प्रोस्टेटसम्बन्धी समस्या भएकालाई नर्भिकको विशेष छुट
काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले प्रोस्टेट ग्रन्थीको समस्या भएका बिरामी लक्षित विशेष अभियान सञ्चालनको घोषणा गरेको छ । विश्व स्वास्थ्य दिवस(वर्ल्ड हेल्थ डे)को अवसर पारेर नर्भिकले आउँदो चैत २५ गते शनिवार विशेष छुट सहितको वृहत निःशुल्क जनचेतनामूलक कार्यक्रम आयोजना गर्ने भएको छ ।
कार्यक्रममा सहभागी हुनेहरुलाई निःशुल्क यूरिन डिपस्टिक टेस्टको व्यवस्था समेत गरिएको अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले जानकारी दिए । साथै, प्रोस्टेटसम्बन्धी समस्याबाट पीडितको उपचारका लागि अस्पतालमा उपलब्ध प्याकेजमा ३० प्रतिशत भारी छुटको स्किम समेत सार्वजनिक गरिएको छ । यसैगरी, सो कार्यक्रममा प्रोस्टेट स्पेशिफिक एन्टीजेन(पिएसए)को परीक्षण शुल्कमा समेत १५ प्रतिशत छुट उपलब्ध हुनेछ ।
शनिवार बिहान ८ बजेदेखि सो वृहत जनचेतनामूलक कार्यक्रम नर्भिकको नर्सिङ ट्रेनिङ हलमा आयोजना हुने बताइएको छ । कार्यक्रममा सहभागीले वरिष्ठ यूरोलोजीस्ट डा. सुनिल श्रेष्ठ र यूरोलोजिष्ट डा. सञ्जिवभक्त बिष्ट नेतृत्वको टिमबाट निःशुल्क परामर्श सेवा तथा जाँचको सुविधा पाउनेछन् । प्रोस्टेट ग्रन्थीका बिरामीले वल्र्ड हेल्थ डेको अवसर पारेर सार्वजनिक हेल्थ प्याकेज तथा जाँचमा छुटको सुविधा लिन तथा निःशुल्क जनचेतनामूलक कार्यक्रममा सहभागी हुन अनलाइनबाट नाम दर्ता गर्नुपर्नेछ ।
क्याटेगोरी : स्वास्थ्य / जिवनशैली
ट्याग : #Page 8
ताजा अपडेट
- कोप–२९ लाई अर्थपूर्ण बनाउन आज राष्ट्रिय जलवायु सम्मेलन हुँदै
- आसोजमा नौ हजार पर्यटक सगरमाथा क्षेत्र पुगे
- यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
- तुलसीपुरमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, तीनजना घाइते
- इजरेलद्वारा इरानमा हवाई हमला, क्षतिबारे इरानले के भनेको छ?
- विभिन्न नाम र स्वरुपमा हुने कुनै पनि प्रकारका अवाञ्छित गतिविधिहरु उचित नरहेको सत्तारुढ गठबन्धनको निष्कर्ष
- कसरी हुन्छ सङ्गठित अपराधको अनुसन्धान, सहकारी ठगी कस्तो अपराध हो ?
- दैनिक जीवनसँग जोड्ने गरी प्राविधिक शिक्षा उपलब्ध गराउनुपर्छ: मन्त्री भट्टराई
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया