नेपालको समृद्धिको साँचो पर्यटन !
काठमाडौं । मानिस स्वभावैले जिज्ञासु हुन्छ । त्यही जिज्ञासालाई शान्त पार्न विभिन्न ठाउँको भ्रमण गर्न चाहन्छ । त्यही मानवीय चाहनाको जगमा नै पर्यटन व्यवसाय अनादि कालदेखि फस्टाउँदै आएको छ । प्रकृति, वातावरण, खोज, भूगोल, ज्ञान, अध्यात्म विकास, संस्कृति आदिको बारेमा मानिसको जान्ने चाहना अनुभूत छ । त्यस्तै, मोजमस्ती, अध्ययन, खेलजस्ता कुराहरू गरी मानिस आफूलाई भुल्न चाहन्छ । यही मानवीय चाहनाको खोजमा आफू हुर्किएको कथा बसेको स्थानबाट एक वर्षभन्दा कम समयका लागि अरू स्थानको भ्रमण गर्नु वा बस्नुलाई पर्यटन भनिन्छ । संसारमा प्राचीन समयदेखि नै पर्यटन प्रचलित र भूगोलको खोज, अध्यात्मको खोज, तीर्थाटनजस्ता कार्यहरू निरन्तर भइराखेका छन् । यसरी भ्रमणमा आउने पर्यटकलाई सेवा पु¥याउने व्यवसाय नै पर्यटन व्यवसाय हो ।
२८.३९४९ं उत्तर तथा ८४.१२४०ं पूर्वको अर्डिनेटमा उत्तरी गोलार्धमा अवस्थित पूर्वपश्चिम फैलिएर उत्तर दक्षिण ढलान भएको झण्डै एक लाख ४२ हजार वर्गलिमा फैलिएको न्यूनतम समुद्री सतहदेखि ५९ मिटर उचाइ भएको देखि उच्चतम ८८४८ मिटरसम्म उचाइ भएको संसारकै शिर सगरमाथा भएको देश नेपाल हो । करिब तीन करोड जनसंख्या भएको र १२३ भन्दा बढी जनजातिले बसोवास गर्ने देश नेपाल हो ।
यो देशमा विश्वका दुई महान धर्महरू हिन्दु र बौद्धको पवर्तन भई दुई धर्मको अनुपम संगालोको रूपमा यो देश रहेको छ । अर्थात् यो देश दुई धर्म र १२३ जनजातिको संस्कृतिको संयोजन भइरहेको एउटा विशाल म्युजियम हो भन्नुमा कुनै अत्युक्ति नहोला । यहाँको जमिनलाई तराई, पहाड र हिमाली क्षेत्रको रूपमा वर्गीकरण गर्न सकिन्छ । तराईमा ट्रोपिकल क्षेत्रमा पाइने सबैखाले प्राणी तथा वन्यजन्तु पाइन्छ भने पहाडमा पनि पहाडीय भू–भागमा पाइने प्राणीहरू तथा वनस्पति पाइन्छ । हिमाली प्रदेशमा टुन्ड्रा क्षेत्रमा पाइने सबैखाले प्राणी तथा वनस्पति पाइन्छ । हिमालयको दक्षिणी मोहोडा परेको क्षेत्र हुनाले यो देश हरियालीले भरिपूर्ण र सुन्दर छ । हिमालबाट बहने ठूला–ठूला नदीहरूले यो देशलाई सिँचित मात्र होइन सुन्दर पनि बनाएको छ । यस खालको वातावरण हुनाले यस देशमा छ वटा नै ऋतृहरू पाइन्छ । धन, वनजंगल, विभिन्न संस्कृति, हिन्दु तथा बौद्ध धर्मको संगमस्थल, विश्वको सर्वोच्च शिखर हिमालयको यो भूमि भौगोलिकरूपमा सानो भए पनि एउटा अद्भूत सम्भावनायुक्त रहेको छ । तर यति सुन्दर देश भएर पनि नेपाल यथोचित मात्रामा पर्यटक भित्र्याउन सक्दैन, तिनको बसाइको अवधि लामो बनाउन सकिरहेको छैन । यो एउटा विडम्बनापूर्ण स्थिति हो । आधिकारिकरूपमा सन् १९५२ देखि सुरु भए पनि हालसम्म नेपाल केवल प्रतिवर्ष सरदर १० लाख पर्यटक भित्र्याउन सफल भएको छ । तर सिंगापुरजस्तो काठमाडौंभन्दा पनि सानो क्षेत्रफल भएको देशले वार्षिक सरदर दुई करोड पर्यटक भित्र्याएर आम्दानी गरिरहेको छ ।
पर्यटन व्यवसायले सफल घरेलु उत्पादनमा केवल छ दशमलव सात प्रतिशत योगदान गरेको छ भने रोजगारी करिब २० प्रतिशतसम्म योग्य जनतालाई दिएको छ । नगन्यरूपमा यसको योगदान हाम्रो अर्थतन्त्रमा रहेको छ । अर्थशास्त्रकै सिद्धान्तका आधारमा हेर्दा पनि नेपालको पर्यटन व्यवसाय सबैभन्दा तुलनात्मक लाभ भएको क्षेत्र हो । यहाँका मठमन्दिरमा पनि हाम्रो पुस्ताको केही लगानी छैन । यहाँको संस्कृति हामीले निर्माण गरेका छैनौँ ।
यहाँका धर्महरू हामीले प्रवर्तन गरेको होइन । यहाँका हिमालहरू नदी तथा जंगलहरू, खोच र गल्छीहरू बनाउन हामीले केही पनि योगदान र लगानी गरेका छैनौँ । तुलनात्मक लाभको दृष्टिले हेर्दा नेपालको पर्यटन अन्य जलविद्युत् र कृषि सम्भावना हुँदाहुँदै पनि नेपालले पर्यटन व्यवसायको विकास गरी आफ्नो अर्थतन्त्रमा ठूलो योगदान गराउन सकेको छैन । सांस्कृतिक पर्यटन, धार्मिक पर्यटन र साहसिक पर्यटन यो देशको प्रमुख व्यवसाय नै हुन सक्छ । त्यसमा खाना, फेसन, स्वास्थ्य र शिक्षा पर्यटनलाई पनि जोड्ने हो भने नेपाल असीमित पर्यटन विकासको लागि चाहिने पूर्वाधारको कमी यस देशमा छ । उचित यातायातको व्यवस्था छैन, ठूला–ठूला हवाईजहाजहरू अवतरण गर्न सक्ने विमानस्थलहरू छैनन् । होटल तथा रिसोर्टजस्ता सुविधाहरू अर्पयाप्त छ ।
तालिमको समस्या छ, नेपालको बारेमा संसारभर प्रचारप्रसार गरिएको छैन । लाटो हिसाब के हो भने एउटा पर्यटकलाई सुविधा दिन चार जना जनशक्ति चाहिन्छ । यदि नेपालले १० वर्षभित्रमा वार्षिक तीन करोड पर्यटक भित्र्याउने लक्ष्य राखी त्यही अनुरुप प्रचारप्रसार गरी आफ्ना पूर्वाधारहरूको निर्माण गरेर अघि बढ्न सक्यो भने ठूलो मात्रामा रोजगारी सिर्जना र विदेशी मुद्रा मात्र आर्जन हुने होइन, समग्ररूपमा नेपालको कृषि तथा घरेलु उद्योगहरूको पनि अभूतपूर्व विकास भई नेपाल छोटो समयमा नै विश्वका विकसित र समृद्ध देशको पंक्तिमा दरिन पुग्छ । यो कुनै कथा होइन । अथक प्रयास गरेमा यो फलिभूत हुन्छ । यसका लागि नेपाल सरकारले बृहत् पर्यटन विकास गुरुयोजना तयार गरी त्यसलाई कार्यान्वयनमा ल्याउनु नै आजको आवश्यकता हो । संक्षेपमा भन्नुपर्दा पर्यटनको विकास नै नेपालको समृद्धिको साँचो हो ।
क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया