Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगपेट्रोल र इलेक्ट्रिकल ब्याट्रीको अन्त्य, नयाँ युगको सुरुवात

पेट्रोल र इलेक्ट्रिकल ब्याट्रीको अन्त्य, नयाँ युगको सुरुवात


काठमाडौं । पाषाण युगको अन्त्यपछि सुरु भएको घुमन्ते मानवहरूको युगदेखि नै अन्य जनावरहरू जस्तै मानिसले आफूलाई प्रयोग गर्न थालिसकेका थिए । त्यतिबेलाका मान्छेले ढुङ्गा घोटेर आगो बनाउनेती आदिम मानवहरूले दाउरालाई ऊर्जाको रूपमा प्रयोग गर्न थालिसकेका थिए । समय विस्तारै बित्दै गयो । ढुवानीका तथा यातायातका साधन र ऊर्जाको प्रयोग सुरु भइसकेको थियो । समय बिस्तारै बित्दै गयो । अर्को वैकल्पिक साधनको हजारौंहजार वर्षसम्म पनि विकास भएन । ईसाको चौथो शताब्दीमा चीनमा कच्चा तेललाई ऊर्जाको स्रोतको रूपमा प्रयोग गर्न थालिएको थियो भन्ने कुरा चीनका पुराना ऐतिहासिक ग्रन्थमा उल्लेख गरिएको पाइन्छ ।

आधुनिक इतिहास हेर्दा १८४७ मा पहिलोपटक पेट्रोलियम पदार्थको उत्पादन भएको भन्ने देखिन्छ । मानिसले आफ्नो यातायात र ढुवानीमा सरलता ल्याउन धेरै कोसिस गरिरहेका थिए । तर सन् १८८६ मा जर्मनीका एक उद्योगपति कार्ल बेन्जले पहिलोपटक पेट्रोलबाट चल्ने गाडीको पेटेन्ट राइट लिई कार निर्माण गरेर देखाए । सो समयदेखि नै हालसम्म लगभग डेढसय वर्षसम्म पेट्रोल, डिजेल, मोबिलजस्ता पदार्थलाई कार, ट्रक, ट्रेन र हवाईजहाजमा अन्धाधुन्द प्रयोग भइआएको छ । यसको प्रयोग दिन दुई गुना रात चौगुणाको दरले बढिरहेको छ । संसारका सबै देशले करिबकरिब आफ्नो जीडीपीको २० देखि २२ प्रतिशत रकम पेट्रोलियम पदार्थको खरिद र प्रयोगमा खर्च गरिरहेका छन् । स्थिति त कस्तोसम्म छ भने पेट्रोलियम पदार्थको प्रयोगले पृथ्वी सारै दूषित भई वायुमण्डलमा कार्बनको प्रतिशत ज्यादै भयावह स्थितिमा पुगेको छ । पेट्रोलियम पदार्थको जलनमा निस्कने कार्बन मोनोअक्साइड, कार्बनडाइअक्साइड, सल्फर, लिडजस्ता पदार्थले मानव स्वास्थ्यमा हानि पु¥याइरहेको छ भने पेट्रोलियम पदार्थको प्रयोगले सारा विश्वको जलवायु नकारात्मकरूपमा प्रभावित भएको छ । ग्लोबल वार्मिङको मारले मानिसहरू आक्रान्त भएका छन् । हिमालय र धु्रवीय ग्लोसियर र पग्लन थालेका छन् । पृथ्वीको तापक्रम बेस्सरी बढेको छ । जाडोमा अलिक जाडो, गर्मीमा अतिगर्मी अनावृष्टि, अतिवृष्टि आँधीबेहरीको प्रकोप अत्यन्त बढेको छ । कतै सुख्खा त कतै पानीको स्थिति देखा परेको छ । समुद्री सतहसँगै रहेका न्युयोर्क, टोकियो, सिड्नी, साघाई, मुम्बईजस्ता सहरहरू र माल्दिभ्सजस्ता देशहरू समुद्रको गर्भमा विलिन हुन सक्ने अवस्था आइसकेको छ । सारा जीव तथा वनस्पतीमा वातावरणीय संकट आई पृथ्वीको प्राकृतिक स्थितिमा नै असर परेको छ ।

यस्तो स्थिति आएपछि संयुक्त राष्ट्र संघको तत्वाबधान र संयोजनमा पृथ्वीको वातावरण बचाई यसलाई फेरि स्वस्थ बनाउन सारा देशहरूले पेरिस प्रोटोकलमा हस्ताक्षर गरे र वैश्विक प्रयासमा पृथ्वीलाई वातावरणीय दुःस्प्रभाव पेट्रोलियम पदार्थ जस्तो हाइड्रोकार्वन बालेर भएको हो भन्ने निक्र्यौल गरी वातावरण नबिगार्ने सोलार, हावा, हाइड्रो ऊर्जाजस्ता साधनहरूलाई अत्यधिक प्रयोग गर्दै हाइड्रोकार्बनमा आधारित ऊर्जालाई केही वर्षभित्रै पूर्ण रूपमा प्रयोग रोक्ने सहमति गरियो । यस सम्मेलनमा सम्मिलित वैज्ञानिकले यातायातका साधनमा प्रयोग हुने पेट्रोलियम पदार्थ नै वातावरण प्रदूषणका प्रमुख कारक तत्व हुने निष्कर्ष निकाले ।

यातायातमा प्रयोग गरिने वैकल्पिक ऊर्जाका स्रोतहरू खोज्ने प्रक्रिया थालियो र यस खोजको परिणामस्वरूप इलेक्ट्रिक भेहिकल नै वातावरणलाई नबिगार्ने उपाय हो भनियो । अब विद्युत्लाई ब्याट्रीमा भेस्ट गाडी, ट्रेनजस्ता तथा अन्य पेट्रोलियम पदार्थबाट सञ्चालित हुने उपकरणमा जडान कार्य थालियो । एलन मस्कले विद्युतीय कार कम्पनी ‘टेस्ला’को स्थापना गरी विद्युतीय कार बेच्न थाले । संसारका धेरै कम्पनीहरूले पनि ब्याट्रीबाट सञ्चालित विद्युतीय कारको उत्पादन तथा बिक्री गर्न थाले । अहिले विद्युतीय कार संसारको ठूलो आकर्षण भएको छ र यसको प्रयोग पनि बढीरहेको छ । तर यो ब्याट्री लिथियम भन्ने अतिमहँगो र मानव स्वास्थ्यको लागि ज्यादै हानिकारक तत्वले बनेको हुन्छ । यसको विसर्जनले गर्दा जमिन प्रकाशित, जमिनमुनिको पानी प्रदूषित, खेतबारी प्रदूषित हुने ठूलो खतरा छ । यही स्थितिलाई ध्यानमा राखेर केही वैज्ञानिकहरूले पानीलाई विद्युत् विच्छेदन गरी हाइड्रोजन प्रदूषित नगर्ने ऊर्जा विकास गरे र यस्ता हाइड्रोजनबाट सञ्चालित यातायातका साधनहरू उत्पादन तथा बिक्री केही वर्षअगाडि मात्र सुरु भयो । तर यो हाइड्रोजन ऊर्जा उत्पादन गर्न असजिलो, विस्फोटन हुन सक्ने अवस्था आएको छ । हुन त संसाभर नै लिथियम, आयोन ब्याट्री प्रयोग भएको विद्युतीय कार र हाइड्रोजन प्रयोग हुने यातायात साधनको उत्पादन र माग लगातार बढिरहेको छ । सबै देशहरू यस्ता यातायातका साधनको प्रयोग गर्ने रणनीतिमा लागेका छन् ।

तर अब कालजयी परिवर्तन हुँदैछ । एउटा अभूतपूर्व ऊर्जामा आधारित यातायातका साधनको विकास भइसकेको छ । अब पेट्रोलियम पदार्थबाट सञ्चालन हुने यातायातका साधनको त के कुरा पूर्णरूपले सञ्चालनमा नै नआइसकेका लिथियम आयोन ब्याट्री, हाइड्रोजन ऊर्जाबाट सञ्चालन हुने यातायातका साधनहरू उत्पादन भई सञ्चालनमा आइसकेको छ । माथि उल्लेखित यातायातका साधनहरू पूर्णरूपले नै निकट भविष्यमा विस्थापित हुनेछ । यो यातायातको साधन कटिङ ऐज टेक्नोलोजी ‘नानो टेक्नोलोजी’मा आधारित छ । यस टेक्नोलोजीलाई ‘नानो फ्लोलेल’ टेक्नोलोजी भनिन्छ । एकातर्फ नुनिलो पानीलाई पोजेटिभली चार्ज र अर्काेतर्फ त्यस्तै नुनिलो पानीलाई नेगेटिभली चार्ज गर्दा पोजेटिभ र नेगेटिभ इलेक्ट्रोलाइट बनाइन्छ । यस्तो इलेक्ट्रोलाइटलाई ‘वाई आयोन’ इलेक्ट्रोलाइट भनिन्छ ।

यातायातको साधनमा रहेको दुई प्याकमा एउटामा पोजेटिभ इलेक्ट्रोलाइट र अर्काेमा नेगेटिभ इलेक्ट्रोलाइट भरिन्छ । त्यस इलेक्ट्रोलाइटलाई यातायातको साधनमा रहेको ‘न्यानो फ्लोलोसेल मेम्मब्रेन’मा छुट्टाछुट्टै पाइपद्वारा पठाइन्छ । त्यहाँ रासायनिक प्रक्रिया भई विद्युत् शक्ति उत्पादन हुन्छ र यातायातको साधनले गति लिन्छ । यो ‘वाइ–आयोन’ ऊर्जाको प्रयोगबाट पानी र अक्सिजन विकारको रूपमा वातावरणमा मिल्छ । जसले वातावरणलाई हानि होइन लाभ पु-याउँछ । यो ‘वाई आयोन ऊर्जा’ प्रत्येक देशले आफैँ उत्पादन गर्न सक्छन् । नानो फ्लोसेल भने कम्पनीले ‘क्यान्टो २५’ भन्ने कार र एसयूभी हालसालै बजारमा ब्याई ‘बाइ–आयोन’ फुल ट्याङ्क गरिसकेपछि दुई हजार किमिसम्मको यात्रा गर्न सकिन्छ । यसको विकास भएपछि पेट्रोल भर्ने र चार्ज गर्ने झन्झटबाट ड्राइभर मुक्त हुन्छ । अब धेरै छिटो पेट्रोलियम पदार्थसँगै इलेक्ट्रिकल ब्याट्री र हाइड्रोजनबाट चल्ने कारको प्रयोग बन्द हुन्छ । यो आजको युगको वास्तविकता हो । नयाँ युगको सुरुवात हो ।


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया