मौद्रिक नीति पुँजीबजारमैत्री नहुँदा सेयरबजारमा समस्यैसमस्या
काडमाडौं । पछिल्लो समय सेयरबजारका लगानीकर्ताहरूको मनोबल खस्किएको छ । लगानीकर्ताहरूको सेयरबजारप्रति विश्वास गर्न नसकिरहेको अवस्था छ । नेप्से बढ्न नसकिरहेकोले नेप्सेमा गिरावट आउने गरेको कारणले लगानीकर्तालाई दुःखी बनाइरहेको छ । कतिपय सेयरबजारका विज्ञ विश्लेषकहरूको र स्वयम् लगानीकर्ताको भनाइमा सेयरबजारका नियामक निकायले जारी गर्ने निर्देशन नीतिनियम सेयरबजारमैत्री हुनुपर्छ भनेर भन्ने गरिरहँदा पनि सेयरबजारमैत्री हुन सकिरहेको छैन । जसले गर्दा लगानीकर्ताको मनोबलमा ह्र्रास आउने गरेका छन् । यस वर्ष नेपाल राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीति सेयरबजारमैत्री नभएको कारणले सेयरबजारले अहिलेको अवस्थामा पनि सेयरबजारले गति लिन नसकिरहेको अवस्था छ । अहिले पनि नेप्से १८ सय अंक र २२ सय अंकमा घुमिरहेका छन् भन्दा पनि फरक नपर्ला । विगतमा ३२ सय अंक पार गरिसकेको नेप्से पछिल्लो समयमा २२ सय अंक पनि पार गर्न सकिरहेको छैन । यसले पनि कतिपयको भनाइमा कतै सेयरबजारमा संकट त देखिएको छैन भनेर भन्ने गरिरहेका छन् । सेयरबजारमा उतार चढाव त भइरहन्छ । तर एक हजार अंकको ग्याप हुनुलाई भने लगानीकर्ताले पचाउन सकिरहेका छैनन् । त्यसैगरी यस वर्षको मौद्रिक नीतिको पर्खाइमा बसिरहेका लगानीकर्तालाई मौद्रिक नीतिले निरास बनाइदिएका छन् । यसपालिको मौद्रिक नीतिले सेयरबजारको बारेमा सम्बोधन नै गरेनभन्दा फरक नपर्ला । मौद्रिक नीति जारी भएदेखि नै नेप्सेमा गिरावट आउने गरेका छन् । यसबारेमा नेपाल राष्ट्र बैंकप्रति लगानीकर्ताले असन्तुष्टि जनाइरहेका छन् । खासगरी लगानीकर्ताको असन्तुष्टि भनेको गभर्नरप्रति नै हो ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको २०८०/८१ को मौद्रिक नीति पनि सेयरबजारको लागि हात्ती आयो हात्ती फुस्सा भए । मौद्रिक नीतिले सेयरबजारको लागि सम्बोधन नै गरेन । मौद्रिक नीति सेयरबजारमैत्री आउला भनेर बसेका लगानीकर्ताहरू निराश भए । खासगरी सेयरबजारमा लगानीकर्ताको माग भनेको १२ करोडको क्याप हटाउने र जोखिमको औसत भार १५० प्रतिशतबाट एक सयमा झार्ने मात्र हो । तर दुवै माग सम्बोधन भएन भने साना लगानीकर्तालाई भनेर २५ लाखबाट ५० लाखसम्मको कर्जामा जोखिम भार एक सय प्रतिशत गरेका छन् । यसबाट लगानीकर्ताहरूमा भने सन्तुष्टि नदेखिनुका साथै सेयरबजारमा गिरावट पनि देखियो । त्यसो त मौद्रिक नीतिमा सेयरबजारको लागि त्यस्ता केही नकारात्मक कुरा पनि आएको छैन । सेयरबजारमा मौद्रिक नीति सार्वजनिक भएको भोलिपल्ट नै नेप्सेमा किन गिरावट आयो भन्नेहरू पनि नभएका होइनन् । चार दिनमा नेप्सेमा एक सय अंकको गिरावट आएको थियो । त्यसो त सेयरबजारमा ठूलाबडा लगानीकर्ताहरू सेयरबजारका स्वघोषित सेयरलगानीकर्ताको नेता भन्नेहरूले यसमा भ्रम सिर्जना गरेको जस्तो पनि देखियो । अघिल्लो वर्ष २०७९/८० को मौद्रिक नीति पनि सेयरबजारमैत्री नभएको कारणले सेयरबजारले गति लिन नसकेको हो । यसपालिको मौद्रिक नीति पनि अघिल्लो वर्षकै निरन्तरता मान्न सकिने अवस्था छ । कतिपयको भनाइमा गभर्नर महाप्रसाद अधिकारी सेयरबजार विरोधी बनेकोले यस्तो समस्या आएको हो । महाप्रसाद अधिकारी गभर्नर रहेसम्म सेयरबजारले गति लिन सक्दैन भनेर पनि कतिपयले धारणा बनाउने गरेका छन् । कतिपयले त गभर्नर सेयरबजारको खलनायक नै हो भनेर पनि भन्ने गरेका छन् । यसैगरी अघिल्लो वर्षको मौद्रिक नीति पनि सेयरबजारमैत्री नभएकाले सेयरबजारले गति लिन नसकेको आरोप लाग्ने गरेको छ ।
कतिपय सरोकारवालाको भनाइमा मौद्रिक नीतिको कारणले गएको आर्थिक वर्र्ष २०७९/८० मा सेयरबजार उत्साहजनक रहेन । सेयरबजारले त्यस्तो केही कमाल गर्न सकेन । सेयरबजार औसत नै रह्यो । गएको आर्थिक वर्षको पहिलो दिन नेप्से २००९ अंकमा थियो भने आर्थिक वर्षको अन्तिम दिन नेप्से २०९७ अंकमा बन्द भएको थियो । आर्थिक वर्ष २०७९/८० मा नेप्से १८ सय अंक र २२ सय अंकमा नै घुमिरहेको थियो । यस वर्ष नेप्से बढीमा २२७७ अंक र घटेको मा १८०७ दशमलव ५३ अंकसम्ममा झरेको देखिन्छ । यो वर्षभरिमा नेप्से बढ्नेमा भन्दा पनि घट्ने क्रम नै चलिरह्यो । यस वर्ष नेप्से एक दिनमा ९२ अंकसम्म बढे भने ६० दशमलव ७५ अंकसम्म घटेको देखियो । कारोबार रकमको कुरा गर्दा एक दिनमा लगभग सात अर्बसम्म कारोबार गरेको देखिन्छ भने औसतमा दिनमा लगभग दुई अर्बको कारोबार भएको थियो । यो वर्ष कतिपय लगानीकर्ताले कमाए होला भने कतिपय लगानीकर्ताले गुमाएका छन् । त्यसो त सेयरबजारबाट मात्रै सरकारले पुँजीगत लाभकरमा लगभग १७ अर्ब राजस्व गुमाएको सरोकारवालाहरू बताउँछन् । त्यसो त सेयरबजारबाट लगानीकर्ताहरू भने निराश देखिन्छन् । त्यसो त सेयरबजार भनेकै जोखिमको व्यवसाय हो । त्यसो त नो रिक्स नो गेन भनेर पनि भनिन्छ । जहाँ बढी जोखिम हुन्छ त्यहाँ नाफा पनि बढी हुन्छ भन्ने पनि सरोकारवालाको भनाइ रहेको पाइन्छ । त्यसो त यस वर्ष सेयरबजारले गति लिने आाशामा रहेका लगानीकर्ताहरूले सेयरबजारले गति दिन नसकेकोमा निराशा पनि पोख्ने गरेका छन् । ३२ सय अंक पार गरिसकेको नेप्से १८ सय अंकमा झरेको थियो । तर पनि नियामक निकायले खासै ध्यान दिएको पाइएन ।
बजारमा देखिएको आर्थिक मन्दी बैंकमा तरलताको समस्या ब्याजदरमा वृद्धिजस्ता कारणले सेयरबजार बढ्न नसकेको भनाइ पनि सरोकारवालाहरूको छ । तर पनि सेयरबजारका नियामक निकाय भने सेयरबजारमैत्री नभएको कारणले पनि सेयरबजारले पनि सेयरबजार उकालो लाग्न नसकेको जानकारहरू बताउँछन् । खासगरी नेपाल राष्ट्र बैंकको नीति नियम निर्देशन र मौद्रिक नीति खुकुलो र सेयर बजारमैत्री मौद्रिक नीतिमा लगानीकर्ताको माग सम्बोधन नगरेकाले पनि सेयरबजारले गति लिन नसकेको लगानीकर्ताको भनाइ रहेको छ । खासगरी मौद्रिक नीति सेयरबजारमैत्री हुनुपर्छ भन्नेमा कसैको दुईमत नहोला । लगानीकर्ताको लगानी सुनिश्चित हुने मौद्रिक नीति भए मात्र लगानी पनि बढ्ने सरोकारवालाहरू बताउँछन् ।
सेयरबजार उत्साहजनक नभएको बेलामा पनि लगानीकर्ताको आकर्षण भने सेयरबजारमा रहेको देखिन्छ । डिम्याट खातामा आबद्ध हुनेहरूको संख्या नै ५८ लाखभन्दा बढी भइसकेको सरोकारवालाहरू बताउँछन् । त्यसो त धेरैजसो लगानीकर्ताहरू प्राथमिक बजारमा नै सीमित रहेको देखिन्छ । यस वर्षमा पनि थुप्रै कम्पनीहरूको प्राथमिक सेयर निष्कासन भएको कारणले पनि लगानीकर्ताहरू बढेको होभन्दा पनि फरक नपर्ला यस वर्ष थुप्रै हाइड्रोपावर कम्पनीको आईपीओ जारी भएको थियो । खासगरी सिमेण्ट कम्पनी र बीमा कम्पनीको प्रिमियममा आईपीओ सेयर जारी भएको देखिन्छ भने यस यष वर्षको सुरुवाततिर पनि बीमा कम्पनीको प्रिमियममा आईपीओ सेयर जारी हुने देखिन्छ । आर्थिक वर्ष २०७९/८० मा लगभग ४२ वटा कम्पनीले आईपीओ जारी गर्ने सेबोनबाट अनुमति पाएका छन् । यसमा धेरैजसो हाइड्रोपावर कम्पनीहरू नै छन् । हाइड्रोपावर कम्पनीको मात्र लगभग २९ वटा कम्पनीहरूले आईपीओ जारी गर्ने अनुमति पाएको जानकारहरू बताउँछन् । अरूमा लघुवित्त कम्पनीहरू सिमेण्ट कम्पनी र बीमा कम्पनीहरू छन् । प्राथमिक सेयरमा लगानी गर्ने लगानीकर्ता पनि लगभग २५ प्रतिशतको हाराहारीमा रहेका छन्् । त्यसो त लगभग तीन करोड जनसंख्या भएको देशमा ५८ लाखभन्दा बढी त सेयर लगानीकर्ताहरू नै रहेका छन् । अबका दिनको सेयरबजारको यात्रा तय मौद्रिक नीतिले गर्ने छ ।
नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा लगानीकर्ताहरूको मागलाई सम्बोधन गर्ने बताइए पनि मौद्रिक नीति सार्वजनिक गर्दा लगानीकर्ताको मागलाई सम्बोधन नै गरेन । त्यसो त सेयरबजार घट्ने बढ्ने कारणमा विभिन्न रहेका छन् । राजनीतिक खिचातानी सरकार परिवर्तन नेताको अभिव्यक्ति सेयरबजारमा चल्ने गरेको हल्ला बैंकको ब्याजदरमा परिवर्तन आदि इत्यादिले पनि सेयरबजारमा प्रभाव पार्नेगरेका छन् । त्यसो त कतिपय नेता सांसदहरूले सेयरबजारलाई अनुत्पादक क्षेत्र भनेर पनि भन्ने गरेका छन् । पुँजीबजारले देशको लागि पँुजी निर्माण गर्ने गर्छ भन्नेसम्म थाहा नभएकाहरूको पनि कमी छैन यहाँ । यसका लागि सेयरबजारका लगानीकर्ताहरू नै सचेत, सजग र जानकार हुनुपर्छ ।
क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4
ताजा अपडेट
- नागार्जुनमा बाटो मिचेर बनाएको घर भत्काउन आदेश
- नेपाली बजारमा एलजीको नानोसेल टीभी सार्वजनिक
- नेसनल लाइफद्वारा बागमती प्रदेशका सीईओ क्लब सदस्यलाई सम्मान
- इ–सेवाको घर जित्ने विजेता घोषणा हुने
- धनी देशले प्रत्येक वर्ष तीन सय अर्ब अमेरिकी डलर तिर्ने सहमति
- सरकारी खर्चको वर्तमान अवस्था र स्थिति
- नेपालमा नबढेको चिनियाँ पर्यटकको संख्या
- द्वन्द्वपीडितका घाउचोटको छिटो उपचार गर
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया