रसुवा अस्पतालले स्थानीय तहमै प्रसूति सेवा दिने
रसुवा । रसुवा अस्पताल धुञ्चेले स्थानीय स्तरमै प्रसूति सेवा दिने भएको छ । यसका लागि अस्पतालले डाक्टरको व्यवस्था गरेको र अब छिट्टै यो सेवा सुरु हुने बताइएको छ । यो सेवा सुरु भएपछि सुत्केरी हुनकै लागि काठमाडौँ जानुपर्ने बाध्यता हट्ने विश्वास गरिएको छ ।
रसुवा जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. अमितकुमार शाहले स्थानीय स्तरमै नियमित गर्भ परीक्षण र शल्यक्रिया सेवा दिन तयारी सुरु गरिएको राससलाई बताए । सुरक्षित प्रसूति सेवाका लागि दक्ष चिकित्सकको व्यवस्था भइसकेको र आवश्यक उपकरण धुञ्चे पुगेको उनको भनाइ छ ।
शल्यक्रियाका लागि पूर्वाधार जडान भइरहेको अस्पतालको भनाइ छ । प्रसूति सेवाका लागि निक्स साइमन इन्स्टिच्युटले चिकित्सक उपलब्ध गराएको छ । साथै बिरामीको समस्या पत्ता लगाई उपचार सेवा प्रभावकारी बनाउन अल्ट्रासाउन्ड (भिडियो एक्स्रे) एवं डिजिटल एक्स्रे समेत सञ्चालनमा ल्याएको छ अस्पतालका सूचना अधिकारी कृपा विसुङ्खेले जानकारी दिए ।
पन्ध्र शय्या क्षमताको जिल्ला अस्पतालमा बढ्दो बिरामीको चाप धान्न अस्पताल प्रशासनले सम्बन्धित मन्त्रालय तथा विभागसँग थप स्वास्थ्यकर्मीको माग गर्दै आएको छ । अस्पतालमा गत साउनदेखि फागुनसम्म तीन हजार पाँच सयले बहिरङ सेवा लिएका छन् ।
क्याटेगोरी : स्वास्थ्य / जिवनशैली
ताजा अपडेट
- महाकवि देवकोटाको ११६ औँ जन्मजयन्ती मनाइँदै
- अपर राहुघाट जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा
- देउसी खेलेर क्याम्पसमा अक्षय कोष स्थापनाको प्रयास
- अन्नपूर्णआरोहण आधार शिविरमा अहिलेसम्मकै धेरै पर्यटक भित्रिए
- दोलखामा बृहत् स्वास्थ्य शिविर
- दराज नेपालको छैठौँ विक्रेता सम्मेलन
- केटिएम नेपालको ‘केटिएम ट्रयाक टेस्ट एक्सपिरियन्स’
- हिरोको दशैं तिहार अफरअन्तर्गत पाँच लाख क्यासका विजेता घोषणा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया