Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठस्वास्थ्य / जिवनशैलीनेपाल मेडिकल कलेजको अध्यक्षमा अन्सारी

नेपाल मेडिकल कलेजको अध्यक्षमा अन्सारी


काठमाडौं । नेपाल मेडिकल कलेज शिक्षण अस्पतालको अध्यक्षमा प्राडा जैनुद्दिन अन्सारी निर्वाचित भएका छन् । शुक्रबार कलेजको २४औँ वार्षिक साधारणसभाले उनलाई अध्यक्षमा निर्वाचित गरेको हो ।

लामो समयदेखि कलेजका अध्यक्ष रहेका डा भोला रिजालले प्राडा अन्सारीलाई अध्यक्षको पदभार हस्तान्तरण गरेका थिए । उनी कलेजको प्रबन्ध निर्देशक रहेर काम गर्दै आएका थिए । सभाले उनलाई अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित गरेको हो । यस्तै, साधारणसभाले डा आनन्द प्रसाद श्रेष्ठ, डा साविहा यासमिन, शाहनवाज अन्सारीलाई सञ्चालक समिति सदस्यमा निर्विरोध निर्वाचित गरेको छ ।

नवनिर्वाचित अध्यक्ष प्राडा अन्सारीले नेपाल मेडिकल कलेजलाई नयाँ उचाइ र सफलतामा लैजाने बताए । यस्तै, उनले आगामी दिनमा कार्डियोलोजी सेवा विस्तार गर्ने, सिटी, एमआरआईलगायत अत्याधुनिक स्वास्थ्य उपकरण भित्र्याउने र नयाँ सेवाहरू विस्तार गर्ने बताए । साधारणसभाले आर्थिक वर्ष २०७९/८० को बजेट तथा अध्यक्षको प्रतिवेदन पास गरेको छ । कलेजमा मेडिकल शिक्षाका एमबीबीएस, बीडीएस, एमडी/एमएस, एमडीएस, बिएस्सी नर्सिङ, एमएस्सी नर्सिङ विषयमा अध्ययन अध्यापन हुने गरेको छ । स्वास्थ्य सेवातर्फ कलेजले नवीनतम स्वास्थ्य उपकरणसहित विशिष्टीकृत स्वास्थ्य सेवाहरू सञ्चालन गर्ने जनाएको छ ।


क्याटेगोरी : स्वास्थ्य / जिवनशैली
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x