Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठस्वास्थ्य / जिवनशैलीनेत्रज्योति संघले बालबालिकाको निःशुल्क आँखा परीक्षण गर्ने

नेत्रज्योति संघले बालबालिकाको निःशुल्क आँखा परीक्षण गर्ने


काठमाडौं । नेपाल नेत्रज्योति संघले बालबालिकाहरूको निःशुल्क आँखा परीक्षण गर्ने भएको छ । विश्व दृष्टि दिवसका अवसरमा संघअन्तर्गत देशभरमा सञ्चालित आँखा अस्पताल तथा उपचार केन्द्रहरूमा आज बुधबार बालबालिकाहरूको निःशुल्क आँखा परीक्षण गर्न लागिएको हो ।

संघका कार्यकारी निर्देशक डा शैलेशकुमार मिश्रका अनुसार यो वर्षको विश्व दृष्टि दिवसमा विश्व स्वास्थ्य संगठन र आईएपीबीले बाल आँखा स्वास्थ्यलाई प्राथमिकतामा दिएको छ । सोहीअनुसार संघले पनि बाल आँखा स्वास्थ्यलाई प्राथमिकता दिएर देशभरका सञ्जालबाट एक दिन बालबालिकाहरूको निःशुल्क आँखा परीक्षण गर्ने जनाएको छ । संघका महासचिव भरतबहादुर चन्दका अनुसार संघद्वारा देशभरमा सञ्चालित २८ वटा आँखा अस्पताल तथा एक सय ६० आँखा उपचार केन्द्रहरूबाट १५ वर्षभन्दा कम उमेरका बालबालिकाको निःशुल्क आँखा परीक्षण गरिनेछ । ‘पछिल्लो समय विश्वभर नै बालबालिकाहरूमा दृृष्टिदोषको समस्या बढिरहेकाले पनि यो पटक बालबालिकाको आँखा स्वास्थ्यलाई प्राथमिकतामा राखेर विश्वदृष्टि मनाइरहेका छौँ’ महासचिव चन्दले भने ।

नेपालमा करिब ११ लाख बालबालिकाहरूमा विभिन्न किसिमका दृष्टिदोषको समस्या रहेको अनुमान गरिएको छ । यसमध्ये करिब सात लाख बालबालिकाहरू अझै पनि दृष्टिदोषको उपचारबाट बञ्चित रहेका छन् । पछिल्लो समय डिजिटल माध्यमहरूको बढ्दो प्रयोगले समेत बालबालिकाहरूमा दृष्टिदोषको समस्या समेत बढिरहेको संघका अध्यक्ष प्राडा चेतराज पन्तले बताए । ‘दृष्टिदोषको समस्या भएका बालबालिकाहरूले आँखा परीक्षणपश्चात चश्मा लगाएमा उनीहरूको उत्तीर्ण दरमा समेत ४४ प्रतिशतसम्मले वृद्धि हुने विभिन्न अध्ययनहरूले समेत देखाएकोे छ’ प्राडा पन्तले भने, ‘नेपालमा अधिकांश बालबालिकाहरू र उनीहरूका अभिभावकहरूलाई समेत बालबालिकाको आँखामा समस्या भएको जानकारी समेत हुँदैन ।


क्याटेगोरी : स्वास्थ्य / जिवनशैली
ट्याग : #Page 12

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x