Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठखेलकुदराष्ट्रिय खेलाडीहरूको नि:शुल्क स्वास्थ्य परीक्षण गंगालालमा

राष्ट्रिय खेलाडीहरूको नि:शुल्क स्वास्थ्य परीक्षण गंगालालमा


काठमाडौं । राष्ट्रिय खेलाडिहरूको स्वास्थ्य परीक्षण सहिद गंगालाल राष्ट्रिय हृदयरोग उपचार केन्द्रले निःशुल्क गर्ने भएको छ । देशको प्रतिनिधित्व गरेर अन्तर्राष्ट्रिय खेलमा योगदान गर्ने सबै खेलाडीको हरेक वर्ष निःशुल्क मुटुसहितको स्वास्थ्य परीक्षणसम्बन्धी सम्झौतामा मंगलबार हस्ताक्षर भएको छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल र युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीको उपस्थितिमा स्वास्थ्य मन्त्रालय, युवा तथा खेलकुद राष्ट्रिय खेलकुद परिषद् र अस्पतालका बीच सो सम्झौता भएको हो । सम्झौताअनुसार यसका लागि आवश्यक आर्थिक व्यवस्थापन गंगालालले आफ्नै स्रोतबाट गर्नेछ । हाल केन्द्रकै तर्फबाट निःशुल्क परीक्षण भए पनि आगामी वर्षबाट थप वार्षिक कार्यक्रम बनाएर अघि बढाउने मन्त्रालयले तयारी गरेको स्वास्थ्य तथा जनसंख्यामन्त्री पौडेलको निजी सचिवालयले जनाएको छ । सम्झौता हरेक वर्ष नवीकरण गर्ने समेत व्यवस्था गरिएको छ ।

सो सम्झौताबाट अन्तर्राष्ट्रिय प्रतिष्पर्धामा देशका तर्फबाट सहभागी राष्ट्रिय टिमका सात सय ५७ खेलाडी लाभान्वित हुनेछन् । कार्यक्रममा प्यारा ओलम्पिकमा कास्य पदक विजेता पलेसा गोबर्धनको स्वास्थ्य परीक्षण गरेर सो कार्यको सुरूवात समेत गरिएको छ । कार्यक्रममा स्वास्थ्यमन्त्री पौडेलले खेलाडीको स्वास्थ्यलाई प्राथमिकतामा राखेको बताए । आगामी वर्ष थप स्रोत सुनिश्चित गरेर खेलाडीहरूको स्वास्थ्य सुधारका लागि अरू थप के गर्न सकिन्छ । त्यसका लागि तयार रहेको बताए । गत साउन २७ गते आफ्नो स्वास्थ्य क्षेत्रका योजना तथा प्राथमिकता घोषणाका क्रममा स्वास्थ्यमन्त्री पौडेलले देशका लागि खेल्ने खेलाडीहरूको स्वास्थ्य परीक्षणका लागि मन्त्रालयले आवश्यक व्यवस्था गर्ने घोषणा गरेका थिए । कार्यक्रममा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलाडी विदेशिनुमा उपचार अभाव पनि एउटा कारण रहेको बताए । ‘यो सक्रियताका लागि स्वास्थ्यमन्त्रीलाई धन्यवाद,’ उनले भने ।


क्याटेगोरी : खेलकुद, स्वास्थ्य / जिवनशैली
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x