वातावरणीय ह्रासको कारण, समस्या तथा सुझाव
काठमाडौं । वातावरण भन्नाले माटो जल, वनस्पति, जीवजन्तु, पशुपन्छी, मानिस, वायुमण्डल आदि जैविक तथा अजैविक वस्तुहरूको प्राकृतिकरूपमा स्थापित सामूहिक संयोजन हो । यो सामूहिक संयोजन स्वास्थ्य जीवनका लागि अनिवार्य छ । तर आज विश्वभरि नै वातावरणको सन्तुलनमा आएको असन्तुलनले वातावरण प्रदूषित तथा विनाश हुँदैछ । विश्व आज स्वास्थ्य वातावरणको अभावमा विचलित हुँदैछ र विश्वका प्रायःजसो राष्ट्रहरू यस वातावरणीय समस्याबाट पीडित छन् । खास गरेर वातावरणीय प्रदूषणका लागि विकसित मुलुकहरूको आधुनिक प्रविधि, प्राकृतिक सम्पदाको अधिक तथा अनुचित उपभोग र विकासोन्मुख मुलुकमा भएको तीव्र जनसंख्या वृद्धि तथा बढ्दो गरिबी नै प्रमुखरूपमा जिम्मेवार छन् ।
हावा, पानी र जमिनमा विभिन्न किसिमका भौतिक रासायनिक र जैविक परिवर्तन आई तिनीहरूको गुणस्तरमा ह्रास आउने प्रक्रिया नै प्रदूषण हो । प्रकृतिमा रहेका प्राकृतिक वस्तुहरूको अस्तित्व एवं सन्तुलनमा आएको गडबडीले यहाँ रहेका कुनै वस्तुहरूको अस्तित्व नै लोप हुने, कुनै लोप हुने अवस्थामा रहने, कुनै भविष्यमा लोप हुने सम्भावना सिर्जना हुने अवस्थालाई वातावरण प्रदूषण भनिन्छ । वातावरणमा रहेका जैविक तथा अजैविक अवयवबीचको अन्तरक्रिया एवं अन्तरसम्बन्धमा प्रत्यक्ष वा अप्रत्यक्षरूपले परिवर्तन गरी वातावरणमा ह्रास पु-याउने वा क्षति पु-याउने प्रक्रियालाई नै वातावरण प्रदूषण भनिन्छ । वातावरण प्रदूषणलाई वायु प्रदूषण, ध्वनि प्रदूषण, जल प्रदूषण, खाद्य प्रदूषण, औद्योगिक प्रदूषण, भूमि प्रदूषण, विकिरण प्रदूषण गरी विभिन्न भागमा बाँडेर अध्ययन गर्न सकिन्छ । वातावरणीय लघुकरण वा असन्तुलनको कारणले विभिन्न प्रकारका प्राकृतिक प्रकोपहरू जस्तै हिम, पहिरो, आँधी, हुरी, बतास, चट्याङ भूकम्प बाढी, नेपालमा यसबाट कम्तीमा वर्षेनि २५० देखि १००० भन्दा बढी जीउज्यान मासिने र ठूला धनजनको नोक्सान हुने गरेको देखिन आउँछ ।
वातावरणीय ह्रासको अर्थ हुन्छ सम्पूर्ण वातावरणको गुणस्तरमा गिरावट मानवीय क्रियाकलापहरूमा प्रतिकूल परिवर्तनका कारणबाट हुन्छ । उक्त प्रतिकूल परिवर्तनमा वातावरणको मुख्य स्वरूप र तत्वहरूमा परिवर्तन आउँछ, जसबाट सम्पूर्ण जैविक समुदाय र मानव समाजमाथि प्रतिकूल असर पर्दछ । वातावरणीय प्रदूषण तथा वातावरणीय ह्रासलाई एक अर्थमा पर्यायवाची रूपमा प्रयोग गरेको पाइन्छ, तर पनि यी दुईको अवधारणा र अर्थका बीचमा भिन्नता रहेको पाइन्छ । वायु वातावरणको ह्रासको कारण नै प्रदूषण हो । त्यसैगरी वातावरणीय ह्रासको कारण प्रदूषण र प्राकृतिक सङ्कट तथा प्रकोप हुन्छ । प्राकृतिक प्रक्रियाहरूद्वारा सङ्कट र प्रकोप अचानक आउन सक्छ, जस्तै भुइँचालो आउनु, बाढी आउनु, पहिरो जानु र मानवीय क्रियाकलापमा परमाणु बमको विस्फोट आदि । यस्ता सङ्कट तथा प्रकोप भएका बेला राहतको आवश्यकता पर्दछ, साथै उक्त समस्याहरू आउनुभन्दा पूर्व नै भविष्यवाणी गर्न सकिन्छ र तिनबाट बच्ने उपायहरू तत्कालै अवलम्बन गर्न सकिन्छ । उक्त सङ्कट तथा प्रकोपहरू अचानक आउँछन् र वातावरणमा विभिन्न किसिमका प्रदूषणहरू पार्छन् ।
जब विभिन्न कारणहरूबाट कुनै वातावरणीय तत्वहरूको (हावा, पानी, जमिन) भौतिक, रासायनिक वा जैविक गुणहरू परिवर्तन हुन्छ र त्यो परिवर्तित स्थिति सम्पूर्ण जीवहरूको लागि हानिकारक हुन्छ भने यस्तो प्रक्रिया वा परिमाणलाई नै प्रदूषण भनिन्छ । जब कुनै तत्व सीमाभन्दा बढी वातावरणका तत्वहरूसँग समाहित हुन्छ र वातावरणका तत्वहरूको गुण नाश गर्छ जसको कुप्रभाव जीवहरूको स्वास्थ्यमा देखा पर्दछ भने त्यसलाई प्रदूषण भनिन्छ । सामान्य शब्दमा भन्नुपर्दा आवश्यक वस्तु अनावश्यक ठाउँमा हुनु नै प्रदूषण हो । प्रदुषणलाई विभिन्न तरिकाले परिभाषित गरिए पनि खासमा प्रदूषण भनेको मानिसले नचिताएको एउटा असामान्य अवस्था हो, जसले मानिसलगायत अन्य जीवजन्तु तथा भौतिक वातावरणलाई प्रत्यक्ष वा परोक्षरूपमा असर गर्छ वा गर्न सक्ने सम्भावना राख्दछ ।
वातावरणीय प्रदूषणको मुख्य कारक मानिस नै हो । केही हदसम्म प्राकृतिक कारणले पनि प्रदूषण हुने गर्छ जस्तै ज्वालामुखी, वनजङ्गलमा आगलागी हुनु आदि । तर तिनीहरूको असर मानवीय क्रियाकलापले गर्दा भएको वातावरणीय प्रदूषणको तुलनामा नगन्य रहेको पाइन्छ । वातावरणीय प्रदूषणले स्थानीयस्तरमा विभिन्न रोगहरू फैलाउने जस्तै झाडापखाला, हैजा, श्वासप्रश्वाससम्बन्धी समस्या आदि यस्तै ध्वनिको प्रदूषणले मानिसको दैनिक क्रियाकलापमा नराम्रो असर पर्नुका साथै विभिन्न स्वास्थ्य समस्याहरू पनि देखा पर्दछ । पानीको स्रोतमा हुने प्रदूषणले स्वच्छ पिउने पानीको अभाव भई समस्याहरू उत्पन्न हुन्छन् । त्यसैगरी फोहोरमैलाको व्यवस्थापनको अभाव, हावा प्रदूषणले निम्त्याउने रोगब्याधिहरू आदि स्थानीयस्तरका समस्याहरू हुन् ।
जलवायु परिवर्तनबाट सिर्जित समस्याको समाधान गर्ने क्रममा एसिया तथा अफ्रिकामा सामूहिक अनुकूलन अनुसन्धान प्रयाससम्बन्धी कार्यक्रम सञ्चालन गरिएको छ । एसिया र अफ्रिकामा जलवायु परिवर्तनबाट बढी प्रभावित क्षेत्रहरूमा अनुसन्धान र नीति निर्माणमार्फत जलवायु परिवर्तनबाट पर्ने असर गरिब जनताको क्षमता अभिवृद्धिमा सहयोग गर्ने उद्देश्यले एसिया र अफ्रिकाका केही देशहरूमा नमुनाका रूपमा सामूहिक अनुकूलन अनुसन्धानसम्बन्धी केही कार्यक्रम सञ्चालन गरिएको छ । गत ७ मार्च २०१४ मा अफ्रिकामा सुरु भएको यो कार्यक्रम ३० अप्रिल २०१४ बाट एसियामा पनि सुरु भएको छ । एकीकृत पर्वतीय विकासका लागि अन्तर्राष्ट्रिय केन्द्र (इसिमोड) को संयोजनमा आयोजित कार्यक्रममा कार्यक्रम कार्यान्वयनका बारेमा विभिन्न सरकारी एवं गैरसरकारी संस्थाका व्यक्तिहरूले आफ्नो धारणा राखेका थिए । विश्वका अधिकांश मानिस बसोबास गर्ने एसिया र अफ्रिकी देशहरूमा जलवायु परिवर्तनबाट सिर्जित समस्याले खासगरि गरिब जनता ठूलो संकटको अवस्थामा गुज्रिन बाध्य रहेकोले यस कार्यक्रमले ती जनताको क्षमता अभिवृद्धि गरी जीवनयापनमा सुधार ल्याउने अन्तरक्षेत्रीय एवम् आपसी ज्ञानको आधारमा नीति निर्माण तथा कार्यान्वयनमा जोड दिएको बताए । क्यारिया–आइडिआरसी कार्यक्रमका प्रमुख बेर्नाल्ड काल्टिनले कार्यक्रममा चारवटा मञ्चमार्फत सामूहिक रूपमा सञ्चालन गरिएको र यसले मुख्यतया जलवायु परिवर्तनबाट बढी प्रभावित भएका क्षेत्रमा जोड दिएको बताए । जलवायु परिवर्तनका कारण अहिले नै सुख्खा, अर्धसुख्खा, टापु (डेल्टा) र हिमनदी प्रणालीले ओगटेका तटीय गरी तीन खालका क्षेत्रहरूमा अनुसन्धानमा जोड दिने बताए । कार्यक्रम कार्यान्वयनपछि जलवायु परिवर्तनबाट प्रभावित यस क्षेत्रमा अनुकूलनसम्बन्धी नयाँ ज्ञान र अनुभव प्राप्त हुनेछ । तापक्रम वृद्धि विश्वकै टाउको दुखाइको विषय बनेको छ ।
क्लाइमेक्स वाचको तथ्याङ्कअनुसार विश्वमा सबैभन्दा हरितगृह ग्यास उत्सर्जन गर्ने देशहरूमा चीन, अमेरिका, भारत, युरोपियन, युनियन, रसिया, इन्डोसिया, बाज्रिल, जापान, इरान, जर्मनी, क्यानडा आदि पर्दछन् । विश्वमा कुल हरित गृह ग्यास उत्सर्जनमा चीनको अंश २३ दशमलव ९२ प्रतिशत रहेको छ । संयुक्त राज्य अमेरिकाको अंश ११ दशमलव ८४ प्रतिशत रहेको छ । सन् २०१३ देखि २०१८ सम्म यी देशहरूको वार्षिक हरित गृह उत्र्सजनमा उतारचढाव देखिएको छ । क्यानडाको वार्षिक हरितगृह ग्यास उत्सर्जन विगत केही वर्षदेखि न्यून हुँदै आएको छ । भू–वनावट तथा भौगर्भिक विशिष्टताका कारण जलवायु परिवर्तनको दृष्टिकोणबाट नेपाल अत्यन्तै जोखिम अवस्थामा रहेको छ । विगत २० वर्षको विषम मौसमी घटनाका आधारमा नेपाल विश्वको अतिजोखिमयुक्त दश देशमा पर्दछ । विश्वको औसत् तापक्रमको तुलनामा नेपालको औसत तापक्रमको वृद्धि उच्च छ । तथापि विश्वको कुल कार्बन उत्सर्जनमा नेपालले उत्सर्जन गर्ने कार्बनको अंश अत्यन्त न्यून छ ।
क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया