Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारबागमती प्रदेशतीन महिनाभित्रमा बर्न वार्ड सञ्चालन गरिने

तीन महिनाभित्रमा बर्न वार्ड सञ्चालन गरिने


काठमाडौैँ । काठमाडौंको वीर अस्पतालमा ‘बर्न वार्ड’ सञ्चालन गरिने भएको छ । वि.सं. २०७२ सालको भूकम्पले गर्दा सो वार्ड रहेको भवन भत्किएपछि सेवा बन्द भएको थियो ।

वीर अस्पतालका नवनियुक्त कार्यकारी निर्देशक डा. सन्तोष पौडेलले तीन महिनाभित्रमा सो वार्ड सञ्चालनमा ल्याउने बताएका छन् । “तीन महिनाभित्र बर्न वार्डसहित सघन उपचार कक्ष (आइसियु), शल्यक्रिया कक्ष हामीले सञ्चालन गर्ने छौँ”, उनले भने, “अब जलन भएका बिरामीको उपचार गर्नेछौँ ।”

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले शुक्रबार डा. पौडेललाई अस्पतालको कार्यकारी निर्देशकमा नियुक्त गरेका हुन् । यो भन्दा अगाडि कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल)को निमित्त कार्यकारी अधिकारीको जिम्मेवारी डा. भूपेन्द्र बस्नेतले पाएका थिए ।


क्याटेगोरी : स्वास्थ्य / जिवनशैली, बागमती प्रदेश

तपाईको प्रतिक्रिया