खनिज नेपाली समृद्धिको अथाह स्रोत
काठमाडौं । नेपाल पृथ्वीको उत्तरी गोलार्धमा अवस्थित पूर्वदेखि पश्चिमसम्म लम्बाइ र उत्तर–दक्षिण चौडाइमा फैलिएको एउटा मुलुक हो । १, ४७, ४३२ वर्ग किलोमिटरमा फैलिएको नेपाल छ वटै ऋतु हुने मनसुनद्वारा वृष्टिपात हुने सुन्दर हराभरा देश हो ।
यो देश दक्षिणमा समुन्द्र सतहदेखि ५८ मिटरको उचाइ छ भने उत्तरमा संसारको सर्वोच्च शिखर सगरमाथा ८८४८ मिटर उचाइमा अवस्थित छ । यही भौगोलिक अवस्थाले गर्दा नेपालमा प्रायः सबै प्रकारका प्राणी तथा वनस्पतिहरू पाइन्छ । विश्वका दुई महान धर्महरू सनातन र बुद्ध धर्मको अनुपम संगम १२३ भन्दा ज्यादा जनजातिको संस्कृति, भाषा, परम्पराहरूले यो देशलाई सुन्दरतम बनाएको छ । करिब–करिव ७७ प्रतिशत भूभागमा चुरे, महाभारत र हिमालयन रेन्जका पहाडहरू अवस्थित रहेको छ । केवल खेतीयोग्य जमिन तराईमा २३ प्रतिशत मात्र छ । सप्तकोशी, सप्तगण्डकी, सप्तकर्णाली, महाकालीजस्ता नदीहरू मात्र होइन, नेपाललाई अरू सानाठूला हजारौँ नदीहरूले सिँचित गरेको छ ।
टिवेटियन प्लेट र भारतीय प्लेटको घर्षणबाट नेपालमा रहेका हिमालहरू पग्लिने क्रममा छन् र परापूर्व कालमा टेनियस सागरबाट हिमालय बन्दा ठूलो ज्वालामुखीको कारणले यहाँको हिमाली तथा पहाडी रेन्जहरूमा बहुमूल्य धातुहरू, पत्थरहरू र अन्य खनिज पदार्थको ठूलो मात्रामा खानीहरू छन् । नाम किटेरै भन्नुपर्दा नेपालमा फलाम, तामा, जस्ता, सिसा, निकेल, भोवाल्टर, टिन मात्र होइन, सुन र चाँदीजस्ता बहुमूल्य धातुहरू पनि छन् ।
त्यस्तै, दूरमालिन, एक्वामाटिन, कवार्ज, फाइनाइटजस्ता पत्थरहरूमा होइम, रुवीजस्ता बहुमूल्य धातुहरू पनि नेपालमा ठूलो परिमाणमा रहेका छन् । यहाँ लाइमस्टोन, फस्फोरस म्याग्नेसाइटजस्ता अधातुहरूको पनि खानीहरू छन् । कोइला, पेट्रोलियम पदार्थ प्राकृतिक ग्यासहरूजस्ता ऊर्जाका पारम्परिक स्रोतहरू पनि यहाँ ठूलो परिमाणमा छ ।
तर नेपाल यस्तो ठूलो खानीहरूको भण्डारले भरिपूर्ण भए पनि हालसम्म उच्च गरिबीयुक्त मुलुकको पङ्तिमा यो एक ठाउँमा आउने गरेको छ । साथै, यो मुलुक बेरोजगारी समस्याले आक्रान्त भएको छ । नेपालीहरू रोजगारीको खोजीमा विदेशिन बाध्य छन् । यहाँका अर्थशास्त्री, नेता तथा पत्रकारहरू समृद्धिको साधनहरू भनेर केवल पर्यटन, जलस्रोत र जैविक विविधता हुन् भनेर औल्याउँछन् । खनिज पदार्थको महत्वलाई पूर्ण बेवास्ता गर्ने गरेका छन् तर वास्तविकता त्यस्तो होइन । खनिज पदार्थको उत्खनन् प्रशोधन तथा निर्यात गर्न सकेमा नेपाल धेरै छिटो समृद्ध हुन सक्छ, शक्तिशाली हुन सक्छ ।
नेपालमा रहेका सबै खानीहरूलाई त एकैपटक उत्खनन् त्यसबाट निस्किएका खानीहरूको प्रशोधन र निर्यात गर्न त नसकिएला तर सुन चाँदीजस्ता बहुमूल्य धातुहरू पेट्रोल र प्राकृतिक ग्यासजस्ता ज्वलनशील पदार्थहरू, एक्वामारिनजस्ता बहुमूल्य पत्थरहरूको खानी सञ्चालन गरी देशको २२ खर्बभन्दा बढीको ऋण तिरी ऋणबाट मुक्त हुन सकिन्छ ।
खर्बौँ खर्ब खर्च हुने पेट्रोलियम पदार्थको आयतलाई पूर्णरूपले प्रतिस्थापन गर्न सकिन्छ । त्यस्तै, नेपाललाई आवश्यक पर्ने सिमेन्ट र फलामजस्ता पूर्वाधार निर्माणका सामग्रीहरू आफैँ निर्माण गर्न सक्षम भई निर्यात समेत गरी ठूलो परिमाणमा विदेशी मुद्रा आर्जन गर्न सकिन्छ । अहिलेको विश्वलाई चाहिने आणविक ऊर्जाको स्रोत युरेनियम नेपालमा प्रशस्त छ, यसलाई नेपालले उपयोग गर्न सक्नु पर्छ । यसको खानी सञ्चालन र निर्यातका लागि विदेशी मित्रराष्ट्रसँग सहकार्य गरी प्रशोधन नै नगरी ओरमात्र मूल्यमा निर्यात गर्ने परिपाटीको स्थापना गर्नुपर्छ । अहिले विज्ञानको कट्री ऐज टेक्नोलोजीलाई चाहिने रेखर अर्थम्याटेरियलको सम्भावना नेपालमा प्रशस्त छ । हालसालै चर्चामा आएको ग्यालियम र जर्मेनीयमजस्ता रेअर अर्थ म्याटिरियलहरू, जस्ता र सिसाका खानीको ठूलो सम्भावना छ । त्यसैले सरकारले यी घातुहरूको अन्वेषण तुरुन्त गर्ने व्यवस्था मिलाउन जरुरी छ ।
देशलाई साँच्चै नै समृद्ध, विकसित बेरोजगारीमुक्त ऋणविहीन बनाउने हो भने सरकार, स्थानीय सरकार, स्थानीय निवासी र उत्खनन्कर्ताहरूको एउटा समूह खडा गरी ऐन, नियम र कानुन बनाई खनिज सम्पदा उत्खनन् प्रशोधन र निर्यात गर्ने संस्थान स्थापना गरी त्यही संस्थानले खनिजको उत्खनन् प्रशोधन र निर्यातको कार्य गर्नुपर्छ । खनिज उत्खनन् बढाउन हुँदैन किनकि यसले देशको राष्ट्रिय सुरक्षा र सम्प्रभुतामा नै असर पर्न सक्छ । अझै ढिलो भएको छैन, यसै वर्षदेखि खनिज पदार्थ उत्खनन् प्रशोधन र निर्यातसम्बन्धी कानुन मात्र होइन उक्त कार्यको थालनी नै गर्नुपर्छ । देश समृद्ध हुन समय लाग्दैन । वर्तमानमा देखिएका बेरोजगारी र ऋणको भार नेपालीहरूको विदेश पलायनजस्ता समस्याको समाधान हुने मात्र होइन देशले निर्माण गर्नुपर्ने रेल, सडक, हाइड्रोपावर स्टेसन, हस्पिटल, विश्वविद्यालयजस्ता भौतिक पूर्वाधारहरूको निर्माण गर्न पनि कुनै आर्थिक समस्या हुने छैन । त्यसैले खनिजलाई नेपाली समृद्धिको अथाह स्रोत मानिएको हो ।
क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4
ताजा अपडेट
- छोराद्वारा बुबाको हत्या
- दाङमा तोरीको उत्पादन बढ्दै
- कपिलवस्तुमा पाटेबाघको छालासहित एक व्यत्ति पक्राउ
- एनपिएलको ट्रफी सार्वजनिक
- अष्ट्रेलियाका लागि नेपाली आवासीय राजदूत पदमा चित्रलेखा यादव नियुक्त
- एनपिएलले नेपालको पर्यटन प्रवर्द्धन र युवा प्रतिभालाई उजागर गर्नेछ: प्रधानमन्त्री ओली
- सभामुख घिमिरे र कम्बोडियाका प्रधानमन्त्रीबीच भेट
- नागार्जुनमा बाटो मिचेर बनाएको घर भत्काउन आदेश
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया