Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठस्वास्थ्य / जिवनशैलीलागुपदार्थविरुद्ध जागरणको लागि पाँच किलोमिटर यात्रा हुने

लागुपदार्थविरुद्ध जागरणको लागि पाँच किलोमिटर यात्रा हुने


काठमाडौं । मिरा राई इनिसिएटिभको सहकार्यमा होप फाउन्डेसन नेपालले पाँच किलोमिटर यात्रा दौड प्रतियोगिता आयोजना गर्ने भएको छ । यस कार्यक्रमको मुख्य उद्देश्य लागुपदार्थ दुर्व्यसनीबारे जनचेतना जगाउने र स्वस्थ जीवनशैली प्रोत्साहन गर्ने रहेको होप फाउन्डेसनका अध्यक्ष राजीव थापाले जनाए ।

यही असार २२ हुने उक्त कार्यक्रममा सहभागिताहरूले खुला र विद्यार्थी वर्गमा निःशुल्क दर्ता गर्न सक्ने आयोजकले जनाएको छ । कार्यक्रमका विजेताहरूले ५० हजार रुपैयाँ बराबरको नगद पुरस्कार पनि प्राप्त गर्नेछन् ।

सो कार्यक्रमबारे जानकारी दिन राजधानीमा आयोजित कार्यक्रममा फाउन्डेसनकी अध्यक्ष मिरा राईले युवाहरूलाई लागुपदार्थ दुर्व्यसनीबाट बचाउन जनचेतना फैलाउने उद्देश्यले गरिने यस्ता कार्यक्रमहरू देशैभरि गर्नुपर्नेमा जोड दिइन् ।


क्याटेगोरी : स्वास्थ्य / जिवनशैली
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x