Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारसुदूरपश्चिम प्रदेशस्वास्थ्यकर्मीद्वारा नौ महिनादेखि तलब नपाएको गुनासो

स्वास्थ्यकर्मीद्वारा नौ महिनादेखि तलब नपाएको गुनासो


कैलाली । दरबन्दीभन्दा बाहेक कैलालीको केही पालिकामा कार्यरत स्वास्थ्यकर्मीले नौ महिनादेखि तलब नपाएको गुनासो गरेका छन् । दरबन्दीभन्दा बढी २० जना स्वास्थ्यकर्मी जानकी गाउँपालिकामा कार्यरत रहेको र ती कर्मचारीका लागि सङ्घीय सरकारबाट उपलब्ध गराउनुपर्ने तलब भत्तावापतको रकम नआएको गाउँपालिकाले जनाएको छ ।

स्वास्थ्य शाखा प्रमुख जितबहादुर चौधरीले स्वास्थ्यका कर्मचारीका लागि एक करोड १४ लाख रकम मात्रै गाउँपालिकामा आएको जनाउँदै कर्मचारीको तलबभत्ताका लागि ३ करोड ४२ लाख रुपैयाँ आवश्यक पर्ने बताए । चौधरीले गतवर्ष पनि गाउँपालिकामा दुई महिनाका लागि कर्मचारीको तलब अपुग भएको र त्यो रकम पछि माग गर्दा असारमा आएको थियो । आउँदो आवका लागि पनि तलबभत्ता कम आएको उनले बताए ।

नौ महिनादेखि तलब नपाउँदा घरव्यवहार चलाउन निकै मुस्किल भएको गाउँपालिकामा कार्यरत प्रमोद कठरियाले बताए । जानकीजस्तै गोदावरी नगरपालिकामा पनि दरबन्दीभन्दा ३९ जना कर्मचारी बढी भएकाले स्वास्थ्यकर्मीले तलबभत्ता पाएका छैनन् । ५२ जनाको दरबन्दी रहेको गोदावरीमा ९१ जना कर्मचारी कार्यरत छन् ।

स्वास्थ्य शाखा प्रमुख नवराज अवस्थीले दरबन्दी भएकै कर्मचारीको पनि एक करोड १३ लाख रकम कम आएको बताएका छन् । प्रमुख रावलले सङ्घीय सरकारले स्वास्थ्यका कर्मचारीको तलब दिने स्थिति नभए स्थानीय तहले गरेको सम्झौताअनुरुप समायोजन भएर आएका कर्मचारीलाई तलबभत्ता दिनुपर्ने बताए ।

कैलालीका प्रायः सबै स्थानीय तहमा स्वास्थ्य क्षेत्रमा कार्यरत कर्मचारीमा यो समस्या देखिएको छ । एक–दुई महिनासम्मको तलब अपुग भएका सबै पालिका छन् । टीकापुर नगरपालिकाका जनस्वास्थ्य प्रवर्द्धन उपशाखा प्रमुख बलबहादुर रावल स्थानीय तहको दोहोरो सहमतिमा स्वास्थ्य मन्त्रालयले दरबन्दीबिना कर्मचारी सरुवा गर्दा समस्या भएको बताए । देशभर स्थानीय सरकारको रोहबरमा समायोजन भएका करिब सात हजार कर्मचारी समस्यामा परेको उनको भनाइ छ ।


क्याटेगोरी : स्वास्थ्य / जिवनशैली, सुदूरपश्चिम प्रदेश

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x