निजगढमा सामुदायिक आँखा अस्पताल सेवा सञ्चालनमा
काठमाडौं । तिलगंगा आँखा प्रतिष्ठान र फ्रेड हलोज फाउन्डेसन अस्ट्रेलियासँगको साझेदारीमा निजगढमा सामुदायिक आँखा अस्पताल सेवा सञ्चालनमा आएको छ । निजगढ नगरपालिका–९ मा निर्माण सम्पन्न भएको निजगढ तिलगंगा सामुदायिक आँखा अस्पतालको शुक्रबार मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले उद्घाटन गरी सेवा सुचारु गरिएको हो । यो अस्पताल बारा जिल्लाको पहिलो सामुदायिक आँखा अस्पताल हो । करिब ३० करोडको लागतमा बनेको यो अस्पतालमा हरेक वर्ष ५५ हजार बिरामीलाई उपचार प्रदान गर्न सक्ने क्षमता रहेको छ । यसले स्थानीय समुदायलाई गुणस्तरीय, सर्वसुलभ र पहुँच योग्य आँखा उपचार सेवा उपलब्ध गराउनेछ । तिलगंगा आँखा प्रतिष्ठानका संस्थापक तथा कार्यकारी निर्देशक प्राडा सन्दुक रुइतले यो भेगमा गुणस्तरीय, सर्वसुलभ र पहुँच योग्य अस्पताल ल्याउने आफूहरूको सपना साकार भएको बताए ।
द फ्रेड हलोज फाउन्डेसनका प्रमुख कार्यकारी अधिकृत इयान विशार्टले यो अस्पताल, द फ्रेड हलोज फाउन्डेसनको लागि नयाँ अध्यायको सुरुआत रहेको उल्लेख गरे । यसले तिलगंगा आँखा प्रतिष्ठान, स्थानीय साझेदार र समुदायहरूसँग एक मजबुत र दिगो सम्बन्ध स्थापित गरेको उनको भनाइ छ । नेपालमा करिब ९३ हजार तीन सय जना दृष्टिविहीन रहेको जनाइएको छ । अन्धोपनको भार मधेश प्रदेशमा देशकै दोस्रो उच्चतम स्थानमा रहेको छ ।
प्रतिष्ठानअन्तर्गतको निजगढ तिलगंगा सामुुदायिक आँखा अस्पतालले मोतिविन्दु, दृष्टिदोष, डाइबेटिक रेटिनोप्याथी र अन्य आँखा रोगहरूको उपचारमा ध्यान दिनेछ । जसका लागि अत्याधुनिक उपचार विधि र समग्र सेवा प्रदान गरिनेछ । नेपालमा अन्धोपन र न्यून दृष्टिको प्रमुख कारण मोतियाविन्दु हो । अन्धोपन भएकामध्ये अनुमानित ६६ दशमलव आठ प्रतिशत व्यक्ति मोतियाविन्दुको कारणबाट भएको देखिन्छ । २३ हजार फिट क्षेत्रमा फैलिएको यो अस्पतालमा चार तला रहेका छन् । यसमा आँखा उपचारका लागि दुई शल्यक्रिया कोठामा चार वटा वेड, ओपेडी (आउटडोर पेसेन्ट विभाग) र आईपीेडी (डे केयर), एक पोस्ट अपरेटिभ वार्ड, र इन–हाउस फार्मेसी र अप्टिकल स्टोर रहेको छ । विभिन्न विधाका विशेषज्ञद्वारा विशिष्टीकृत आँखा उपचार सेवा समेत प्रदान गर्नेछन्, जसले मधेश प्रदेशमा उच्च गुणस्तरको उपचार सेवामा पहुँच वृद्धि गर्नेछ ।
आगामी पाँच वर्षमा यो अस्पतालले मधेश प्रदेशबाट अनुमानित दुई लाख ७४ हजार आँखा बिरामीको उपचार गर्ने लक्ष्य लिएको छ । यो अस्पतालले प्रत्यक्ष वा परोक्षरूपमा यस क्षेत्रका ३० लाखभन्दा बढी व्यक्तिहरूमा गुणस्तरीय आँखा सेवाको पहुँच विस्तार गर्ने आकलन गरिएको छ । नेपालमा महिलाहरू पुरुषहरूको तुलनामा दुईतिहाइ बढी दृष्टिविहीन वा दृष्टिको समस्यामा छन् । यस अस्पतालले बाह्य कार्यक्रममार्फत विशेष प्राथमिकताका साथ आँखा स्वास्थ्यको पहुँचसम्बन्धी विद्यमान लैंगिक असमानता समाधान गर्ने दिशामा महत्वपूर्ण कदम चाल्नेछ । स्वास्थ्य क्षेत्रले विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा अनुमानित चार÷पाँच प्रतिशत अंश रहेको देखिन्छ । त्यसैले यो अस्पतालले नवीकरणीय ऊर्जा प्रयोग गरी सौर्य उर्जाको उपयोग र प्रभावकारी वातावरण अनुकूल प्रणालीहरू प्रयोगमा ल्याउने जनाइएको छ ।
क्याटेगोरी : स्वास्थ्य / जिवनशैली
ट्याग : #page 3
ताजा अपडेट
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
- नेपाल बैंकको ८८औँ वार्षिकोत्सव सम्पन्न
- महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ हाउसबीच सम्झौता
- पूर्वसभामुख ढुङ्गानाको निधन
- हुस्सु र कुहिरोले हवाई उडान प्रभावित
- २७ सय ५३ बिन्दुमा उक्लियो शेयर बजार
- नबिललाई आठौँ पटक बढी कर तिर्ने बैंकको सम्मान
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया