अस्ट्रेलिया जाने विद्यार्थीहरूको स्वास्थ्य परीक्षण अल्फा केयरमा हुने
काठमाडौं । अल्फा हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर (अल्फा केयर)ले अस्ट्रेलियाली प्यानल फिजिसियन्स नेटवर्कअन्तर्गतको प्यानल क्लिनिकको उद्घाटन गरेको छ । अल्फा बिटाले नयाँ बानेश्वरस्थित अल्फा बिटा कम्प्लेक्समा सो क्लिनिकको उद्घाटन गरेको हो ।
अब उच्च शिक्षाका लागि अस्ट्रेलिया जाने विद्यार्थीहरूको नयाँ बानेश्वरस्थित अल्फा केयरमै स्वास्थ्य परीक्षण हुने भएको छ । उक्त कार्यक्रममा अस्ट्रेलियाली दूतावासका नियोग उपप्रमुख ग्रेग क्लेम, अस्ट्रेलियाली दूतावासका प्रथम सचिव तथा कन्सुलर एडान बोरेहम, नयाँ दिल्लीस्थित क्यानडा उच्च आयोगकी वाणिज्यमन्त्री जेनिफर डाउबेनी, अस्ट्रेलियाका लागि नेपाली राजदूत चित्रलेखा यादव सहभागी थिए । साथै, अल्फा बिटाले नेपालका विभिन्न प्रतिष्ठित कलेज तथा युनिभर्सिटीका प्रतिनिधिहरू लिएर अस्ट्रेलिया फेम ट्रिप आयोजनाको घोषणा गरेको छ ।
यस ट्रिपको मुख्य उद्देश्य अस्ट्रेलियामा रहेका विद्यार्थी, उनीहरूले अध्ययन गर्ने युनिभर्सिटीका बारेमा बुझ्नु रहेको छ । भ्रमण टोलीले अस्ट्रेलियाको युनिभर्सिटी अफ सिड्नी, युनिभर्सिटी अफ मेलबर्न, युनिभर्सिटी अफ न्यु साउथ वेल्स, म्याक्वायर युनिभर्सिटी, अस्ट्रेलियन क्याथोलिक युनिभर्सिटीका साथै अस्ट्रेलियाको डिपार्टमेन्ट अफ एजुकेसन एन्ड ट्रेनिङ मेलबर्नको स्टडीलगायतका विभिन्न अस्ट्रेलियाली सरकारी तथा अर्धसरकारी संस्थाहरूसँग भेटघाट गर्ने कार्यकम छ ।
क्याटेगोरी : स्वास्थ्य / जिवनशैली
ट्याग : #Page 9
ताजा अपडेट
- अन्तर व्यवस्थापिका सङ्घसँग घनिभूत सहकार्य गर्ने नेपालको चाहना
- जनार्दन शर्मा र नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता
- ‘जटिल डेङ्गु’ निम्त्याउन सक्ने पूर्वसङ्केतहरु
- ‘संसद्को आगामी अधिवेशनले प्रहरीसम्बन्धी विधेयक पारित गर्ने’
- ग्राभेलिङ गरिएको पाँचवर्षपछि बुर्तिबाङ–म्याग्दी सडक कालोपत्र
- कुश्मामा आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो
- हात्ती आक्रमणबाट मृत्यु
- प्रविधिमा पहुँच र प्रतिफल वितरणमा समानता कायम हुनुपर्छ: अध्यक्ष दाहाल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया