क्यान्सर उपचार सेवा विस्तारको सम्झौता
गण्डकी । चितवनस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच क्यान्सर उपचार सेवा विस्तारसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलको उपस्थितिमा पोखरामा आज आयोजित कार्यक्रममा बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. शिवजी पौडेल र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. भरतबहादुर खत्रीले सम्झौतापत्रमा हस्ताक्षर गरेको हो । सम्झौताअनुसार हरेक महिना कम्तीमा एकपटक सेवा सञ्चालनका साथै बहिरङ्ग, अन्तरङ्ग सेवा प्रदान गर्नुपर्नेछ ।
त्यस अवसरमा मन्त्री पौडेलले उपलव्ध स्रोत–साधनको अधिकतम उपयोग गरी सेवा विस्तारको योजना कार्यान्वयन भएको बताउँदै सेवाका आधारमा स्वास्थ्य संस्थाको वर्गीकरण हुनुपर्नेमा जोड दिए । स्वास्थ्य बीमालाई योगदानमा आधारित बनाउनुपर्ने बताउँदै दुवै अस्पतालका पूर्वाधार निर्माणमा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले खरिद प्रक्रियालाई पारदर्शी बनाउन आफू लागिपरेको राससलाई बताए ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अतिरिक्त सचिव डा. विकास देवकोटा, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका अध्यक्ष डा. विजय न्यौपाने, नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बराल लगायत वक्ताले क्यान्सरको उपचारमा अस्पतालमा उपलव्ध सेवाबारे जानकारी दिएका थिए ।
मन्त्री पौडेलले पश्चिमाञ्चल क्षेत्रीय अस्पताल तथा नेपाल परिवार नियोजन सङ्घ निरीक्षण गरी सेवा प्रवाहबारे जानकारी लिएका थिए ।
क्याटेगोरी : स्वास्थ्य / जिवनशैली
ताजा अपडेट
- सर्वसाधारणका लागि खुला गरिएपछि धरहरा चढ्नेको भीड
- प्राधिकरणको उदीपुर सबस्टेसन निर्माण सम्पन्न
- मेटा र स्पोटिफाईद्वारा युरोपेली सङ्घको एआई सम्बन्धी अस्पष्ट निर्णयको आलोचना
- प्रजातन्त्रका ‘श्रीगणेश’ अर्थात् लौहपुरुष गणेशमान
- नुवाकोटमा आधुनिक बन्दी गृह
- विकास निर्माणका लक्ष्य किन सधैँ अधुरा
- संविधान संशोधनबाट राजनीतिक अस्थिरताको सम्बोधन गर्न सकिन्छ : प्रधानमन्त्री
- संविधानले विभेद र उत्पीडन अन्त्य गरी एकताको सूत्रमा आबद्ध गरेको छ: राष्ट्रपति पौडेल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया