Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठस्वास्थ्य / जिवनशैलीछत्रपाटी निशुःल्क चिकित्सालयको सचेतना -याली

छत्रपाटी निशुःल्क चिकित्सालयको सचेतना -याली


काठमाडौं । छत्रपाटी निःशुल्क चिकित्सालयले धुम्रपान तथा सुर्तीजन्य पदार्थको सेवनबाट उत्पन्न हुन सक्ने रोगहरू र रोकथामका लागि गर्न सक्ने उपायहरूको सम्बन्धमा सचेतना ¥याली गरेको छ ।

शनिबार सम्पन्न भएको कार्यक्रममा चिकित्सालय कार्यसमितिका पदाधिकारीहरू, सदस्यहरू, विद्यालयका शिक्षक शिक्षिकाहरू, क्लबका सदस्यहरू, समाजसेवीहरू र कर्मचारीहरूको उल्लेख्य सहभागी थियो । ¥याली स्वास्थ्य मन्त्रालय, स्वास्थ्य कर कोष सचिवालयको आर्थिक सहयोगमा सम्पन्न भएको हो ।

शनिबार बिहान ९ बजेदेखि १ बजेसम्म धुम्रपान तथा सुर्तीजन्य पदार्थको सेवनबाट उत्पन्न हुन सक्ने रोगहरूको सम्बन्धमा निःशुल्क स्वास्थ्य शिविर सम्पन भएको हो । शिविरमा वरिष्ठ छाती रोग विशेषज्ञ डा.कोमल किरण प्रधान, फिजिसियन डा.सन्तोष मानन्धर र मेडिकल अफिसरहरुबाट ७० जना बिरामीहरूको स्वास्थ्य जाँच गरिनुका साथै प्याथोलोजी सेवा, एक्सरे सेवा र ईसीजी सेवा निःशुल्क प्रदान गरिएको थियो ।


क्याटेगोरी : स्वास्थ्य / जिवनशैली
ट्याग : #page 3

तपाईको प्रतिक्रिया