मिर्गाैलासम्बन्धी चेतनामूलक कार्यक्रम
काठमाडौं । नेपालमा विश्व मिर्गौला दिवस मनाइएको छ । प्रत्येक वर्ष मार्चको दोस्रो बिहीबार विश्वभर मनाइने यो दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको हो ।
विश्व मिर्गौला दिवसका अवसरमा बिहीबार आयोजित कार्यक्रममा ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले यससम्बन्धी जनचेतना बढाउनुपर्ने बताए । ‘राष्ट्रिय प्रत्यारोपण केन्द्रले चलाएको अभियानलाई निरन्तरता दिनुपर्छ । स्वस्थ जीवनशैली अपनाइ समय–समयमा आफ्नो स्वास्थ्य जाँच गराउन जनतामा सचेतना बढाउन आवश्यक छ’, उनले भने । दिवसको अवसरमा मैत्रीपूर्ण फुटबल प्रतियोगिता, अङ्गदान शिविर तथा मिर्गाैला पदयात्रालगायतका विविध कार्यक्रम आयोजना गरिएको छ । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्वास्थ्य अभियान नेपाल र अङ्ग प्रत्यारोपण समाज नेपालले संयुक्तरुपमा कार्यक्रम गरी विश्व मिर्गौला दिवस मनाउने गरेको हो । केन्द्रले मिर्गौला रोगको उपचार र रोकथामबारे सचेतना फैलाउने उद्देश्यले मिर्गौला दिवसको आयोजना गर्दै आएको छ ।
चिकित्सकका अनुसार प्रत्येक १० जनामध्ये एक जनालाई मिर्गौला रोग लाग्ने तथ्यांक छ । मिर्गौला तथा विभिन्न अङ्ग काम नगर्ने समस्याले विकराल रुप लिइरहेको अवस्थामा दिवसले स्वस्थ जीवनशैली तथा अङ्ग दानसम्बन्धी जनचेतनामा अभिवृद्धि हुने अपेक्षा गरिएको छ । अप्रत्याशित रुपमा आइपर्ने संकटबाट जोखिममा भएका समुदायलाई बचाउन पनि यो दिवसको महत्व छ । प्राकृतिक विपत्ति र विभिन्न कारणले विश्वमा करिब ८५ करोड मिर्गौलाका बिरामी स्वास्थ्य सेवाबाट वञ्चित हुने गरेका छन् ।
सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापना भएको १० वर्षमा एक हजार २६ जनाको मिर्गौला प्रत्यारोपण र नौ जनाको सफल कलेजो प्रत्यारोपण गरेको केन्द्रकी कन्सलटेन्ट नेफ्रोलोजिस्ट डा कल्पना श्रेष्ठले जानकारी दिइन् । उनले अङ्गदान शिविरबाट पाँच जनाले आफ्नो मृत्युपछिको अङ्ग दानका लागि नाम लेखाएको बताइन् । यसपटकको मिर्गौला दिवसको नारा ‘अप्रत्याशितरुपमा आइपर्ने संकटबाट जोखिममा भएका समुदायलाई बचाउनु’ रहेको छ । कार्यक्रममा अङ्गदाता, अङ्ग ग्रहणकर्ता र चिकित्सक, नर्स, कलाकार, समाजसेवीको उपस्थिति थियो ।
क्याटेगोरी : स्वास्थ्य / जिवनशैली
ट्याग : #page 3
ताजा अपडेट
- अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
- विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ: प्रधानमन्त्री
- कुलमानले गरेको अनियमितता छानवीन गर्न न्यायिक समिति गठन !
- विभाजनको शृङ्खला रोकेर एकताको प्रक्रिया सुरु भएको छ: अध्यक्ष दाहाल
- कर्णाली प्रदेश सरकारले जनताले महसुस हुनेगरी काम गरिरहेको छ: मुख्यमन्त्री कँडेल
- केही व्यक्तिको कमजोरीले गर्दा सिङ्गो सहकारी क्षेत्र बदनाम : मुख्यमन्त्री पाण्डे
- जलेश्वर प्रादेशिक अस्पतालका उपकरण प्रयोगविहीन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया