‘अस्पतालको फार्मेसीमा सबै औषधि उपलब्ध हुनुपर्छ’
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले अस्पतालको फार्मेसीमा सबै औषधि अनिवार्य उपलब्ध हुनुपर्ने बताएका छन् ।
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा सञ्चालनमा आएको ‘मोलेक्युलर ल्याब र मेमोग्राफी कक्ष’को सेवा बुधबार शुभारम्भ एवं निरीक्षण तथा अनुगमनपछि आयोजित कार्यक्रममा उनले अस्पतालले फार्मेसीमा कुनै पनि औषधि छैन भन्न नपाउने बताए । ‘अस्पतालमा सबै औषधि उपलब्ध हुनपर्छ कुनै पनि औषधि छैन भनेमा त्यो अब गैरकानुनी ठहर्छ’, उनले भने । अस्पतालले आफ्नै फार्मेसीबाट औषधि बिक्री गर्दा अस्पताललाई नै नाफा हुने भन्दै उनले सरकारी अस्पतालमा उपलब्ध भएको औषधि पक्कै पनि अन्यत्रभन्दा सस्तो हुने हुँदा सेवाग्राहीलाई पनि सहज हुने बताए ।
अस्पतालको सबै फार्मेसीमा औषधि उपलब्ध गराउनका लागि मन्त्रालयले योजनाका साथ काम गर्दै आएको पनि उनले जानकारी दिए । उनले अस्पतालको फार्मेसीमा पाइने सबै औषधिहरूको मूल्य पनि प्रष्टसँग देखिनेगरी टाँस गर्नुपर्ने बताए । सेवाग्राहीले औषधि किन्दा मूल्य हेरेर किन्ने अवस्था हुनुपर्ने उनको भनाइ थियो । साथै, उनले देशका सबै सरकारी अस्पतालको सेवामा एकरूपता ल्याउनेगरी काम गर्दै आएको बताए ।
मन्त्री पौडेलले अस्पतालको सेवामा दुई सिफ्ट लागू गरिएको उल्लेख गर्दै तेस्रो सिफ्ट पनि सञ्चालनको तयारीमा लागेको बताए । यसका लागि जनशक्तिको व्यवस्थापनमा आफूहरू लागेको उनको भनाइ थियो । साथै, उनले भएका जनशक्तिको परिचालन गरेर धेरै सेवा दिनुपर्नेमा जोड दिए । स्वास्थ्य सेवा सधैँ गुणस्तरीय मात्रै हुनुपर्ने भन्दै उनले अस्पतालले कुनै पनि बहाना बनाएर सेवा दिन कञ्जुस्याइँ गर्न नहुने बताए । ‘कुनै पनि उपकरण बिग्रिएको छ भनेर सेवा बन्द गर्न पाइँदैन यसको वैकल्पिक व्यवस्था अस्पतालले गर्नुपर्दछ’, उनले भने ।
क्याटेगोरी : स्वास्थ्य / जिवनशैली
ट्याग : #Page 8
ताजा अपडेट
- नबिल एसएसईको वार्षिकोत्सव
- कृषि विकास बैंकको मेलम्ची शाखाको सहयोग
- सिद्धार्थ बैंक र एनसीएचएलबीच अली पे प्लसमार्फत अन्तरदेशीय भुक्तानी गर्ने सम्झौता
- कांग्रेसको सयदिने अभियान सुरु
- ट्रकले स्कुटरलाई ठक्कर दिँदा एकको मृत्यु, एकको अवस्था गम्भीर
- मलको अभाव हुँदा खेती गर्न समस्या
- मकवानपुरमा सुतिरहेका साथीको साबेल प्रहार गरी हत्या
- सिटिजन्स बैंकको कम्पनी सचिवमा प्रमेशराज कायस्थ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया