मर्जरपछिको बीमा व्यवसाय
काठमाडौं । विश्वमा बीमा व्यवसाय धेरै वर्ष अघिदेखि सुरु गरिए पनि नेपालमा विसं २००४ मा नेपाल बैंकले चलानी तथा बीमा कम्पनी स्थापना गरेर यहाँ निर्जीवन बीमा व्यवसाय सुरु गरेको थियो । जुन आज नेपाल इन्स्योरेन्सको नामबाट परिचित भई बीमा व्यवसाय सञ्चालन गरिरहेको छ ।
वि.सं. २०२५ मा नेपालमा राष्ट्रिय बीमा संस्थान स्थापना गरिएपछि यहाँ जीवन बीमा व्यवसाय सुरु भयो । त्यसपछि यहाँ जीवन र निर्जीवन बीमा कम्पनीहरूको संख्या निरन्तररूपले बढ्दै गयो ।
वर्तमान समयमा नेपालमा १९ जीवन कम्पनी र २० निर्जीवन बीमा कम्पनी छन् । जुन नेपाली अर्थतन्त्रका अभिन्न अङ्ग हुन् । तर, भौगोलिक बनावट र विद्यमान बजारको आधारमा यहाँ बीमा कम्पनीहरूको संख्या बढी भएको महसुस गरिएकाले तत्कालीन नेपाल बीमा समिति (हाल नेपाल बीमा प्राधिकरण) ले यिनीहरूको संख्या घटाउन जोड दियो । सुरुमा धेरैजसो बीमा कम्पनीहरूले मर्जर प्रक्रियाको विरोध गरे पनि हाल यो प्रक्रिया जारी छ । केही बीमा कम्पनीहरू मर्जर भएर संयुक्त कारोबार गर्न थालेका छन् भने केही प्रक्रियामा छन् ।
केही वर्षयता बीमा व्यवसाय प्रवद्र्धनका लागि यहाँका बीमा कम्पनीहरूको चुक्ता पुँजी बढाउनुपर्ने महसुस गरियो । तसर्थ, यहाँको बीमा व्यवसायको वर्तमान अवस्थालाई दृष्टिगत गरी नियमन निकायको रुपमा रहेको नेपाल बीमा प्राधिकरणले यहाँका जीवन तथा निर्जीवन बीमा कम्पनीको चुक्ता पुँजी बढाउने निधो गरी नीति बनायो । जसअनुसार यहाँको प्रत्येक जीवन बीमा कम्पनीको चुक्ता पुँजी दुई अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनी प्रत्येकका एक अर्ब रुपैयाँ हुनुपर्ने अवस्था ग-यो । परन्तु, उक्त चुक्ता पुँजीहरू कम भएको महसुस गरी हाल जीवन बीमा कम्पनी प्रत्येकले पाँच अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनी प्रत्येकले दुई अर्ब ५० करोड रुपैयाँ पु-याउनुपर्ने भएको छ । जसअनुसार केही बीमा कम्पनीहरू मर्ज भई संयुक्त कारोबार गर्न थालेका छन् भने केही मर्ज हुने प्रक्रियामा तल्लीन छन् ।
वस्तुतः जीवन तथा निर्जीवन बीमा कम्पनीहरूलाई मर्ज गर्न सहज नभए पनि हालसम्म १२ निर्जीवन कम्पनी छ वटामा कायम हुने गरी मर्जर प्रक्रियामा छन् । जसमध्ये ८ निर्जीवन बीमा कम्पनी चार वटामा कायम भई एकीकृत कारोबार सुरु गरेका छन् भने चार वटा मर्ज हुने प्रक्रियामा छन् ।
यहाँका जीवन बीमा कम्पनीहरूको सम्बन्धमा नौ कम्पनी चार कम्पनीमा कायम हुने गरी मर्जर प्रक्रियामा सहभागी भएका छन् । सबै जीवन तथा निर्जीवन बीमा कम्पनीहरू मर्ज भएपछि यिनीहरूको संख्या १४/१४ हुनेछ । माथि उल्लेख गरेकोबाहेक अन्य बीमा कम्पनीहरू मर्ज हुने प्रक्रियामा भएकाले भविष्यमा यहाँका जीवन तथा निर्जीवन कम्पनीहरूको संख्या अझ घट्ने छ ।
केही वर्षअघि यहाँ जीवन तथा निर्जीवन बीमा कम्पनीहरूको संख्या ह्वात्त बढेकाले यिनीहरूबीच अस्वस्थ प्रतिस्पर्धा भएको थियो । यिनीहरू यतिबेला सहर केन्द्रित मात्र नभएर सीमित क्षेत्रमा सीमित व्यवसाय गर्न थालेका थिए । केहीले त अरूको भन्दा सस्तो (मूल्यमा समेत बीमा व्यवसाय सञ्चालन गर्न थालेका थिए । जसको फलस्वरूप विदेशी पुनर्बीमा कम्पनीले यहाँका जलविद्युत् आयोजनाहरूको पुनर्बीमा गर्न डराए । फलतः नेपाल बीमा प्राधिकरणले जलविद्युत् आयोजनाको लागि न्यूनतम मूल्य नै तोक्न प-यो । जुन विगतमा यहाँ भएको अस्वस्थ प्रतिस्पर्धाको एक उदाहरण हो । बीमा कम्पनीहरूको मर्जरपछि यस्तो अस्वस्थ प्रतिस्पर्धा हुने सम्भावना कम छ ।
मर्जरपश्चात् जीवन बीमा कम्पनी तथा निर्जीवन बीमा कम्पनीहरूको चुक्ता पुँजी, बीमा कोष, जगेडा कोषलगायत अन्य आर्थिक सूचकाङ्कहरूको आकार बढेको छ । जसको कारण उक्त कम्पनीहरूले भविष्यमा बहुआयामिक फाइदाहरू प्राप्त गर्न सक्छन् । तर, यसका लागि सम्बन्धित जीवन तथा निर्जीवन बीमा कम्पनीका कर्मचारीहरू इमान्दार हुन जरुरी छ ।
वास्तवमा कुनै पनि जीवन तथा निर्जीवन बीमा व्यवसाय सफलतापूर्वक सञ्चालन गर्न महत्वपूर्ण भूमिका खेल्छ । विगतमा यहाँ बीमा व्यवसाय बढ्दा विद्यमान जीवन तथा निर्जीवन बीमा कम्पनीहरूको चुक्ता पुँजी कम भएकाले चाहेर पनि विभिन्न व्यवसायहरू सञ्चालन गर्न सकिएन । परन्तु, अहिले यिनीहरूको चुक्ता पुँजी वृद्धि भएकाले इच्छा लागेका व्यवसाय सञ्चालन गर्न सकिन्छ ।
हाल नेपालमा जीवन तथा निर्जीवन बीमा कम्पनीहरूको पहुँच सबै जिल्लामा पुगेको छ भने अभिकर्ताहरूको पहुँच सबै स्थानीय तहमा पुगेको छ । विगतमा बीमा कम्पनीहरूको पुँजीगत खर्च पर्याप्त हुन नसक्नाले दुर्गम स्थानहरूमा बीमा सेवा तथा अभिकर्ताहरूको पहुँच खासै बढ्न सकेको थिएन । तर मर्जरपछि यिनीहरूको पुँजी बढेकाले पहुँच पनि बढेको छ ।
कुनै पनि जीवन या निर्जीवन बीमा कम्पनीले आफूले लिएको सम्पूर्ण जोखिम आफैँ बहन गर्न सक्दैन । वास्तवमा बीमाको सिद्धान्तअनुसार उक्त कम्पनीहरूले सबै जोखिम आपूmले बहन गर्न हुँदैन । मर्जरपछि यहाँका जीवन तथा निर्जीवन बीमा कम्पनीहरूको जोखिम बहन गर्ने क्षमता बढेकाले यिनीहरूले पुनर्बीमा कम्पनीलाई हस्तान्तरण गर्नुपर्ने जोखिमको अनुपात घटाउन सकिन्छ । त्यसैले भविष्यमा यहाँको बीमा व्यवसाय फस्टाउन सक्छ । यति मात्र नभई एकातर्फ नेपाली बीमा व्यवसायप्रति विदेशी पुनर्बीमा कम्पनीहरूको विश्वास बढ्छ भने अर्कोतर्फ पुनर्बीमामार्फत बाहिरिने रकम रोकिने हुँदा यहाँको अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पर्छ ।
विगतमा विदेशी पुनर्बीमा कम्पनीहरू नेपाली बीमा कम्पनीहरूको पुनर्बीमा गर्न हिचकिचाउँथे किनभने बीमा व्यवसाय सञ्चालनका लागि नेपाललाई जोखिमयुक्त मानिन्थ्यो । परन्तु, आजकाल यहाँका जीवन तथा निर्जीवन बीमा कम्पनीहरूको चुक्ता पुँजी बढेकोले जोखिम बहन क्षमता पनि बढेको छ । तसर्थ, भविष्यमा विदेशी पुनर्बीमा कम्पनीहरूको यिनीहरूप्रति विश्वास बढ्नेछ ।
कुनै दुई वा दुईभन्दा बढी जीवन वा निर्जीवन बीमा कम्पनीहरू मर्ज भएपछि वित्तीय सूचकहरू बढ्छन् । योबाहेक विभिन्न बीमा कम्पनीहरूमा विभिन्न क्षमता भएका कर्मचारीहरू कार्यरत हुनाले उनीहरूले मर्जरपछि एकै ठाउँमा बसेर अनुसन्धानात्मक तथा अन्य कामहरू गर्ने अवसर पाउँछन् । जसको कारण भविष्यमा बीमा व्यवसाय प्रवद्र्धनका लागि नयाँ जोस तथा जागर जागृत भई स्थानीय जनताले आफ्ना मागअनरूप सेवा पाउनेछन् । यति मात्र नभई उनीहरूको जीवन तथा निर्जीवन बीमा कम्पनीहरूप्रति आस्था एवम् भरोसा बढ्नेछ ।
विगतमा यहाँका जीवन तथा निर्जीवन बीमा कम्पनीहरूले आफ्ना लगानीयोग्य पुँजीको धेरै अंश विभिन्न बैंकहरूको मुद्धति खातामा संकलन गर्दै आएका छन् । वास्तवमा बीमा जोखिमयुक्त व्यवसाय भएकाले कम्पनीहरूले चाहेर पनि अन्य क्षेत्रमा लगानी गर्न तत्पर हुँदैनन् । किनभने उक्त कम्पनीहरूमा दाबी गर्ने कुनै पनि व्यक्तिलाई यथाशीघ्र भुक्तानी दिन सक्नुपर्छ । यसो गर्न सकेमा उक्त कम्पनीहरूप्रति जनविश्वास बढ्नेछ ।
वर्तमान समयमा नेपालका जीवन तथा निर्जीवन बीमा कम्पनीहरूका चुक्ता पुँजी, बीमा कोष आदि बढेकोले भविष्यमा पूर्वाधार विकास, घरजग्गा खरिद आदिमा लगानी गरी आयआर्जन बढाउन सक्छन् । यति मात्र नभई लगानीकर्ताहरूले पाउने प्रतिफलको साथै बीमितले पाउने बोनस सेयर पनि बढाउन सकिन्छ ।
यथार्थतः यहाँका जीवन तथा निर्जीवन कम्पनीहरूले नविनतम सूचना प्रविधिको प्रयोगबाट बढी फाइदा लिन सक्छन् । तर, यसको लागि बढी लगानी गर्नुपर्ने भएकाले उक्त कम्पनीहरू आजसम्म पनि ग्राहकमैत्री हुन सकेका छैनन् ।
मर्जरपछि यी कम्पनीहरूको चुक्ता पँुजी बढेकाले आगामी दिनहरूमा यिनीहरू ग्राहकमैत्री भई बढी लाभान्वित हुनेछन् । परन्तु यसका लागि सम्बन्धित बीमा कम्पनीका कर्मचारीहरूले नयाँ जोस तथा जागरसहित काम गर्न सक्नुपर्छ । किनभने नेपाल बीमा प्राधिकरणले नीतिगत मार्ग निर्देशन दिने मात्र हो भने कार्यान्वयन गर्ने जिम्मा बीमा कम्पनीहरूको हो ।
क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4
ताजा अपडेट
- एनपिएलको ट्रफी सार्वजनिक
- अष्ट्रेलियाका लागि नेपाली आवासीय राजदूत पदमा चित्रलेखा यादव नियुक्त
- एनपिएलले नेपालको पर्यटन प्रवर्द्धन र युवा प्रतिभालाई उजागर गर्नेछ: प्रधानमन्त्री ओली
- सभामुख घिमिरे र कम्बोडियाका प्रधानमन्त्रीबीच भेट
- नागार्जुनमा बाटो मिचेर बनाएको घर भत्काउन आदेश
- नेपाली बजारमा एलजीको नानोसेल टीभी सार्वजनिक
- नेसनल लाइफद्वारा बागमती प्रदेशका सीईओ क्लब सदस्यलाई सम्मान
- इ–सेवाको घर जित्ने विजेता घोषणा हुने
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया