अन्तरङ्ग सेवा थप्न माग
कास्की । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मानसिक एवं मनोसामाजिक स्वास्थ्य समस्या भएका बिरामीका लागि अन्तरङ्ग सेवा थप्न माग गरिएको छ ।
मानसिक स्वास्थ्यलगायत सामाजिक क्षेत्रमा क्रियाशील सङ्घसंस्थाले प्रतिष्ठानका निर्देशक डा. भरतबहादुर खत्रीलाई ज्ञापनपत्र बुझाउँदै सो सेवा थप्न माग गरेका हुन् । प्रतिष्ठानमा मानसिक रोगका लागि बहिरङ्ग सेवामात्र उपलब्ध छ तर अन्तरङ्ग सेवा नहुँदा भर्ना गरेर उपचार गर्नुपर्ने बिरामी निजी अस्पताल धाउनुपर्ने बाध्यता छ । सरकारी अस्पतालमा अन्तरङ्ग सेवा नहुँदा आर्थिक अवस्था कमजोर भएका तथा जेष्ठ नागरिकलाई मानिसक रोगको उपचार गर्न समस्या भएकाले निजी अस्पताल, पुनःस्थापना केन्द्र र मानवसेवा आश्रममा जानुपर्ने बाध्यता रहेको ज्ञापनपत्रमा उल्लेख छ ।
इन्सेक, कोसिस, कोपिला नेपाल, शक्ति समूह आदि संस्थाले यसअघिदेखि नै प्रतिष्ठानमा मानसिक स्वास्थ्य सेवा थप्न माग गर्दै आएका छन् । ज्ञापनपत्रमा यथाशक्य चाँडो अस्पतालमा अन्तरङ्ग सेवा सुरु गर्न माग गरिएको छ । प्रतिष्ठानका निर्देशक डा. खत्रीले छुट्टै भौतिक संरचना बनाएर मानसिक स्वास्थ्य सेवा प्रवाह गर्ने तयारी भइरहेको बताए । उनले प्रतिष्ठानमा मानसिक तथा मनोसामाजिक स्वास्थ्य सेवा विस्तार गरिने प्रतिबद्धता जनाए ।
जनस्वास्थ्य ऐन, २०७५ मा प्रत्येक व्यक्तिलाई मानसिक रोगसम्बन्धी सेवाको पहुँच हुनुपर्ने उल्लेख छ । नेपाल राष्ट्रिय अनुसन्धान परिषद्को अनुसन्धान प्रतिवेदनअनुसार गण्डकी प्रदेशका १० दशमलव सात प्रतिशत व्यक्तिमा मानसिक समस्या भएको देखिन्छ ।
क्याटेगोरी : स्वास्थ्य / जिवनशैली, गण्डकी प्रदेश
ताजा अपडेट
- अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
- चार महिनामा साढे चार खर्ब व्यापार घाटा
- ‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ?
- समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम लिइन्न : महासचिव चन्द
- कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते
- इन्भेष्टमेन्ट कम्पनीको शेयर कारोबारसम्बन्धी नयाँ प्राबधान
- काठमाडौँमा शनिबार तीन शव भेटिए
- चिनियाँ दूतावासद्वारा ‘क्षत्रपाटी निःशुल्क चिकित्सालय’ लाई विद्युतीय सवारी हस्तान्तरण
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया