उत्पादनमुखी शैक्षिक विकासको यात्रा
काठमाडौं । शैक्षिक विकासको सह–यात्रामा प्राप्त हुन आएका गुणस्तरीय सकारात्मक सन्देशबाट उपलब्ध भएका परिणामहरूले यस क्षेत्रमा पनि आर्थिक विकासका अन्य क्षेत्रमा जस्तै शैक्षिक उत्पादकत्वको श्रीवृद्धि गर्नुपर्ने तथ्यलाई निकै महत्वका साथ प्रक्षेपण गरेको पाइयो । जसका लागि राज्यका तर्फबाट तत् सन्दर्भमा खर्चिएको आर्थिक स्रोतबाट प्राप्त हुन आएको उपलब्धिलाई प्रमुख आधारविन्दु मानी सोको अनुपातमा उच्च शैक्षिक विकासको यात्रामा अब्बल नतिजा हासिल गर्न सहयोगीको भूमिका निभाउने छ भन्ने विश्वास लिन सकिनेछ । जसको पूर्णताको लागि आवश्यक पर्ने मूल्याङ्कन प्रक्रियालाई व्यवहारतः लागू गर्दै समय सापेक्ष सुधार गर्नु आजको आवश्यकता हो ।
मूल कारक तत्व विशेषको रूपमा रहेका विद्यार्थी भाइबहिनीहरूमा उनीहरूको अध्ययन क्षमता एवं अब्बल दक्षता प्रदर्शनका लागि सम्बद्ध समूहको शैक्षिक विकासको यात्रामा उत्पादकत्व अभिवृद्धिले महत्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ । विशेषगरी सम्बद्ध समूहले खर्चिएको शैक्षिक समयको अनुपातमा आफ्नो स्वविवेकको प्रयोग गरी प्राप्त हुन आएका सफलता, व्यक्तित्व विकास तथा लगनशीलतालाई कसरी व्यवस्थापन गर्छन् भन्ने तथ्यले शैक्षिक विकासको यात्रा उत्पादनमुखी रहने वा नरहने भन्ने प्रश्नको भाग्य समेत निर्धारण हुने गर्छ ।
कुनै पनि शिक्षार्थीले परीक्षामा सर्वोकृष्ट नतिजा हासिल गर्छ भने केही हदसम्म उसको व्यक्तित्व विकासमा सकारात्मक प्रभाव पार्नसक्ला भन्ने आशा राख्न सकिनेछ । यद्यपि प्रस्तुत अवस्थालाई नै शैक्षिक मूल्यमान्यताको उच्चतम विन्दु वा उत्पादकत्वको केन्दविन्दु भने कदापि पनि मान्न सकिँदैन । किनकि व्यक्तिले हासिल गरेको शैक्षिक उपलब्धिले सम्बद्ध समूहको जीवनोपयोगी सकारात्मक लक्ष्यहरूको गन्तव्यमा के–कस्तो प्रभाव पार्छ मूल प्रश्नलाई खुट्टाएपश्चात् प्राप्त हुन आएका नतिजाहरूले उपरोक्त शैक्षिक गन्तव्यहरू उत्पादनमूलक वा गैरउत्पादनमूलक रहेको छ भन्ने कुराको निक्र्योल गर्नेछ भन्ने तथ्यलाई अन्यथा लिन मिल्दैन ।
जसको विकासबाट तोकिएको निर्धारित समय–सीमाभित्रमा दिइएको जिम्मेवारी पूरा गर्न सम्बद्ध समूह कत्तिको जिम्मेवार रहन्छन् भन्ने कुरालाई केलाएर हेरिनुपर्ने हुन्छ । जुन यस्तो शैक्षिक कडी हो जसले भविष्यका कर्णाधार समूहलाई लक्ष्य प्राप्तिको मार्गमा अग्रसर रहनुका साथै सिर्जनशील अभ्यासहरू स्थापित गर्न सहयोगी भूमिका निर्वाह गर्नेछ भन्दा फरक नपर्ला । साथै शिक्षा विकासको क्षेत्रमा आवश्यक पर्ने शैक्षिक पूर्वाधारलगायतका उत्पादनमुखी दक्ष शैक्षिक जनशक्ति तथा विज्ञ समूहको निमार्णमा अभूतपूर्व सफलता हासिल गर्न उत्पादनमुखी शैक्षिक विकासको सहयात्रा निकै नै लाभप्रद हुने निश्चित छ ।
जसबाट राजनीतिज्ञ, विश्लेषक, साहित्यकार, तथ्याङ्कविद्, नीतिनिर्माता, डाक्टर, इन्जिनियर, पाइलट आदि इत्यादि प्राविधिक तथा शैक्षिक जनसरोकारसँग प्रत्यक्ष वा परोक्ष साक्षात्कार राख्ने जमातको उत्पादन हुने हुँदा राज्यको उत्पादनमुखी शैक्षिक विकासको महायात्रामा आवश्यक पर्ने तत्सम्बन्धी विज्ञजनको बाह्य आयात पूर्णरूपमा ठप्प रहनेछ भन्ने कुरामा हामी कसैको पनि विमति रहन सक्दैन । तत्पश्चात् स्वदेशी मूल्यमान्यतासँग चिरपरिचित शैक्षिक व्यक्तित्व विकासको यात्रामा यस क्षेत्रको भूमिका प्रभावकारी रहने ठम्याई रहेको पाइन्छ । जसको विकासले आधुनिक प्राविधिक शैक्षिक सिपको महत्व एवम् प्राप्त ज्ञानलाई व्यवहारमा उतार्न कुनै प्रकारको कठिनाइ उत्पन्न हुने छैन भन्दा फरक नपर्ला ।
यद्यपि अल्पज्ञानको ऋणात्मक असरको बारेमा समयमा नै सचेत रहन नसक्ने हो भने प्रस्तुत प्रवृत्तिको शैक्षिक लक्ष्यमा समेत गतिरोध उत्पन्न हुन गई सम्भावित शैक्षिक दुर्घटनालाई नकार्न भने मिल्दैन । सहीरूपमा यस तथ्यको उपयोग हुने अवस्था सिर्जना भएमा शैक्षिक रणनीतिक योजना विकासको क्षेत्रमा अग्रगामी छलाङ मार्न सक्षम होइनेछ भन्ने कुरामा विश्वास लिन सकिनेछ ।
कुनै पनि दक्ष जनशक्तिले लक्ष्यअनुरूपको शैक्षिक विकासको यात्रामा आफूलाई समाहित गर्ने क्रममा अवरोधविहीन अध्ययनशीलतालाई निरन्तरता दिने प्रयास गर्ने हो भने निश्चितरूपमा उत्पादनमुखी शैक्षिक विकासको यात्रामा सम्बद्ध समूहले सकारात्मक नतिजा हासिल गर्न सम्भव रहनेछ भन्दा फरक नपर्ला । तथापि मूल समस्याको रूपमा रहेको हाम्रो पठनपाठनको सन्दर्भमा हुन आउने शैक्षिक आलस्यजन्य गतिविधिका अतिरिक्त अराजकताउन्मुख व्यवहारको विकासले उत्पादनको गतिशीलतालाई समेत ह्रासोन्मुख बनाउने गर्छ कि भन्ने त्राससमेत यस क्षेत्रमा यदाकदा सिर्जना नभएको पनि होइन ।
यस विपरीत आधुनिक सञ्चारको अत्यधिक प्रयोगले केही हदसम्म शैक्षिक वृत्तिविकासको क्षेत्रमा सहयोगीको भूमिका निर्वाह गरे पनि अन्ततः नकारात्मक प्रभावस्वरूप उत्पादनमुखी शैक्षिक विकासको यात्रामा अवरोध उत्पन्न गर्न सक्ने सम्भावनालाई मध्यनजर राख्दै समयमै विद्यार्थी, अभिभावक तथा शिक्षक समुदायहरू सचेत रहनु जरुरी भइसकेको छ । तत्पश्चातको अवस्था भनेको प्रभावकारी शैक्षिक उत्पादनमुखी शिक्षा विकासले सम्बद्ध क्षेत्रको उत्पादनको गति अभिवृद्धि गर्ने मात्र नभई खर्चिएको लागत खर्चमा समेतमा न्यूनता कायम राख्ने विश्वास लिन सकिनेछ । जसको प्रभाव शैक्षिक संघसंस्था विशेषमा पनि रहने गर्दछ । साथै, मनोवैज्ञानिकरूपमा शिक्षार्थीको व्यक्तित्वमा समेत सकारात्मक सन्देश उत्प्रेरण गर्न मद्दत पुग्ने देखिन्छ ।
विशेषतः नेपालजस्तो कोरा शैक्षिक ज्ञानका कारण खेर गइराखेको उत्पादनशील जनशक्तिलाई उत्पादनमुखी शैक्षिक विकासको यात्रामा रुपान्तरण गर्दै बढ्दो शैक्षिक बेरोजगारीको दरलाई केहीहदसम्म भए पनि न्यून गर्न सकिने अवस्था प्रारम्भ हुने देखिन्छ । तसर्थ मुलुकका शिक्षालयहरूमा यसको महत्व एवं उपादेयताको बारेमा प्रकाश पार्दै व्यवहारतः लागू गर्नेतर्फ राज्यको ध्यान केन्द्रिकृत रहनुपर्ने हुन्छ । अन्यथा सोही प्रयोजनका लागि बाह्य मुलुकबाट प्रस्तुत प्रवृत्तिका शैक्षिक जनशक्ति भित्र्याउनुपर्ने अवस्था तयार हुने देखिन्छ । जुन निकै नै लाजमर्दो विषय हो ।
कोरा शैक्षिक क्रियाकलापको विकासले केही हदसम्म कागजीरूपमा शैक्षिक तथ्याङ्कको दरलाई उँचो देखाउने चेष्टा गरे पनि समग्ररूपमा भने समस्या खडा गर्नेबाहेक अन्य कुनै उपलब्धिमूलक शैक्षिक गन्तव्यको दिशाबोध हासिल हुन सक्दैन । यो हुनु भनेको राज्यको तत् सन्दर्भमा खर्चिएकोे लगानी बालुवामा पानी हाले सरहको अवस्था मात्रै हो भन्दा अत्युक्ति नहोला । सकारात्मक विचारको प्रवर्द्धनले उत्पादनमुखी शैक्षिक विकासको यात्रामा निरन्तर अब्बल नतिजा प्राप्त गर्न सहयोगीको भूमिका निभाउनेछ । जसको उपलब्धिमूलक नतिजा भन्नु नै सकारात्मक बौद्धिक विकासको क्षेत्रमा परिमाणात्मक सुधारको गति निर्धारण गर्नु हो ।
क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया