हैकमवाद मुर्दावाद !
काठमाडौं । नेपाली राजनीतिको सुरुवात नै राणा शासनले चलाएको हैकमवादी सामान्तवादी व्यवस्थाबाट भएको हो । राणा शासन अन्त्य गरी शोषण उत्पीडन, अन्याय, अत्याचार र गरिबी उन्मूलन गरी कानुनी राज्य लागू गरी देशलाई समृद्ध र विकासित बनाउने एउटा पवित्र उद्देश्यका लागि भएको थियो । त्यो आन्दोलनमा हजारौँहजार जनताले देशका लागि प्राण आहुति दिई सहिद भएका थिए । देशका लागि प्राण आहुति दिन सक्ने बलीदानी भावना त्यस बेलाका नेता तथा जनतामा थियो ।
जनताको महान् बलीदान र त्यागले प्रजातन्त्र त आयो तर देश काँग्रेस, कम्युनिस्ट, गोरखा परिषद्जस्ता राजनीतिक दलहरूबीच एक आपसको लुछाचुँडीले अस्थिर भयो । शोषण, अन्याय, अत्याचार र गरिबी उन्मूलन गरी देशलाई समृद्ध र विकसित बनाउने दिशातिर कुनै पनि दलहरू लागेनन् । समाज झन्झन् गरिबीको र रसातलतिर मात्र जान लागेन । बरु समाज पनि कांग्रेस, कम्युनिस्ट दलहरूमा विभक्त भए । जसले एउटा ठूलो अस्थिरताको माहोल बन्यो । आफ्नो सत्ता स्वार्थका लागि विदेशीको गुलामी गर्ने प्रवृत्ति बढ्यो । देश नै विघटन हुनेजस्तो भयावह अवस्था देखा प-यो । यस्तो स्थितिमा तत्कालीन राजा श्री ५ महेन्द्रले २०१७ सालमा तत्कालीन कांग्रेस नेतृत्वको सरकारलाई अपदस्थ गरी दलहरूलाई प्रतिबन्ध लगाई शासन व्यवस्था आफ्नो हामा लिए । अनि देशमा उद्योगधन्दाहरू खुलाए । पूर्व–पश्चिम राजमार्गजस्ता ठूलाठूला भौतिक पूर्वाधारको निर्माण कार्य गराई देशलाई समृद्धि र विकासको बाटोमा अघि बढाए भने उनका छोरा श्री ५ वीरेन्द्रले देशको चिनारीलाई विश्वव्यापी बनाउँदा आफ्नै बाबुले सुरु गरेको विकास र समृद्धिको यात्रालाई अघि बढाए । तर यही क्रममा कांग्रेस र कम्युनिस्टहरू भने विकसित भएनन् । बहुदल व्यवस्था आयो तर दलहरू फेरि उही सरकार बनाउने र ढाल्ने त्यसका लागि विदेशी शक्तिकेन्द्र धाउन थाले । देश अविकसित नै रहयो जनता गरिबै रहिरहे । यी दलहरूले समाजवाद, प्रजातन्त्र जे भने पनि देशको विकास र समृद्धितर्फ एक पाइला पनि अघि बढाएनन् । यस्तै, गञ्जागोलको अवस्था र विदेशी षड्यन्त्रको माखेजालमा देश फस्यो ।
देश नै विघटन गर्ने उद्देश्यले गणतन्त्र संघीयता र धर्म निरपेक्षताको खोक्रो अनि विदेशी नारा लिई उनीहरूकै पैसा र हतियारको सहयोगमा तथाकथित सशस्त्र जनयुद्ध माओवादी विदेशी दलालको नेतृत्वमा हजारौँ मानिसको हत्या हुन थाले । यी माओवादी रक्त पिसासुहरूले नेपालका भौतिक पूर्वाधारहरू, उद्योगधन्दाहरू विदेशीको इसारामा ध्वस्त पारी नेपालीहरूलाई आफ्नो थातथलो छोडी विदेश पलायन हुन बाध्य पारे । नेपालमा कृषि उत्पादन तथा औद्योगिक उत्पादनहरू बन्द भए । नेपाल बेरोजगारी अराजकता र गृहयुद्धको दावानलमा फस्यो । देश झन्झन् गरिब र तमाम युवाहरू खाडी या पश्चिमा मुलुकमा रोजगारीका लागि पलायन भए । देशको कृषि उत्पादन ठूलो परिणाममा घट्दै गयो । नेपालीहरू त्यही विदेशी युवाले पठाएको रेमिट्यान्सको आधारमा भारत तथा अन्य देशबाट खाद्यान्न समेत आयात गरी खान बाध्य भए । यो सबै विदेशी इसारामा भएको थियो ।
राजा ज्ञानेन्द्रले सत्ता त छाडे तर तत्कालीन राजनीतिक परिवेशले फेरि उही पुरानो अराजकताको शैली अपनाइरह्यो । देश दिनानुदिन अपनाइरहे । देश दिनानुदिन असफल राष्ट्र भई टाट पल्टिने अवस्थामा पुग्यो । विकास र समृद्धिका नाराहरू समेत सुनिन छोड्यो । राजा ज्ञानेन्द्रले यही अवस्था देखेर अब तीन वर्षभित्रमा शान्ति स्थापना गर्ने र देशलाई विकास र समृद्धिको बाटोतिर लैजाने भनी शासन सत्ता आफ्नो हातमा लिए । तर नेपालमा भएका भारतीय अमेरिकी कांग्रेस, एमाले, माओवादीजस्ता दलहरूलाई भारत र अमेरिकाले दिल्लीमा जम्मा गरी नेपालको स्वाभिमान पहिचान, भौगोलिक अखण्डतालाई मेटाउन १२ बुँदे सम्झौता हस्ताक्षर गर्न लगाई यी दलाललाई संघीयता, धर्म निरपेक्षता र गणतन्त्रजस्तो नरपिचास दलहरूले त्यहीअनुसारको संविधान बनाए । चुनाव गराए, देशको पहिचान भेटाए । हालसम्म त्यही सत्ता परिवर्तनको विकृत र घिनलाग्दो खेल चलिरहेछ । जनताहरू बेरोजगारीको तापले ग्रस्त छन् । लाखौँ युवाहरू विदेशिन बाध्य छन् । देश रेमिट्यान्सको साहारामा खाद्यान्न समेत आयात गरेर बाँचिरहेका छन् । नेपाल संसारका चरम गरिब देशहरूको सूचीमा पर्दछ । सारा नेपालीहरू लाजमर्दो भएका छन् । तर अहिले यी नर पिचास, द्रव्य पिसासु दलका नेताहरू भने बेखबर आफ्नै भ्रष्टाचार र सत्ताको खेलमा चुर्लुम्म डुबेका छन् । देश दिन प्रतिदिन असफल राष्ट्र बन्ने बाटोमा अघि बढिरहेको छ । नेपालमा विकास र समृद्धिको सम्भावना नभएको होइन । जलस्रोत, जैविक विविधता, पर्यटन, खनिजजस्ता अथाह प्राकृतिक स्रोतको भण्डार नेपालमा छ । यसको सदुपयोगबाट नेपाल समृद्ध र विकसित राष्ट्र बनी नेपाली सुखी हुने सम्भावना छ । तर वर्तमान राजनीतिक दलले प्राकृतिक स्रोतहरूको समृद्धिको मियो समेत नसमातेको भयावह अवस्था छ । यस्तो अराजक, भयावह र दुर्व्यवस्थाबाट ऋण पाउन अब सारा नेपालीहरू एकजुट भई यी दलहरू र यिनका नेतालाई पूर्णरूपले तिरस्कृत गर्दै नयाँ खाले राष्ट्रवादी राजनीतिक समीकरण बनाई देशलाई समृद्धि र विकासको बाटोमा अघि बढाउनुपर्छ । अन्यथा नेपाल र नेपालीको अस्तित्व समेत रहँदैन । सबैमा चेतना भया ।
क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4
ताजा अपडेट
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
- दाङमा तोरीको उत्पादन बढ्दै
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया