न्युरो कार्डियो अस्पतालमा अनियमितता
विराटनगर । विराटनगरको न्युरो कार्डियो एन्ड मल्टिस्पेसलिस्ट अस्पतालमा व्यापक अनियमितता भएको पाइएको छ । कोशी प्रदेशकै उत्कृष्ट अस्पताल भएको डंका पिटने गरेको यस अस्पतालले न्यूनतम मापदण्ड समेत पूरा नगरेको पाइएको हो ।
जिल्ला अनुगमन समितिले अस्पतालले न्यूनतम मापदण्ड पूरा नगरेको भन्दै चेतावनीसहित मापदण्ड पूरा गर्न निर्देशन दिएको छ । यस्तै अस्पतालबाट उत्पादन भएको फोहोर निसंक्रमण नगरी फाल्ने गरेको स्रोतको दाबी छ । अस्पालको भवन भूकम्प प्रतिरोधात्मक बनाइनुपर्नेमा त्यो मापदण्ड समेत पूरा गरिएको छैन ।
अस्पतालले आफ्नो हाताभित्र पार्किङको व्यवस्था समेत नगरेका कारण विराटनगर महानगरपालिकाले सञ्चालन गरेको नोपार्किङ अभियान समेत प्रभावित बनेको छ । अस्पतालले ठूलो हल्लाखल्ला गर्दै मुटुरोगीको उपचार गर्ने नयाँ अमेरिकी प्रविधि ‘आईसीडी’ नामक उपकरण भित्र्याएको दाबी गरेको थियो । तर उक्त प्रविधिबाट कुनै पनि बिरामीले अहिलेसम्म सेवा पाएका छैनन् ।
निजी क्षेत्रबाट सञ्चालित स्वास्थ्य संस्थाहरुबाट गरिब तथा असाहयका लागि न्यूनतम १० श्यया व्यवस्थापन गरी निःशुल्क उपचार प्रक्रिया मिलाउनुपर्नेमा न्युरो अस्पतालले सो मापदण्डको समेत पालना गरेको छैन ।
स्रोतका अनुसार न्युरो कार्डियो एन्ड स्पेसलिस्ट अस्पातालले आर्थिक वर्ष ०६८/६९ देखि नै हालसम्म आउँदा बिरामीको रेकर्डको आधारमा नेपाल सरकारलाई बुझाउनुपर्ने स्वस्थ्य सेवा करमा समेत व्यापक अनियमितता गरेको छ । आन्तरिक राजस्व कार्यलय विराटनगरस्थित स्रोतले दिएको जानकारीअनुसार न्युरो कार्डियो एन्ड स्पेसलिष्ट अस्पतालले बिमारीको आधारविना नै अनुमानका भरमा स्वास्थ्य सेवा कर बुझाउँदै आएको छ । पछिल्लो समय अस्पतालको कारोबार बढेर गएपछि मध्यमस्तरी आयमा बुझाउने करको तथ्याङ्क र स्वास्थ्य मन्त्रालयमा बुझाउने बिरामीको रेकर्डले न्युरो अस्पतालले कर तिर्ने कुरामा पनि ठगी गरेको पुष्टि हुने स्रोतको दाबी छ ।
अस्पतालले स्वस्थ्य सेवाकरबाहेक आफ्नो पुरानो संरचनामा सञ्चालित अस्पतालको पछिल्लो समय परिवर्तित ऐन कानुनअनुसार स्थानीय माहानगरपालिकामा बुझाउनुपर्ने घरवहाल कर समेत हचुुवाका भरमा बुझाउनले गरेको छ । उक्त अस्पतालको सञ्चालक डा. विरेन्द्र विष्ट र डा. अनिषा विष्ट हुन् । न्युरो कार्डियो एन्ड मल्टिस्पेसलिस्टले आन्तरिक राजस्व कार्यलय विराटनगरबाट पान नम्बर ३०२००६९७१ लिई अस्पतालले आर्थिक कारोबार गरेको देखिन्छ । तर न्युरो डाइनेष्टिक एन्ड रिसर्च सेन्टर डा. विरेन्द्र विष्टको नाममा दर्ता भई पान नम्बर ३००९५६२५० लिएको भए पनि आन्तरिक राजस्व कार्यालयमा कुनै आर्थिक कारोबार नगरेको भनी विवरण बुझाएको दाबी समाचार स्रोतले गरेको छ ।
एकासँगोल परिवारका बीचमा नै दुई पान नम्बर लिई आर्थिक कारोबार गरेको न्युरो अस्पतालले एउटाबाट कारोबार गरेको देखिएको भए पनि दुवैबाट कारोबार गरी रिसर्च सेन्टरले करोडौँको राजस्व ठग्न सफल भएको दाबी अस्पताल स्रोतले गरेको छ । यसबाहेक डा. विरेन्द्र विष्ट नै सञ्चालक रहेको न्युरोहेल्थ कलेजले विद्यार्थी भर्नाका नाममा मापदण्डभन्दा विपरीत गएर लाखौँ रुपैयाँ विद्यार्थीसँग असुल्ने गरेको पनि पाइएको छ । सोही कलेजमा एचए अध्ययनका लागि आवेदन गरेका विद्यार्थीले सीटीभीटीबाट निःशुल्क छात्रावृतिसहित नाम निकाल्न सफल हुदा समेत कलेजका सञ्चालक विष्ट र प्रबन्ध निर्देशक अनिषा विष्टले निःशुल्क भए पनि आधा शुल्क कलेजलाई दिन निर्देशन दिइएको दाबी समाचारस्रोतले गरेको छ ।
अस्पतालको फार्मेसीको कारोबार पनि शंकास्पद
न्युरो कार्डियो अस्पतालको न्युरो अस्पताल फार्मेसीबाट औषधिको कारोबार गर्ने प्रधान मेडिकल सप्लायर्सको कारोबार पनि विवादित बन्न पुगेको छ । अस्पतालले फार्मेसीको सप्लाइ र बिक्रीवितरणको जिम्मा अस्पतालका निर्देशक राजेश भट्राईलाई दिएको छ । तर निर्देशक भट्राईले आफैँ अस्पतालको निर्देशक भएर फार्मेसी सञ्चालन गर्न कानुनी कठिनाइ भएपछि उनले अस्पतालको फार्मेसीको काम प्रधान मेडिकल सप्लायर्सका सञ्चालक प्रविण कुुमार प्राधानलाई दिएका छन् । प्रधानले नै अस्पतालमा आवश्यक पर्ने सबै प्रकारका औषधिको बिक्रीवितरणदेखि सप्लाइको जिम्मा लिएका छन् । भट्राई न्युरो कार्डियो अस्पतालका सञ्चालक वीरेन्द्र विष्टको ज्वाइँ हुन् ।
अस्पतालको औषधि बिक्रीवितरणदेखि औषधि सप्लाइ समेतको जिम्मा पाएको प्रधान मेडिकल सप्लायर्सले मधेश प्रदेशको सप्तरी जिल्लास्थित राजवीराजमा आन्तरिक राजस्व कार्यालयबाट दर्ता कायम भएर कारोबार गर्ने गरेको छ । आराका सप्तरीमा ३०१२७४१९१ बाट दर्ता कायम भएको प्रधान मेडिकल सप्लायर्सले २०७६ सालमा नै मूल्य अभिवृद्धि करमा दर्ता भएर आर्थिक वर्ष ०७८/०८९ मा १९ करोडको कारोबार गरेर सात लाख कर बुुझाएको छ । तर अस्पतालको नाममा रहेको अस्पताल फार्मेसीसँग कारोबार गरेर संस्थागत भाडाबापतको करिब चार आर्थिक वर्षको घर भाडाबापत राज्यले पाउने ४० लाखभन्दा माथिको राजस्व अहिलेसम्म पनि बुुझाएको छैन । उक्त राजस्व नबुझाएपछि न्युुरो अस्पतालमा सञ्चालित अस्पताल फार्मेसी र औषधि सप्लाइ गर्दै आएको प्रधान मेडिकल सप्लायर्सको कारोबार नै शंकाको घेरामा परेको आन्तरिक राजस्व कार्यालयस्रोतले बताएको छ ।
क्याटेगोरी : स्वास्थ्य / जिवनशैली
ट्याग : #Page 12
ताजा अपडेट
- छ वर्षमा पनि बनेन गजेन्द्रनारायण सिंह अस्पतालको भवन
- जनसभामा जथाभाबी फोहोर गरेको भन्दै महानगरले एमालेलाई तिरायो १ लाख जरिमाना
- देशका अधिकांश भागमा आज मौसम सफा रहने पूर्वानुमान
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
- विशेष अदालतको फैसलामा चित्त नबुझेको भन्दै आयोगले गर्यो सर्वोच्चमा पुनरावेदन
- अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
- विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ: प्रधानमन्त्री
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया