दोलखामा बृहत् स्वास्थ्य शिविर
काठमाडौं । दोलखाको मेलुङ गाउँपालिकास्थित बुद्धचोक, भेड्पुमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । लायन्स क्लब अफ काठमाडौं अटो सोसियल फ्रेन्ड्सको संयोजनमा लायन्स क्लब अफ भक्तपुर डक्टर्सको २८ जनाको प्रविधिक टिमले विभिन्न आठ प्रकारका रोगहरूको परीक्षण गरेको थियो ।
करिब आठ सय १० जना व्यक्तिहरूलाई शिविरमा सेवा दिनुका साथै निःशुल्क औषधि वितरण समेत गरेको कार्यक्रमका संयोजक तथा डिस्ट्रिक रिजन चियरपर्सन रोशनकुमार श्रेष्ठले जानकारी दिए । अधिकांश वृद्धवृद्धाको उपस्थिति रहेको सो कार्यक्रममा गाउँपालिकाको वडा नं एकदेखि सातसम्मबाट दुई घण्टासम्म हिँडेर आएको मानिसहरू सेवा लिन आएका थिए । स्वास्थ्य शिविरमा धेरैजसो आँखा, मुटु र हड्डीका समस्या भएका बिरामीहरूले सेवा लिएको गाउँपालिका वडा नं ४ का अध्यक्ष सोम तामाङले बताए । शिविरमा भिडियो एक्सरे, ईसीजी, इको, अल्ट्रा साउन्ड, ल्याबलगायतका स्वास्थ्य परीक्षणका सम्पूर्ण सेवाहरू उपलब्ध गराइएको थियो ।
क्याटेगोरी : स्वास्थ्य / जिवनशैली
ट्याग : #page 3
ताजा अपडेट
- महाकवि देवकोटाको ११६ औँ जन्मजयन्ती मनाइँदै
- अपर राहुघाट जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा
- देउसी खेलेर क्याम्पसमा अक्षय कोष स्थापनाको प्रयास
- अन्नपूर्णआरोहण आधार शिविरमा अहिलेसम्मकै धेरै पर्यटक भित्रिए
- दोलखामा बृहत् स्वास्थ्य शिविर
- दराज नेपालको छैठौँ विक्रेता सम्मेलन
- केटिएम नेपालको ‘केटिएम ट्रयाक टेस्ट एक्सपिरियन्स’
- हिरोको दशैं तिहार अफरअन्तर्गत पाँच लाख क्यासका विजेता घोषणा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया