ने अधिकारीले बताए ।
क्याटेगोरी : स्वास्थ्य / जिवनशैली
ट्याग : #page 3
ताजा अपडेट
- एमाले लुम्बिनी प्रदेश सभा सदस्य दुर्गा चौधरी पार्टी सदस्यबाट निलम्बित
- अदालतले पक्राउ पुर्जी जारी गरेका प्रहरी (इन्स्पेक्टर) १ बर्ष देखि कार्यरत रहेको खुलासा !
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को धादिङ जिल्ला भेला सम्पन्न
- ‘जलवायु सङ्कट सामना गर्न सहकार्य आवश्यक’
- कीर्तिपुरमा विकास र सुशासनका मुद्दासहित चुनाव प्रचार तीव्र
- सामाजिक सुरक्षाकोषमा निजी क्षेत्र आबद्ध हुनैपर्ने
- धुलाबारीमा अतिक्रमित संरचना हटाउँदै मेचीनगर
- २७ सय १६ बिन्दुमा उक्लियो शेयर बजार
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया