बुटवलमा मोर्डन डाइग्नोस्टिक ल्याब र टेस्ला फार्मेसीको शाखा
बुटवल । मोर्डन डाइग्नोस्टिक एन्ड रिसर्च सेन्टर प्रालि र टेस्ला फार्मेसीले बुटवलमा आफ्नो शाखा शुभारम्भ गरेको छ । अत्याधुनिक सेवा र सुविधा सम्पन्न सो ल्याबको नेपाल औषधी व्यवसायी संघ लुम्बिनी प्रदेशका अध्यक्ष लुकराज न्यौपानेले एक कार्यक्रमका बीच उद्घाटन गरेका हुन् ।
कम्पनीका अनुसार काठमाडौं, भरतपुर र जनकपुरपछि बुटवलमा स्थापना गरिएको यो चौथो शाखा र प्रयोगशाला बी ग्रेडको हो । यस क्षेत्रका व्यवसायीहरू सुमन पाठक, लक्ष्मण पाठक, विशाल कंडेल, गोविन्द पाठक, मुकुन्द ज्ञवाली, राजु पौडेल, मधु पोखरेलको संयुक्त लगानीमा मोडन डाइग्नोस्टिक ल्याब र टेस्ला फार्मेसीको बुटवल शाखा सञ्चालनमा आएको हो । कुल छ करोड लगानीमा ल्याब र फार्मेसी सञ्चालनमा ल्याइएको अध्यक्ष शिवप्रसाद ज्ञवालीले जानकारी दिए ।
उनले प्याथोलोजी सेवालाई अझ बढी गुणस्तरीय बनाउने उद्देश्यले बुटवलमा शाखा स्थापना गरिएको जानकारी दिए । शुभारम्भका अवसरमा तत्कालका लागि कम्पनीले ल्याब परीक्षणमा ५० प्रतिशतसम्म छुट सुविधा उपलब्ध गराएको सञ्चालक मधु पोखरेलले बताए ।
क्याटेगोरी : स्वास्थ्य / जिवनशैली
ट्याग : #page 3
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया