नर्भिक हस्पिटलले मनायो ३०औं वार्षिकोत्सव
काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलले आफ्नो ३०औँ वार्षिकोत्सव मनाएको छ । हस्पिटलले एक सातासम्म विभिन्न कार्यक्रम आयोजना गरी वार्षिकोत्सव मनाएको हो । नर्भिकले साताव्यापी कार्यक्रमको अन्तिम दिन काठमाडौंको याक एण्ड यति होटलमा एक विशेष समारोहको आयोजना गरेको थियो ।
कार्यक्रममा नर्भिक अस्पतालका संस्थापक अध्यक्ष तथा संरक्षक बसन्तकुमार चौधरीले स्वास्थ्य विज्ञानमा नयाँ सम्भावनाहरु थपिँदै जाँदा चुनौती पनि बढ्दै जाने बताए । विश्वभर भइरहेको उपचार पद्धतिको द्रुत विकाससँगै आफूलाई साथ साथै लैजानुपर्ने आवश्यकता रहेको उनले बताए ।
कार्यक्रममा हस्पिटलकी प्रबन्धनिर्देशक मेघा चौधरीले नर्भिकले दिने सेवा अझ निखार्दै र विस्तार गर्दै अगाडि बढ्ने बताइन् । उनले २०० शय्याको स्टेट अफ दि आर्ट फ्यासिलिटीसहितको अत्याधुनिक भवन निर्माण सुरु भइसकेको जानकारी दिइन् । उनले नर्भिकले छिट्टै आमा र बच्चासँग सम्बन्धित विशेषज्ञ सेवा समेत विस्तार गर्ने बताइन् । यस्तै उनले प्रविधिमा गरिएको लगानीका कारण विश्वकै उपयुक्त सेन्टरसँग टेलिमेडिसिन फ्यासिलिटीका लागि नर्भिक जोडिने उद्घोष पनि गरिन् ।
नर्भिक हस्पिटलका सञ्चालक समितिका अध्यक्ष राजेन्द्रबहादुर सिंहले २०५० सालमा ३० शय्याको सानो नर्सिङहोमबाट सुरु भएको नर्भिक मल्टिस्पेसलिटिज अस्पतालको रुपमा स्थापित भएकोमा खुसी व्यक्त गरे । उनले असल र दूरदर्शी नेतृत्वका कारण स्थापित हस्पिटल पब्लिक लिमिटेड कम्पनीको रुपमा रुपान्तरण भइसकेको र निकट भविष्यमै सर्वसाधारणका लागि आईपीओ जारी गर्ने तयारी रहेको बताए ।
प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले अहिलेसम्म झण्डै २५ लाख बिरामीलाई उपचार सेवा दिएको बताए । उनले नर्भिकमा हरेक विज्ञ उपलब्ध भएकाले हरेक रोगको उपचार सम्भव भएकोे दाबी गरे । उनले नर्भिकलाई स्वास्थ्य क्षेत्रकै पर्यायवाचीको रुपमा स्थापित गर्ने उद्घोष समेत गरे ।
कार्यक्रममा २० वर्षभन्दा बढी समयदेखि नर्भिकमा अनवरत सेवा गर्दै आएका कर्मचारीहरुलाई दीर्घसेवा सम्मान तथा प्रशंसापत्र प्रदान गरिएको थियो । अस्पतालले यसअघि प्रभातफेरि, रक्तदान लगायतका कार्यक्रम आयोजना गरेको थियो । वार्षिकोत्सवकै अवसरमा विभिन्न सेवाहरुमा ३० प्रतिशत छुटको अफर समेत ल्याएको थियो ।
क्याटेगोरी : स्वास्थ्य / जिवनशैली
ट्याग : #Page 7
ताजा अपडेट
- अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
- विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ: प्रधानमन्त्री
- कुलमानले गरेको अनियमितता छानवीन गर्न न्यायिक समिति गठन !
- विभाजनको शृङ्खला रोकेर एकताको प्रक्रिया सुरु भएको छ: अध्यक्ष दाहाल
- कर्णाली प्रदेश सरकारले जनताले महसुस हुनेगरी काम गरिरहेको छ: मुख्यमन्त्री कँडेल
- केही व्यक्तिको कमजोरीले गर्दा सिङ्गो सहकारी क्षेत्र बदनाम : मुख्यमन्त्री पाण्डे
- जलेश्वर प्रादेशिक अस्पतालका उपकरण प्रयोगविहीन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया