हाम्रा युवा अन्य मुलुकका लागि कहिलेसम्म परिचालित हुने ?
विश्वका विकसित देशहरू पनि नेपाल अहिले गुज्रिरहेको अवस्थाबाट अघि बढेका हुन् । त्यही चरणबाट ती मुलुक पनि गुज्रिएका थिए । आफ्नो देशमा बस्ने वा नयाँ ठाउँमा बसाइँ सर्ने व्यक्तिगत छनोटको विषय हो ।
युवा ः मूल्यवान व्यक्तित्व
युवालाई उच्च मूल्यवान व्यक्तित्व विकासको कच्चा पदार्थ मानिन्छ । यदि तपाईं इच्छित उत्कृष्ट गुणस्तर उत्पादन प्राप्त गर्न चाहनुहुन्छ भने तपाईंले गुणस्तरीय कच्चा मालसँग उच्चस्तरका सामग्री मिश्रण गर्नुपर्छ। अब हामीलाई थाहा छ कि हाम्रो नेपाली युवा पहिले नै राम्रो गुणस्तरको छ र तिनीहरूलाई उत्कृष्ट व्यक्ति बनाउन वा युवालाई उत्कृष्ट व्यक्तित्व विशेषताका साथ तयार गर्न हामीले उनीहरूलाई नैतिक मूल्य भनिने उच्च गुणस्तरको घटकको रूपमा लिइन्छ ।
भावनात्मक अंश किन जागेन ?
भावनात्मक अंश आजका युवामा दिनप्रतिदिन खस्किँदै गएको चर्चा जेष्ठ नागरिक समाजले गर्नुु निकै गम्भीर विषय हो । अभिभावक, शिक्षक र समाज जसरी भए पनि राम्रो अंक ल्याउनमा मात्र केन्द्रित छ । यसको मतलब उनीहरूले युवालाई केवल आईक्युबाट न्याय गरिरहेका छन् । तर यदि हामी भावनात्मक ईक्वी अंशको बारेमा कुरा गर्छौं भने यो युवावस्थामा यो निकै कम छ । अब प्रश्न उठ्छ कि यस्तो किन हुन्छ ? घरका साथै विद्यालय र कलेजमा नैतिक शिक्षालाई हामीले बेवास्ता गरिरहेका अनुसन्धानकर्ताहरू बताउँछन् ।
जिम्मेवार को ?
अब फेरि सोचौं कि यसको जिम्मेवार को हो ? यो अभिभावकको मात्र जिम्मेवारी होइन, शिक्षकलाई मात्र दोष दिन मिल्दैन, नैतिक शिक्षाको माध्यमबाट यसलाई जगाउने हरेक अभिभावक र शिक्षकको साझा कर्तव्य हो । तर परिदृश्य द्रूत गतिमा परिवर्तन हुँदैछ र समाजमा कोही पनि यसप्रति गम्भीर छैनन् । अनि कुनै नराम्रो अवस्था आयो भने आजका युवालाई दोष दिन थाल्छौँ ।
कम्पनीको कुनै पनि उत्पादन खरिद गर्नुभयो र त्यसले चाहेको नतिजा दिइरहेको छैन वा तपाईंको आवश्यकताअनुसार तपाईंको दिमागमा पहिलो कुरा के आउँछ कि यो उत्पादनको निर्माताले राम्रो गुणस्तरको कच्चा पदार्थ प्रयोग गरेको छैन र ? यसमा प्रयोग गरिएका सामग्रीहरू निकै कम स्तरका थिए र यदि उत्पादन सन्तुष्ट हुन्छ । तपाईं हर्षित महसुस गर्नुहुन्छ र कम्पनीको बारेमा प्रचार गर्न थाल्नुभयो … यो कम्पनीले सधैं राम्रो गुणस्तरका उत्पादनहरू बनाइरहेको छ । त्यसोभए हामी युवालाई मात्र किन दोष दिन्छौँ?
बसाइँसराइ ः नैसर्गिक अधिकार
मानिसलाई बसाइँसराइ गर्ने अधिकार छ । यो नैतिक मुद्दा हुनुहुँदैन । हामी सबै व्यक्ति हौं र हामी आफ्नै छनौटहरू गर्छौं । हाम्रो अस्तित्वको प्रारम्भदेखि नै मानिसहरू बसाइँ सर्दै आएका छन् । अफ्रिका छोड्दा पहिलो ठूलो बसाइँसराइ भयो ।
रेमिट्यान्स नेपालको अर्थतन्त्रमा सबैभन्दा ठूलो योगदानकर्ता बनेको छ । सबैभन्दा महत्वपूर्ण कुरा हामीलाई हाम्रा साथीहरू, परिवार, हाम्रो घर छोड्न, विदेशमा यात्रा गर्न, संघर्ष गर्न, कडा परिश्रम गर्न र हाम्रो जीवनमा केही हासिल गर्न सजिलो छैन । नेपाल छाडेर गएका नेपालीले के गर्छन् त्यो गर्न निकै गाह्रो छ । विदेशमा धेरै स्टार्टअपहरू यी स्तरहरूमा अध्ययन गर्ने विद्यार्थीहरूले सुरु गरेका छन् तर हामीकहाँ त्यस प्रकारको इकोसिस्टम छैन ।
कुरा भयो काम भएन
सर्सर्ती समीक्षा गर्दा नेपालमा बेलाबखत सरकारले युवालाई विदेश पलायन हुनबाट रोक्ने कुरा सार्वजनिक भए तर ती व्यावहारिक र व्यवहृत समेत भएनन् । सरकारले खासगरी २०६२÷६३ पछिका सबै सरकारले रोजगारी दिने घोषणा गरे पनि रोजगारी दिन नसकेको बताउँछन् । अघिल्ला सरकारले समेत स्वदेशमै रोजगारीमा प्राथमिकता दिने घोषणा गरेका थिए । तर रोजगारी दिन सकेनन् । वैदेशिक रोजगारीलाई निरुत्साहित गर्दै सरकारले रोजगारी सिर्जनामा प्राथमिकता दिने उद्घोष गरे पनि सरकारको कार्यक्रमको पाना भर्नेबाहेक अरू केही नहुने देखिन्छ ।
श्रम बजारः काहीँ छैन रोजगारी
नेपालमा बर्सेनि श्रम बजारमा पाँच लाख आउँछन्। त्यसमध्ये स्वदेशमा रोजगारी नपाएर तीन चौथाइ वैदेशिक रोजगारीमा जान बाध्य छन् । यसअघिका सरकारले बाध्यात्मकरूपमा वैदेशिक रोजगारीमा जाने अवस्था अन्त्य गर्ने घोषणा गरेको थियो। तर अहिलेसम्म बाध्यतात्मक वैदेशिक रोजगारी अन्त्य गर्न सकेको छैन । सरकारले स्वदेशमा रोजगारी सिर्जना गर्न सक्दा थोरै पारिश्रमिकमा श्रमिक वैदेशिक रोजगारीमा जान बाध्य छन् । सरकारले स्वदेशमा उद्यम गर्न चाहने तथा वैदेशिक रोजगारीमा जाने श्रमिकलाई सिपमूलक तालिम दिन सकेको छैन । जसले गर्दा अदक्ष कामदार वैदेशिक रोजगारीमा जान बाध्य छन् । स्वदेशमा विदेशी नागरिकले अवसर पाइरहेका छन् ।
तथ्याङ्क आफैँ बोल्छ
नेपालको वैदेशिक रोजगार विभागको पछिल्लो तथ्याङ्कमा फागुनमा मात्र कामको खोजीमा ६१ हजार आठ सय ४५ जना नेपाली विदेशिएको देखिन्छ । साथै, मुलुकमा राजनीतिक अस्थिरताले काम गर्ने वातावरण नहुनु सरकारी कामकाजमा ढिलासुस्ती हुनु, सिपयुक्त युवा रोजगारबारे सरकार गम्भीर नहुनुलगायत कारणले विदेशिने युवाको पङ्क्तिमा कत्ति पनि कमी आउन सकेको छैन ।
वैदेशिक रोजगारीका लागि लामबद्ध भएका छन् । सरकारले हरेक दिन आर्थिक समृद्धिको रटान लगाइरहँदा नेपालका गाउँ खाली हुने क्रम बढिरहेको छ । दुःखका साथ भन्नुपर्छ कतिपय गाउँ महिलाका भरमा चलेको छ । गाउँमा विपत्ति हुँदा र मान्छे मर्दा पुरूष मलामी पनि नपाइने अवस्था सिर्जना भइसकेको छ ।
सरकारलाई मात्रै होइन हरेक नेपालीलाई थाहा छ कि विदेशमा श्रम बेचे कामदार मात्रै भइन्छ तर स्वदेशमै पसिना बगाए आफैँ मालिक बन्न सकिन्छ । तर, दुर्भाग्य नेपालमा बसेर केही हुँदैन भन्ने मान्यता अझै पनि हाबी भएको छ । वैदेशिक रोजगार विभागको पछिल्लो तथ्याङ्कअनुसार वार्षिक छ लाख नेपाली युवाशक्ति विदेश पलायन हुने गरेका छन् । युवा विदेशिने क्रममा कमी होइन दिनहुँ बढोत्तरी भइरहेको छ । स्वदेशमा यसको विकल्प नखोज्ने हो भने दशकौँसम्म नेपालीले विदेशमै श्रम बेच्दै दासत्वको जीवन बिताउनुपर्नेमा कुनै द्विविधा छैन ।
विभिन्न तथ्याङ्कका अनुसार नेपालका ७६ लाख मानिस वैदेशिक रोजगारीको लागि भारतदेखि खाडी मुलुक, युरोप, अमेरिका, अस्ट्रेलियासम्म पुगेका छन् । त्यहाँ पुग्नेहरूमा महिला र पुरुष दुवै छन् । पेसाको हिसाबले डाक्टर, इन्जिनियर, पत्रकार, कलाकार, नर्स, विद्यार्थी, शिक्षक, सरकारी कर्मचारीलगायत सबै छन् ।
विश्व बैंक प्रतिवेदन र नेपाल
हालै सार्वजनिक गरिएको ‘विश्व बैंकको प्रतिवेदन २०२३’ अनुसार आप्रवासनले सबै देशको विकास र साझा समृद्धिको शक्तिको रूपमा काम गर्न सक्छ । ८ मेमा नेपालमा सार्वजनिक भएको विश्व विकास प्रतिवेदन २०२३ ः आप्रवासी, शरणार्थी र समाजले आप्रवासीहरूको सिप र सम्बन्धित विशेषताहरू गन्तव्य देशहरूको आवश्यकता र तिनीहरूको आवागमनको उद्देश्यसँग कत्तिको मिल्दोजुल्दो छ भन्ने आधारमा नीति निर्माणलाई मार्गदर्शन गर्न शक्तिशाली ढाँचा प्रस्तुत गर्दछ ।
श्रम आप्रवासन हाम्रो देशको सामाजिक आर्थिक स्थितिको अभिन्न पक्ष भएको छ । नेपाली अर्थतन्त्र धेरैजसो नेपाली युवाहरूले विदेशमा आर्जन गरेको रेमिट्यान्सको जगमा रहेको छ । यस सन्दर्भमा नेपाल सरकार सिर्जना र प्रवद्र्धन दुवै माध्यमबाट जानकार छ । आन्तरिक रोजगारी र वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र नियमित सुनिश्चित गर्ने प्रश्नहरूमा यो केन्द्रित रहेको छ । यसबाहेक, नेपाल सरकार वैदेशिक रोजगारीलाई सूचित विकल्पको रूपमा सुनिश्चित गर्ने बाटोमा छ।
नेपालमा सम्बन्धित मन्त्रालयले सन् २०१५ देखि ‘श्रम आप्रवासन प्रतिवेदन’ प्रकाशन गर्न थालेको छ । प्रतिवेदनको छैठौं पुनरावृत्ति जसले श्रम प्रवासको लागि परिचालन ढाँचा प्रदान गर्ने सम्भावना छ । सुशासन र सम्बन्धित नीतिगत सुधारहरू समेत उल्लेख गरेको छ । प्रतिवेदनमा सरकारका पहलकदमीहरू उल्लेख गरिएको छ । स्थानीय, प्रादेशिक, राष्ट्रिय, द्विपक्षीय, क्षेत्रीय र विश्वव्यापीस्तरमा बहुस्तरीय सुधार प्रयासहरू कार्यान्वयन गर्न नेपालमा सुरक्षित, मर्यादित र व्यवस्थित श्रम आप्रवासनको लक्ष्य के हुनुपर्ने भन्ने बारेमा समेत उल्लेख छ । द्रूतरूपमा परिवर्तन भइरहेको विश्वव्यापी माइग्रेसन ल्यान्डस्केपले माइग्रेसन मुद्दामा थप जटिलता ल्याएको छ ।
‘नेपाल श्रम आप्रवासन प्रतिवेदन २०२२’ ले श्रममा प्रमुख प्रवृत्ति र गतिविधिहरू संक्षेपमा उल्लेख गरेको छ । यो प्रतिवेदन पहिलेका श्रम आप्रवासन रिपोर्टहरूको निरन्तरता हो । कतिपय श्रम गन्तव्यमा नेपाली जनशक्तिको अस्थायी श्रम पलायन भएको छ । रेमिट्यान्सले लाखौंको सामाजिक र आर्थिक विकासमा योगदान पु¥याइरहेको छ, प्रवासी परिवारहरूको ।
प्रतिवेदनले माइग्रेसनलाई अझ राम्रोसँग व्यवस्थापन गर्नुपर्ने आवश्यकतालाई जोड दिएको छ । उत्पत्ति भएका देशहरूले श्रम आप्रवासनलाई आफ्नो विकास रणनीतिको स्पष्ट हिस्सा बनाउनु पर्छ । उनीहरूले रेमिट्यान्स लागत घटाउनुपर्छ, आफ्नो डायस्पोराबाट ज्ञान हस्तान्तरणलाई सहज बनाउनुपर्छ, विश्वव्यापीरूपमा उच्च मागमा रहेका सिपहरू निर्माण गर्नुपर्छ । ताकि नागरिकहरू बसाइँसर्दा राम्रो काम पाउन सकून् ।
सकेसम्म नेपाल नबस्ने किन ?
हाल आएर सकेसम्म नेपालमा नबस्ने सोचाइ अधिकांश नेपालीमा रहेको कटु यथार्थ छ । अधिकांशको मनोविज्ञान ‘यहाँ बसेर केही हुँदैन’ भन्ने ढङ्गको रहेको पाइन्छ । पढ्ने नाममा, घुम्ने नाममा, रोजगारीका लागि अन्य पेसा तथा व्यवसायको लागि भनी विदेश जानेहरूको संख्या डरलाग्दो छ ।
खाडी मुलुकमा जाने मुख्य कारण यो हो कि, लगभग सबै खाडी देशहरूमा, प्रवासीहरू नागरिकहरूको संख्याभन्दा बढी छन् ।नेपालीहरू विदेशमा गएपछि राम्रै कमाइ हुन्छ भन्ने भनाइले पनि धेरै युवा वैदेशिक रोजगारीतर्फ आकर्षित भएका छन् । स्वदेशमै केही गर्नुपर्छ भन्ने सोचाइको न्यूनता, १२ कक्षा पढेपछि विदेश जानुपर्छ भन्ने प्रवृत्तिको विकास, देशभित्रै रोजगारीको न्यून अवसर, बढ्दो महत्वाकांक्षा आदिले गर्दा पनि पछिल्लो समय युवा जगतमा विदेशिने क्रम बढेको हो ।
हालका केही वर्षमा कतिपय युवाले विदेशबाट सिकेर आएको सिपको उपयोग गर्दै नेपालमा नै उद्यम गरेर राम्रो कमाइ गरे पनि छन् । तर त्यस्ता युवालाई प्रोत्साहन गर्ने, पुरस्कृत गर्ने, व्यवसायका लागि आवश्यक सामग्री समयमा नै उपलब्ध गराउनेजस्ता कार्य अझै पनि देशव्यापी हुन नसक्दा केही वर्षमै व्यवसाय छाडेर पुनः विदेशमा जानेहरूको सङ्ख्या पनि उत्तिकै भएको कटु वास्तविकता छ । नेपालमा विसं २०७८ मा गरिएको जनगणनाको नतिजाअनुरूप करिब २१ लाख ७० हजार युवा विभिन्न देशमा रोजगारीका लागि गएका छन् ।
विप्रेषण आप्रवाह सँगसँगै पारिवारिक विखण्डन, सामाजिक एक्लोपन, विप्रेषणको अनुत्पादक क्षेत्रमा प्रयोग, गलत र विदेशी संस्कृतिको प्रयोग, मुलुकमा युवा शक्तिको अभाव, विप्रेषण आयका कारण आयात वृद्धि भई व्यापार घाटा बढ्दै जानेलगायतका समस्या पनि नदेखिएका होइनन् ।
नेपालबाट दक्ष, पेसागत र श्रमिकको विदेशमा बढ्दो पलायनले देशको विकासमा ठूलो खतरा खडा गरेकाले यसले धेरै प्रश्नहरू अनुत्तरित बनाउँछ । के हामी आफ्नो सिप आफ्नै देशमा प्रयोग गर्न सक्दैनौँ ? के हामी आफैँलाई राम्रो बनाउन सिक्दैछौं ?
वैदेशिक रोजगारः खाली भारत र खाडी मात्र हो ?
वैदेशिक रोजगार भन्दैगर्दा हाम्रो मानसपटलमा आउने भारत वा खाडी मुलुक हुन् । तर हाम्रो मस्तिष्कले संसारका विकसित मुलुकमा जानुलाई वैदेशिक रोजगार मान्नको लागि तयार भने भएको छैन । कतार र क्यानडा जाने वा अरब र अमेरिका जानेहरूको बीचमा विभेद अहिले पनि हाम्रो समाजले गरिरहेको देखिन्छ ।
श्रम आप्रवास एक बहुआयामिक र बहु–संरचनात्मक घटना हो, उचित आवश्यकता राष्ट्रिय, क्षेत्रीयस्तरमा विभिन्न निकाय र सरोकारवालाबीचको सहयोग र सहकार्य र सुरक्षित, व्यवस्थित हुनु जरुरी छ । विगतमा नेपाली आप्रवासी कामदारहरू रोजगारीको भर्ना प्रक्रियामा शोषणको शिकार भएका छन् । नेपाल सरकारले सिप विकासका माध्यमबाट आप्रवासी कामदारको पुनः एकीकरणलाई पनि प्राथमिकता दिएको छ ।
‘ब्रेन ड्रेन’ को प्रतिकूल प्रभावहरूलाई कम गर्न, विदेशमा रहँदा आफ्ना नागरिकहरूको सुरक्षा गर्न र समर्थन गर्नुपर्ने हुन्छ । तिनीहरूलाई गन्तव्य देशहरूले आप्रवासनलाई प्रोत्साहन गर्नुपर्छ जहाँ आप्रवासीहरूले ल्याएका सिपहरूको उच्च माग छ, उनीहरूलाई समावेश गर्न सहज बनाउनुपर्छ । उनीहरूका नागरिकहरू माझ चिन्ता उत्पन्न गर्ने सामाजिक प्रभावलाई सम्बोधन गर्नुपर्छ ।
मुलुकले आर्थिक र सामाजिकरूपमा फड्को मार्न पहिले श्रममा विश्वास गर्न सक्नुपर्छ । काम सानो वा ठूलोभन्दा श्रमको सम्मान गर्ने र स्वदेशमा उत्पादन बढाउन लागि पर्नुपर्छ । विदेशमा पनि तलब नपाएर बिचल्लीमा परेका, चर्को श्रम शोषणमा परेका, विदेशमोहले परिवार नै बिगारेका सामाजिक विकृति रहेको दृष्टान्त विदेश पलायनले निम्त्याएका परिणाम हुन् । सरकारले नेपाली श्रमशक्तिलाई स्वदेशमै परिचालन गर्न निकै गम्भीर भएर तत्काल, मध्यम काल, दीर्घकालको नीति एवम् कार्यक्रम गम्भीरताका साथ ल्याउनुपर्ने ढिलाइ गर्ननहुने छ ।
अवसर र संस्कृति, प्रकृतिको अनुपम भूमि हो ः नेपाल
नेपाल अवसर र संस्कृतिको भूमि हो, अन्वेषण नगरिएको, अछुत, महत्वाकांक्षी उद्यमी र नेताहरूको लागि उत्तम माटो । नेपाललाई तपार्इं र हामी चाहिन्छ । हामी निकट भविष्यमा आशा गरौँ जब हामीसँग युवा प्रेरित आर्थिक क्रान्ति, सामाजिक उद्यमीहरूको पुस्ता हुनेछ, नयाँ युगको सुरुवात हुनेछ ।
हरेक वर्ष ठूलो संख्यामा देशका श्रमशील र मेधावी युवा विदेश पलायन हुनुभनेको बाढीले जमिनको माथिल्लो उर्वर माटो बगाएर लैजानुजस्तै हो । निश्चय नै यसरी युवा पलायनको भयावह अवस्था आउनुमा मुख्य जिम्मेवार देशमा विगतमा हुने गरेका बन्द, हड्ताल, तथा उच्चशिक्षा हासिल गरेकालाई देशमै उचित रोजगारी नपाउने अवस्था हो । जसमा अहिले थोरै सुधार देखिए पनि धेरैजसो समस्या हटेका छैनन् । यसरी युवा विदेश जाने बढ्दो क्रम रोक्न स्वदेशमै रोजगारीको ग्यारेन्टी, सबै खालका श्रमको सम्मान र सामाजिक सुरक्षाअन्तर्गत बेरोजगारलाई बाँच्न पुग्ने भत्ताको व्यवस्था गर्नु आवश्यक छ । साथै, यसका सिस्तेमिक समस्याको गम्भीरताको साथ समाधान गर्नु आजको आवश्यकता हो ।
क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4
ताजा अपडेट
- सरकारी खर्चको वर्तमान अवस्था र स्थिति
- नेपालमा नबढेको चिनियाँ पर्यटकको संख्या
- द्वन्द्वपीडितका घाउचोटको छिटो उपचार गर
- राष्ट्रिय गौरवका आयोजनाका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
- बैंकहरूलाई चुनौतीपूर्ण बन्दै निष्क्रिय कर्जा
- धितोपत्र बोर्डको अध्यक्ष चयन प्रक्रिया अन्तिम चरणमा
- सुन र चाँदीको भन्सार दर घट्यो
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया