कृषि क्षेत्रमा घट्दो जीडीपी
काठमाडौं । कृषि नेपालको अर्थतन्त्रको प्रमुख क्षेत्र पनि हो । यसरी नेपाली अर्थतन्त्रको मेरुदण्ड नै कृषि क्षेत्र एक हो । जसले देशको कुल जनसंख्याको ६६ प्रतिशतभन्दा बढीलाई रोजगारी प्रदान गर्दछ । देशको जीडीपीको आकार उपभोक्ता मूल्यमा ५३ खर्ब ८१ अर्ब रुपैयाँ बराबर पुगेको अनुमान छ । यस हिसाबले जीडीपीमा कृषि क्षेत्रको हालको योगदानलाई त्यति राम्रो भन्न नमिल्ने रहेको देखिन्छ । जुन विसं २०४८ सालमा कुल जनसंख्याको ८१ दशमलव २३ प्रतिशत कृषिमा आश्रित थियो । कृषिबाट हटेको जनशक्ति औद्योगिक क्षेत्रमा लाग्नेभन्दा विदेश पलायन भएकाले जीडीपीमा कृषिको योगदान घट्नुलाई राम्रो मान्न नसकिने देखिन्छ । यसरी आर्थिक काममा संलग्न एक करोड ४९ लाख ८३ हजार तीन सयमध्ये सबैभन्दा धेरै कृषि, वन र माछापालन क्षेत्रमा ५७ दशमलव तीन प्रतिशत छन् ।
नेपालमा ३० लाख ९१ हजार हेक्टर खेतीयोग्य जमिन छ । त्यसमध्ये करिब १० लाख हेक्टर बाँझो छ । यसरी कृषि तथा पशुपन्छी मन्त्रालयका अनुसार हाल कृषि पेशामा संलग्न पुरुषको जनसंख्या कुल जनसंख्याको ६० दशमलव दुई र महिलाको संख्या ७२ दशमलव आठ प्रतिशत छ । यसमा कुल गार्हस्थ उत्पादन (जीडीपी) को लगभग २३ दशमव ९५ प्रतिशत अंश ओगटेको छ । यही सन्दर्भमा हेर्दा नेपालको लगभग २८ लाख ९८ हजार ३९ हेक्टर जमिनमा तरकारी खेती मात्र गरिन्छ भने २०७८/७९ को तथ्याङ्कअनुसार ४१ लाख ५३ हजार एक सय ५७ मेट्रिक टन तरकारी भित्रै उत्पादन भएको पाइन्छ । यद्यपि, हालका वर्षहरूमा कृषि क्षेत्र घट्दै गएको छ । जुन जीडीपीको योगदान सन् २००० मा ४० प्रतिशतबाट सन् २०२३ मा २५ प्रतिशतमा झरेको छ । यसर्थ देशको कृषि क्षेत्र खस्किनुमा धेरै कारणहरू रहेका छन् । यी कारणहरूमा अवैज्ञानिक कृषि कर्महरू रहेका छन् भने त्यस्तैगरी मुलुकमा धेरै किसानहरूले अझै पनि परम्परागत कृषि अभ्यासहरू प्रयोग गर्छन् । जुन तरिकाले कृषि कर्म गरेका छन् । त्यो कृषि कर्मले कम उत्पादकत्वको साथसाथै उत्पादनमा ह्रास आएको छ । यसका अलावा उन्नत बीउ, मल र सिँचाइजस्ता आधुनिक कृषि सामग्रीमा पहुँच नहुनुको कारण यस्तो भएको हो ।
त्यस्तै, गरी कृषि विकासको लागि आवश्यक पर्ने पूर्वाधारको अभाव खट्किएको एकातिर छ भने अर्कोतिर देशमा सडक, सिँचाइ नहर र भण्डारण सुविधाको कमजोर नेटवर्क रहेको छ । यस स्थितिले गर्दा किसानलाई आफ्नो उत्पादित विभिन्न फसललाई बजारसम्म पु¥याउन अप्ठ्यारो परेको छ । त्यस्तैगरी किसानहरूले बेचविखन गरेर बचत रहेको अन्नलाई भण्डारण गर्ने समस्या पनि त्यत्तिकै जटिल समस्या रहेको छ । त्यसरी नै बेलाबेलामा हुने प्राकृतिक प्रकोपका कारण कृषि कर्ममा कहिले बाढी, पहिरो खडेरी र भूकम्पजस्ता प्राकृतिक प्रकोपहरूको जोखिम पनि त्यतिकै रहेको छ । यी प्रकोपले बाली र पशुधनलाई नोक्सान पु¥याइरहेको छ । यसरी हुने प्राकृतिक प्रकोपसँग लड्न नेपाल सरकारले सकिरहेको देखिँदैन । यसरी सरसर्ती हेर्ने हो भने कृषि क्षेत्रलाई सहयोग गर्न पर्याप्त काम गर्न सकेको छैन । यसमा कृषि सामग्रीको लागि अनुदान उपलब्ध गराउने, कृषि अनुसन्धान र विकासमा लगानी गर्ने र कृषि उत्पादनका लागि बजार पहुँच प्रदान गर्ने समावेश छ । कृषि क्षेत्रको पतनले देशका लागि धेरै नकारात्मक प्रभाव पारेको छ ।
खाद्य तथा कृषि सङ्गठन (एफएओ) का अनुसार ग्लोबल हंगर इन्डेक्स सन् २०२० मा नेपाल १०७ देशमध्ये ७३औँ स्थानमा छ र यहाँको १८ दशमलव पाँच प्रतिशत जनसंख्या कुपोषित छ । वस्तुतः कृषि उत्पादनमा आएको ह्रासले ग्रामीण परिवारको आय र क्रयशक्ति पनि घटाउँछ । जसले शिक्षा, स्वास्थ्य र अन्य आधारभूत सेवाहरूमा उनीहरूको पहुँचलाई असर गर्छ । दोस्रो, यसले नेपालको आर्थिक वृद्धि र विविधीकरणमा बाधा पु-याउँछ । जसले गर्दा कृषि उत्पादन र सेवाजस्ता अन्य क्षेत्रहरूको लागि कच्चा माल र आगतहरूको मुख्य स्रोत हो । यसले स्वदेशी तथा विदेशी उत्पादनका लागि ठूलो बजार पनि उपलब्ध गराएको छ । तसर्थ, नेपालको कृषि क्षेत्रलाई पुनरुत्थान गरी कुल गार्हस्थ उत्पादन योगदानमा घट्दो प्रवृत्तिलाई उल्टाउन आवश्यक छ । यसका लागि यस क्षेत्रले सामना गरिरहेका बहुविध चुनौतीहरूलाई सम्बोधन गर्ने समग्र र एकीकृत दृष्टिकोण आवश्यक छ । भन्सार विभागका अनुसार नेपालमा पछिल्लो १० महिनामा मात्र लगभग दुई खर्ब रुपैयाँभन्दा बढीको त तरकारी नै आयात भएको छ । जसमध्ये प्याज, आलु, भान्टा, टमाटर, अदुवा विशेषगरी भारतबाट भित्रिने गर्दछ । यसरी समग्रमा हेर्दा नेपालको तरकारी बजार पूर्णरूपमा भारतमै आश्रित भएकोजस्तो देखिन्छ किसानले राम्रो मूल्यभाउ नपाउनु, बिचौलियाको रजगज, बजारीकरणमा मनोमानी वर्तमान अवस्थाको समस्या हो ।
देशमा यस वर्ष तराईमा खडेरी परेको छ । मनसुन सुरु भएसँगै पहाडी जिल्लामा बाढी र पहिरोले विनाशलीला मच्चाउँदा तराईका खेतहरूमा धाँजा परिरहेका छन् । यस वर्ष प्रमुख कृषि बाली धानको उत्पादन घट्न सक्ने आकलन गरिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार धान रोपाइँको मौसम सकिन लाग्दा समेत झन्डै दुई लाख हेक्टर खेतमा अझै रोपाइँ हुन सकेको छैन । मन्त्रालयको भनाइअनुसार साउन २६ सम्म देशका ८७ प्रतिशत खेतमा मात्रै रोपाइँ सकिएको छ । गत वर्ष साउन २८ सम्म ९४ प्रतिशत खेतमा रोपाइँ सकिएको थियो । सामान्यतया साउन मसान्तसम्म धान रोपाइँ हुन्छ । तर धान रोपाइँ जति ढिला भयो उति उत्पादन घट्ने सम्भावना हुन्छ । देशको कुल धान उत्पादनको एकचौथाइ हिस्सा ओगट्ने मधेश प्रदेशका एकतिहाइ खेतमा अझै धान रोपाइँ सकिएको छैन । मधेशका ३२ प्रतिशत खेत अझै बाँझै छन् । मन्त्रालयका अनुसार मधेशको चार लाख एक हजार ६५० हेक्टर खेतमध्ये दुई लाख ७१ हजार ५९० हेक्टरमा मात्रै धान रोपाइँ सकिएको छ । त्यसरी नै पशु धनमा लम्की रोग लागि ५० हजारभन्दा पशुको नाश अर्थात् ५४ अर्बभन्दा बढी नोक्सान भइसकेको अवस्था छ । हाल यस रोगबाट देशव्यापीरूपमा १३ लाखभन्दा बढी पशुहरू संक्रमित भएको सम्बन्धित क्षेत्रले जनाएको छ ।
समग्रमा भन्नुपर्दा नेपाल सरकारको तथ्याङ्कअनुसार पछिल्लो नौ वर्षमा देशको जीडीपीमा कृषि क्षेत्रको योगदान पाँच दशमलव २९ प्रतिशतविन्दुले घटेको छ । जुन कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७१/७२ सम्म जीडीपीमा कृषि क्षेत्रको योगदान २९ दशमलव ३९ प्रतिशत थियो । आव २०७९/८० मा आइपुग्दा त्यो घटेर २४ दशमलव एक प्रतिशत कायम भएको छ । अतः मुलुकमा आर्थिकवर्ष २०७१/७२, ०७२/७३, ०७३/७४, ०७४/७५, ०७५/७६, ०७६/७७, ०७७/७८, ०७८/७९ र ०७९/८० मा क्रमशः २९ दशमलव ३९, २८ दशमलव ४३, २६ दशमलव ८१, २५ दशमलव ६३, २५ दशमलव छ, २५ दशमलव आठ, २५ दशमलव पाँच, २३ दशमलव ९५ र २४ दशमलव एक प्रतिशत कृषि क्षेत्रको जीडीपी रहेको राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको छ । यसमा पनि गैरकृषि क्षेत्रको अंश भने ७५ दशमलव नौ प्रतिशत रहेको छ । जसमा औद्योगिक क्षेत्रको १३ दशमलव नौ र सेवा क्षेत्रको ६२ प्रतिशत रहेको छ । तथापि, समग्रमा हेर्ने हो भने कृषि क्षेत्र लामो समयदेखि देशको अर्थतन्त्रको मेरुदण्डको रूपमा रहेको छ । जसले यसको कुल गार्हस्थ उत्पादनमा महत्वपूर्ण योगदान पु-याइरहेको छ । यसको जनसंख्याको ठूलो हिस्साको लागि जीविका उपलब्ध गराउँदै आएको छ । तर पछिल्ला वर्षहरूमा देशको कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदानमा उल्लेखनीय गिरावट आएको छ । यसले मुलुकको कृषि क्षेत्रमा घट्दो जीडीपीको प्रभावलाई सम्बोधन गर्नका कारणहरू, नतिजाहरू र सम्भावित समाधानहरूको खोजी गर्दछ । यसरी कृषि क्षेत्रमा जीडीपी घट्नुका कारणहरू नेपालको कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको हिस्सा घट्नुमा धेरै कारकहरू रहेका छन् । यद्यपि, देशको जलवायु परिवर्तनको प्रभावको लागि अत्यधिक जोखिममा छ । जसले गर्दा मौसम परिवर्तनले बाली उत्पादन र पशुधनलाई असर पारिराखेको छ । जसले गर्दा बाढी, पहिरो र खडेरीजस्ता बारम्बार प्राकृतिक प्रकोपले खेती कार्यमा बाधा पु¥याउँछ । जसले गर्दा उत्पादन र आम्दानीमा कमी आउँछ ।
क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4
ताजा अपडेट
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
- दाङमा तोरीको उत्पादन बढ्दै
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया