Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठस्वास्थ्य / जिवनशैलीपर्वत अस्पतालमा डेङ्गी सङक्रमण बढ्दा शय्या अभाव

पर्वत अस्पतालमा डेङ्गी सङक्रमण बढ्दा शय्या अभाव


पर्वत । पर्वत अस्पतालमा परीक्षण गरिएकामध्ये छ सय ५० जनामा डेङ्गी सङ्क्रमितको सङ्ख्या पुष्टि भएसँगै बिरामी बढेका कारण जिल्ला अस्पतालमा शय्या अभाव भएको छ ।

डेङ्गीबाट पर्वतमा एक महिलाको मृत्यु भइसकेको पर्वत अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेण्ट डा. हेमन्त बाँस्तोलाले जानकारी दिएका छन् । साठी शय्याको अस्पतालमा सङ्क्रमित भएका बिरामी भरिभारउ भएपछि अतिरिक्त शय्या खडा गरेर उपचार गरिएको उनले बताए । ग्रामीण क्षेत्रमा भन्दा बजारमा बिरामीको सङ्ख्या अधिक छ । सदरमुकाम कुश्मामा मात्र पाँच सयभन्दा बढीमा सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमितमध्ये ४९ प्रतिशत पुरुष र ५१ प्रतिशत महिला छन् ।

नौवटा एम्बुलेन्स थन्किए
यसैबीच, हाल जिल्लाभर १० वटा एम्बुलेन्स मात्र सञ्चालनमा छन् । बिरामीलाई सर्वसुलभ रूपमा आकस्मिक सेवा उपलव्ध गराउने उद्देश्यले जिल्लाका विभिन्न पालिकामा ल्याइएका नौवटा एम्बुलेन्स प्रयोगविहीन छन् । विभिन्न दातृ निकाय, भारतीय राजदूतावास र सरकारी सुविधामा ल्याइएका एम्बुलेन्स नियमित मर्मतसम्भार नहुँदा थन्किएका हुन् ।


क्याटेगोरी : स्वास्थ्य / जिवनशैली

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x