Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारकोशी प्रदेश‘शैलजा आचार्य हृदय रोग केन्द्र चाँडै सञ्चालन गरिने’

‘शैलजा आचार्य हृदय रोग केन्द्र चाँडै सञ्चालन गरिने’


विराटनगर । कोशी प्रदेशका भौतिक पूर्वाधार विकास तथा स्वास्थ्य मन्त्री भुपेन्द्र राईले शैलजा आचार्य हृदय रोग उपचार केन्द्र चाँडै सञ्चालन गरिने बताएका छन् । उपचार केन्द्र सञ्चालनका लागि गङ्गालाल हृदय रोग अस्पतालबीच सम्झौता गर्ने निर्णय भएको उनले राससलाई जानकारी दिए ।

बिहीबार स्वास्थ्य मन्त्रालयको समेत जिम्मेवारी पाएका मन्त्री राईले उक्त मन्त्रालयको पदभार ग्रहण गर्दै भने, “सङ्घीय स्वास्थ्यमन्त्री प्रदिप पौडेलसँग पनि यस विषयमा कुरा भइसकेको छ । चाँडै गङ्गालाल अस्पतालसँग सम्झौता गर्ने निर्णय भएको छ ।”

यस्तै कोशी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयले प्रयोगविहीन रहेका झोलुङ्गे पुललाई स्थानान्तरण गर्ने समेत निर्णय गरेको छ । “सडक भएकै स्थान वरपर रहेका झोलुङ्गे पुल स्थानीय तहको समन्वय र मागको आधारमा स्थानान्तरण गर्ने निर्णय भएको छ”, मन्त्री राईले भने ।

भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गतका योजनाका विषयमा योजनास्थलमै सरोकारवालासँग छलफल गर्ने निर्णय भएको छ । “क्रोनिक योजना निर्माणमा भइरहेको ढिलाइबारे योजनास्थलमै सवै पक्षसँग छलफल गर्ने निर्णय भएको छ”, उनले भने ।


क्याटेगोरी : स्वास्थ्य / जिवनशैली, कोशी प्रदेश

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x