मेन्छ्यायेम अस्पताललाई एम्बुलेन्स प्रदान
काठमाडौं । कोशी प्रदेश स्वास्थ्य मन्त्रालयले तेह्रथुमको मेन्छ्यायेम अस्पताललाई सुविधायुक्त एम्बुलेन्स प्रदान गरेको छ । स्वास्थ्य मन्त्रालयमा सोमबार एक कार्यक्रमका बीच प्रदेश स्वास्थ्यमन्त्री तिलकुमार मेन्याङ्बोले प्रदेश प्रमुख परशुराम खापुङका प्रमुख स्वकीय सचिव अमृत खापुङलाई चाबी तथा कागजपत्र हस्तान्तरण गरेका हुन् ।
प्रदेश प्रमुख खापुङको चासोपश्चात् प्रदेश स्वास्थ्य मन्त्रालयले सुविधायुक्त एम्बुलेन्सको व्यवस्था भएको हो । प्रदेश प्रमुखसँगको भेटमा अस्पतालमा कार्यरत नर्स सुम्निमा खापुङले एम्बुलेन्सको आवश्यकता रहेको कुरा राखेपछि प्रदेश प्रमुखले सचिवालयमार्फत मन्त्रालयमा चासो राखेको सन्देश पठाएका थिए । उक्त सन्देशप्राप्त भएपछि मन्त्रालयले तत्काल उपलब्ध गराएको हो ।
हस्तान्तरणको क्रममा मन्त्री तिलकुमार मेन्याङ्बोले प्रदेश प्रमुखले इच्छा व्यक्त गर्नु भनेको ‘उहाँको पनि विकाससँग चासो रहेको छ’ भन्ने बुझ्नुपर्ने बताएका थिए । अस्पतालले एम्बुलेन्स उपलब्ध भएपछि गाउँमा धेरै बिरामीलाई राहत हुन सक्ने, मेन्छ्यायेम गाउँपालिकामा मात्र नभई छिमेकी पालिका र छिमेकी जिल्लालाई समेत सहयोग पुग्ने मन्त्री मेन्याङ्बोले बताए । प्रदेश स्वास्थ्य मन्त्रालयकी सचिव डा सुधा देवकोटाले मन्त्रालयको व्यवस्थापन गर्नुपर्ने काम रहेको बताइन् । कार्यक्रममा तेह्रथुम ‘ख’ का प्रदेश सभा सदस्य किशोरचन्द्र दुलालको पनि उपस्थिति रहेको थियो ।
क्याटेगोरी : प्रदेश समाचार, कोशी प्रदेश, स्वास्थ्य / जिवनशैली
ट्याग : #Page 8
ताजा अपडेट
- जिपि कोईराला फाउन्डेशन अमेरीकाद्वारा शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न
- खोज र अध्ययनले समृद्ध न्यायिक इतिहास निर्माण गर्न सकिन्छ : प्रधानन्यायाधीश
- माओवादी केन्द्रको सडक आन्दोलन,सरकार असफल भएको निष्कर्ष
- कोप–२९ मा हिमालदेखि समुद्रसम्मका विषय सशक्त रुपमा उठाइनेछ: प्रधानमन्त्री
- राजस्व कार्यालयद्वारा पहिलो तीन महिनामा लक्ष्यको ८५ प्रतिशत राजस्व सङ्कलन
- नेपालको वित्तीय अवस्था सन्तोषजनक छः गभर्नर अधिकारी
- कोप–२९ लाई अर्थपूर्ण बनाउन आज राष्ट्रिय जलवायु सम्मेलन हुँदै
- आसोजमा नौ हजार पर्यटक सगरमाथा क्षेत्र पुगे
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया