Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगबढ्न थाले चिनियाँ पर्यटक

बढ्न थाले चिनियाँ पर्यटक


नेपालमा कोभिड–१९ महामारीपछि सुस्ताएको चिनियाँ पर्यटकको आगमन हाल आएर बिस्तारै बढ्न थालेको छ । सो महामारी सुरु हुनुभन्दा पहिले कुल पर्यटक आगमनमा १० देखि १५ प्रतिशतसम्म चिनियाँ पर्यटक देशमा आउने गरेकोमा त्यसपछि भने सुस्ताएको थियो । जबकि सन् २०२३ को पछिल्ला महिनामा चिनियाँ पर्यटक आगमन बढ्न थालेको नेपाल पर्यटन बोर्डले आफ्नो तथ्याङ्कमा जनाएको छ । यसरी गत जुलाई महिनामा पाँच हजार छ सय ९३ चिनियाँ पर्यटक नेपाल भित्रिएका थिए ।

यसर्थ जुलाईमा आएका कुल पर्यटकको संख्यालाई हेर्ने हो भने नौ दशमलव नौ प्रतिशत रहेको थियो । त्यसरी नै सन् २०२२ को जुलाईमा भने एक हजार पाँच सय ९३ चिनियाँ पर्यटकहरू मात्र नेपाल घुम्न आएका थिए । जसरी देशमा जुन, जुलाई र अगस्ट पर्यटकीय सिजनका दृष्टिकोणले अफसिजन मानिन्छन् । सोहीकारण युरोप र अमेरिकी पर्यटक आगमन समेत यो मौसममा घट्ने गरेका छन् । जुन देशको छिमेकी मुलुक भारतमा यो समय अधिक गर्मी हुने भएकाले यो मौसममा धेरै भारतीय नेपाल आउने गरेका छन् । जसलाई पर्यटन व्यवसायीहरूका अनुसार चिनियाँ नागरिकले समेत घुमफिरमा विशेष मौसम हेर्दैनन् ।

सोहीकारण नेपालमा भ्रमणको वातावरण बनाउने हो भने चिनियाँ नागरिकले नेपाल अलसिजन उपयुक्त गन्तव्य हो भन्ने सन्देश प्रवाह गर्न सक्ने पर्यटन व्यवसायीहरू बताउँछन् । जुन चिनियाँ पर्यटक मुलुकमा अफसिजन भएका बेला पनि ठूल्ठूला समूहमा आउँछन् । जसले गर्दा व्यवसायीले राम्रो बिजनेस पनि पाउँछन् । जसमा व्यवसायीका अनुसार भारतीय पर्यटक खानपिनमा बढी रमाउँछन् । जबकि चिनियाँ नागरिक भने घुमफिर र सपिङ तथा पर्यटकीय गतिविधिमा सहभागी हुन रुचाउँछन् ।

गत महिना पोखरामा भएको चिनियाँ ड्रागन बोट रेस फेस्टिभल आयोजना गरिएको थियो । सोअवसरमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलोपटक चीनमा अन्तर्राष्ट्रिय चार्टर्ड उडान गरिएको थियो । जसलेगर्दा चिनियाँ उडान सहजभएको र सीमानाका पनि खुलेकाले चिनियाँ पर्यटकको आगमन बिस्तारै बढिरहेको बोर्डले उल्लेख गरेको छ । जसले गर्दा अपसिजनमा पनि साहसिक पर्यटकीय गतिविधिले निरन्तरता पाउँछन् । अहिले काठमाडौंलाई भारतीयभन्दा धेरै चिनियाँ सहरमा हवाई यात्राले जोडेको छ । यसले भने चिनियाँ पर्यटक बढाउन भूमिका खेलेको व्यवसायीको भनाइ छ ।

चीनबाट नेपालमा आएका विभिन्न महिनाहरूमा पर्यटकहरूको तथ्याङ्कका रूपमा दृष्टिगत गर्ने हो भने जनवरीमा एक हजार चार सय ३६, फेब्रुअरी दुई हजार दुई सय ६६, मार्च दुई हजार छ सय ३५, अप्रिल चार हजार सात सय ७०, मे चार हजार छ सय ६७, जुन चार हजार तीन सय ४३ र जुलाई पाँच हजार छ सय ९३ यसरी सन् २०२३ को सात महिनाको अवधिभित्र नेपाल भित्रिएका पाँच लाख ३४ हजार दुई सय सात पर्यटकहरू रहेका थिए । यसरी जुलाई २०२३ मा आएका जम्मा जम्मी ५७ हजार सात सय २६ पर्यटकसमेत जनवरीदेखि जुलाईसम्म यो संख्यामा पर्यटक नेपाल आएका हुन् । यस जुलाईमा कोभिड–१९ भन्दा अगाडिकै हाराहारीमा पर्यटक आगमन भएको छ । यसको साथसाथै सन् २०१९ को जुलाईमा ५८ हजार आठ सय ११ जना पर्यटक नेपाल आएका थिए । त्यसयताका वर्षहरूलाई भने कोभिड–१९ ले नराम्रोसँग प्रभावित बनाएको थियो । जसलाई सरकारले सन् २०२३ मा १० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ ।

यसरी सात महिनाको पर्यटकको आगमनको तथ्याङ्कले भने यो लक्ष्य पूरा हुने सम्भावना निकै कम हुने देखिएको छ । यसर्थ सरकारको लक्ष्य पूरा गर्न अब प्रतिमहिना एक लाखमाथि पर्यटक आगमन हुनुपर्छ । त्यसरी नै जुलाई २०२३ मा सार्क देशहरूबाट मात्र कुल पर्यटकको ५० प्रतिशत हाराहारी पर्यटक आगमन भएको तथ्याङ्कमा देखिएको छ । त्यसैगरी भारतबाट २१ हजार तीन सय ५७, बंगलादेशबाट दुई हजार छ सय ९४ जना, भुटानबाट आठ सय सात जना, श्रीलंकाबाट चार सय ८४ जना र पाकिस्तानबाट तीन सय ७२ जना पर्यटक यो महिनामा नेपाल भ्रमणमा आएका छन् । त्यसरी नै एसियाका अन्य देशमध्ये चीनपछि दक्षिण कोरियाबाट एक हजार तीन सय ७५ जना पर्यटक आएका छन् ।

त्यस्तै, युरोपेली राष्ट्रमध्ये सबैभन्दा धेरै तीन हजार छ सय ३० जना पर्यटक नेपाल आएका छन् । त्यस्तैगरी अस्ट्रेलियाबाट एक हजार एक सय दुई जना नेपाल आउँदा क्यानडाबाट छ सय ५३ जना नेपाल आएको तथ्याङ्कमा उल्लेख गरिएको छ । यस वर्षको जुलाईमा ५७ हजार सात सय २६ विदेशी पर्यटक नेपाल भित्रिएका छन् भने सन् २०२२ को सात महिनामा कुल ४४ हजार चार सय ६२ विदेशी पर्यटक नेपाल आएका थिए ।

समग्रमा भन्नुपर्दा देशमा चिनियाँ पर्यटकको आगमन बढ्न थालेको छ । सन् २०२३ को पहिलो छ महिना अर्थात् जुनसम्म भारतीय नागरिकपछि दोस्रो स्थानमा अमेरिकी पर्यटकको आगमन थियो । त्यसरी नै सातौँ महिना अर्थात् जुलाईमा भने चिनियाँ नागरिकहरूले अमेरिकीलाई उछिन्दै दोस्रो स्थानमा उक्लिएका छन् । जसको कारण भने चीन सरकारले आफ्ना नागरिक घुम्न जाने देशको सूचीमा नेपाललाई समावेश गरेपछि चिनियाँ पर्यटकको संख्या बढ्न थालेको हो । यसरी गत मार्च १५ तारिखमा चिनियाँ संस्कृति तथा पर्यटन मन्त्रालयले प्रकाशित गरेको सूचीमा नेपाललाई समावेश गरिएको थियो । सोअवसरमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक चीनको छेन्दुबाट अन्तर्राष्ट्रिय चार्टर्ड उडान गरिएको थियो ।

यसरी चिनियाँ उडान सहजभएको र सीमानाका पनि खुलेकाले चिनियाँ पर्यटकको आगमन बिस्तारै बढिरहेको बोर्डले उल्लेख गरेको छ । यसमा पहिलो स्थानमा भारतका नागरिकहरू थिए भने दोस्रो स्थानमा चिनियाँ नागरिकहरू रहेका छन् । फलतः नेपाल पर्यटन बोर्डका अनुसार जुलाईमा सबैभन्दा बढी भारतबाट २१ हजार तीन सय ५७, चीनबाट पाँच हजार छ सय ९३, अमेरिकाबाट पाँच हजार पाँच सय ६१, बेलायतबाट तीन हजार छ सय ३० र बंगलादेशबाट दुई हजार छ सय ९४ पर्यटक नेपाल आएका छन् । अतः समष्टिरूपमा अवलोकन गर्ने हो भने बोर्डका अनुसार सन् २०२३ को सात महिनामा ५ लाख ३४ हजार २ सय ७ विदेशी पर्यटक भित्रिएका छन् ।

त्यसरी नै नेपालमा घुम्न आउने विभिन्न समयमा आएका पर्यटकहरूमा सार्क, एसिया, युरोप, ओसियान, अमेरिका, मध्यपूर्व र अन्यदेशमा क्रमशः प्रतिशतमा ४१.५५,१५.३१, १७.२६, ३.८४, ११.००, १.०३ र ९.२२ रहेको छ । जसलाई कुन मार्गबाट प्रवेश गरेको भनेर हेर्ने हो भने पनि जुलाई महिनामा मात्रै हवाई मार्ग भएर नेपाल भित्रिने पर्यटकको संख्या २९ दशमलव आठ प्रतिशतले वृद्धि भएको छ । यस वर्षको जुलाईमा ५७ हजार सात सय २६ विदेशी पर्यटक नेपाल भित्रिएका छन् भने सन् २०२२ को सात महिनामा कुल ४४ हजार चार सय ६२ विदेशी पर्यटकहरू नेपाल भित्रिएका थिए ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया