Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारमधेश प्रदेशजलेश्वर प्रादेशिक अस्पतालका उपकरण प्रयोगविहीन

जलेश्वर प्रादेशिक अस्पतालका उपकरण प्रयोगविहीन


जलेश्वर (महोत्तरी) । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा अवस्थित प्रादेशिक अस्पतालमा खरिद गरिएको दुई करोड ५५ लाख ५२ हजारको उपकरण प्रयोगविहीन बनेको छ । पाँच थान भेन्टिलेटर, बेड सेट, मोनिटर, ईको र आइसियु सेट चार वर्षदेखि प्रयोगविहीन रहेका छन् ।

कोरोना नियन्त्रणका लागि चार वर्ष अघि उक्त उपकरण खरिद गरी ५० शय्याको कोभिड विशेष अस्पताल सञ्चालन गरिएको थियो । तर कोरोना महामारीको बेला पनि भेन्टिलेटर र आइसियु सञ्चालनका लागि दक्षजनशक्ति नभएपछि अस्पतालले दुई करोड ५० लाख बढीका ती उपकरण प्रयोगविहीन बनेका हुन् ।

दक्ष जनशक्ति (दरबन्दी) को अभावमा उपकरण प्रयोग गर्न नसकिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रभातकुमार गामीले बताए । उनले हाल अस्पतालमा आईसियु सञ्चालन र विशेषज्ञ चिकित्सक भर्नाको लागि प्रदेश सरकार र स्वास्थ्य मन्त्रालयसँग पहल गरिरहेको बताए । तत्कालीन अवस्थामा केही नेता र तीनका कार्यकर्तालाई कमिसन र कमाइको लागि प्रदेश सरकारले ती उपकरण किनेको जिल्लावासीले आरोप लगाउँदै आएका छन् ।


क्याटेगोरी : समाचार, स्वास्थ्य / जिवनशैली, मधेश प्रदेश

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x