Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारबागमती प्रदेशजिल्लाका विभिन्न अस्पतालमा ७८ जनामा स्क्रबटाइफस

जिल्लाका विभिन्न अस्पतालमा ७८ जनामा स्क्रबटाइफस


चितवन । साउनयता उपचारका लागि जिल्लाका विभिन्न अस्पतालमा आएका बिरामीमध्ये ७८ जनामा स्क्रबटाइफसको सङ्क्रमण देखिएको छ । तीन सय छ जनाको परीक्षण गर्दा ७८ जनामा सङ्क्रमण देखिएका हुन् ।

सङ्क्रमितमध्ये ३३ जना चितवनका र ४५ जना जिल्ला बाहिरका रहेको जिल्लास्थित जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत बिमल पटेलले जानकारी दिए । गत आर्थिक वर्षमा सात सय ६२ जनाको परीक्षण गर्दा दुई सय ४८ जनामा स्क्रबटाइफस देखिएको थियो ।

जनस्वास्थ्य अधिकृत पटेललेका अनुसार “स्क्रबटाइफस सङ्क्रमण मुसाको कानमा वा अन्य जीवजन्तुमा हुने सङ्क्रमित किर्नाले मानिसलाई टोकेपछि सर्ने गर्दछ । स्क्रबटाइफस भएमा मानिसलाई उच्च ज्वरो आउनु, आँखा रातो हुनु, खोकी, वान्ता, पेट दुखाइ र पखालाले सताउनु, सास फेर्न समस्या हुनु, धेरै टाउको दुख्नु, जोर्नी र मांसपेशी दुख्नु, बिमिरा देखिनु, टोकेको ठाउँमा कहिलेकाहीँ कालो दागजस्ता लक्षण देखिने गर्दछ ।”

यसको सङ्क्रमणबाट बच्न शरीरको खुला भागमा कीटनाशक मलमको प्रयोग गर्ने, घर वरिपरिका खेताबारीमा घाँस बढ्न नदिने र वातावरण सफा राख्ने, खेत, झाडी वा वनजङ्गलमा जाँदा लामो बाहुला भएका कपडा र उपयुक्त जुत्ता लगाउने, मुसा नियन्त्रणका लागि उपयुक्त किसिमले अन्न भण्डारण गर्नुपर्ने पटेलले बताए ।


क्याटेगोरी : स्वास्थ्य / जिवनशैली, बागमती प्रदेश

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x