तस्करी व्यावसायिक यात्रा होइन
काठमाडौं । सामान्यतया कानुनले बर्जित गरेको वस्तु, सेवा वा अन्य तत्व विशेषलाई निर्धारित कुनै एक स्थानबाट अन्यत्र स्थानान्तरण गरी बिक्री–वितरण गर्ने प्रपञ्चका सन्दर्भमा जति पनि गैरकानुनी क्रियाकलापहरू हुन आउँछन् । यो नै तस्करीजन्य सीमाभित्रका विषयवस्तुहरू हुन् । अवैध व्यावसायिक स्थानान्तरणको विविध प्रक्रियाअन्तर्गत हवाई, स्थल, जल, पैदलमार्ग वा तत्सँग सन्दर्भित सोही प्रवृत्तिका अन्य गतिविधि समेत यसमा समाविष्ट रहँदै आएको देखिन्छ । तदुप्रान्त सम्बद्ध क्षेत्रमा रमाउन चाहने व्यक्ति वा समुदायले अनधिकृतरूपमा ठूलो मात्रामा आर्थिक लाभ लिन सक्ने अवैध हैसियत सिर्जना गर्ने गरेको यस क्षेत्रका जानकारहरूको बुझाइमा रहेको पाइन्छ । जसमा यही नै वस्तु तथा सेवा वा यकिन परिमाणको मात्रा भन्ने कुनै मापनविन्दु रहेको भने पाइँदैन । विशेषतः अत्यधिक मात्रामा करका दरहरू लाग्ने प्रवृत्तिका वस्तुहरू नै यसमा समाहित रहँदै आएका छन् ।
यद्दपि सामाजिक परिवेशमा बहुमूल्य मानिएको पहेँलो धातु सुन–चाँदी, यूरोनियम, हात–हतियार, वन्यजन्तु तथा तत्सम्बन्धी अन्य वस्तु, लागुऔषध तथा मानव ओसारपसारलगायतका सम्बद्ध मुलुकको कानुनले निषेधित गरेको वस्तुहरूको बिक्री–वितरणमा तस्करहरूको विशेष चासो रहँदै आएको छ । उक्त वस्तुहरूको बिक्री–वितरणपश्चात् प्राप्त हुने आर्थिक लाभका लागि नयाँ र नौलो आधुनिक प्रविधिलाई समेत आत्मसाथ गर्दै जस्तोसुकै गलत हत्कण्डा प्रयोग गरेरै भए पनि आफ्नो गलत अभिष्टको दुनो सोझाउन कुनै प्रकारको कसर बाँकी राख्न तस्करीमा लाग्ने समूह पछि पर्ने छैनन् भन्न सकिन्छ ।
प्रस्तुत क्रियाकलापको विकासले सुरक्षा संवेदनशीलताको क्षेत्रमा निक्कै ठूलो चुनौती एवम् जोखिमको अवस्था सामना गर्नुपर्ने हुन्छ । तथापि मुलुकका अब्बल प्रहरी प्रशासन तथा सुरक्षा निकायलगायत यसमा सरोकार राख्ने समूहले जस्तोसुकै कठिनभन्दा कठिन परिस्थितिमा पनि अपवादबाहेक धेरै हदसम्म यस क्षेत्रमा सफलता प्राप्त गरेका तथ्यलाई सह्रानीय कदमको रूपमा प्रशंसा नगरी बस्न सकिँदैन । जसको प्रमुख कारक तत्व विशेषको रूपमा अर्थसँग सम्बन्धित विषयले नै मुख्य भूमिका खेल्ने गरेको पाइन्छ । जहाँ सहजरूपमा अतिरिक्त आर्थिक लाभ रहन्छ भन्ने तथ्यले महत्व दर्शाउँछ । त्यहाँ प्रलोभनको गति निश्चय पनि अत्यधिक मात्रामा नै रहने गर्छ । प्रलोभन एवम् आर्थिक पक्षको गैरकानुनी समायोजनको गतिशीलताले तस्करीजस्ता अवैध धन्दालाई मौलाउन अवसरजन्य अवस्थाको प्रारम्भभूमि तयार गर्नेछ ।
परिणामतः तस्करी हुनू पूर्ववत अवस्थामा नै प्रलोभन एवम् गैरआर्थिक चरित्रमा रम्न चाहने व्यक्ति वा समूहको आपसी गलत सहकार्यको विकासले सम्बद्ध क्षेत्रमा सहजीकरणको वातावरण पैदा गर्ने गरेकै कारण समस्या उत्पन्न हुने गरेको मात्र हो । अन्यथा प्रहरी प्रशासनले तत्सम्बन्धी गैरकानुनी जालोलाई सहजै हटाउन कुनै प्रकारको कठिनाई झेल्नुपर्ने अवस्था तयार हुने थिएन । जुन भन्सार महसुल तथा राज्यको करबाट बच्नको लागि अपनाउने अवैध आर्थिक पाटोको विषय समेत हो ।
तसर्थ, न्यूनीकरण गर्ने सु–उद्देश्यका साथ राज्यले कथम कदाचित अत्यधिक मात्रामा करयोग्य मानिएको वस्तु तथा सेवाको यकिन गरी राजस्व छुटको रणनीतिलाई व्यवहारतः लागू गर्ने प्रतिबद्धता जाहेर गरे पनि कर छलि गर्न पल्केका समूहले कानुनी बाटोलाई पन्छ्याउने सम्भावना अत्यन्त न्यून रहनेछ । किनकि राजस्व तिरेपछि अतिरिक्त आर्थिक लाभ हुने सम्भावना समेत न्यून रहने हँुदा राजस्वसम्बन्धी अवधारणागत विशेषताले सकारात्मक गति हासिल गर्ने कुरामा सन्देह उत्पन्न हुने देखिन्छ । जसका कारण राजस्व उठतीको क्षेत्रमा ऋणात्मक प्रभाव पर्न जाने सम्भावना अत्यधिक रहनेछ । अन्य वस्तुभन्दा सुन तस्करीको पर्दाफास भएपश्चात् नेपालको साख विश्वजगतको केही हदसम्म भए पनि खुम्चिन गएकाले साख उँचो राख्नकै लागि भए पनि सम्बद्ध क्षेत्रको सञ्जाललाई च्यात्नु जरुरी भई सकेको छ ।
किनकि बढ्दै गएको तस्करीले नागरिक समाजमा असुरक्षाको भावना पैदा गर्नेछ । जब सामाजिक संरचनाभित्र असुरक्षाको अनुभूति रहन्छ तब अपराधको अभिवृद्धि हुने तथ्यगत विशेषताले औँल्याउँदै आएको पाइन्छ । कतिपय अवस्थामा गलत मनसाय भएका व्यक्ति वा समूहले रोजगारीको लागि आकर्षक तलब वा यस्तै अन्य आकर्षण देखाएर तस्करीको क्षेत्रमा सुरुमा समाहित गर्ने तत्पश्चात बलपूर्वक फसाउने सम्भावना रहेकाले समय छँदै सचेत एवम् सतर्क रहनु प्रस्तुत प्रवृत्तिको व्यवहारबाट आफू र आफ्नो समूहलाई सकुशल उद्दार गर्नु सरहको अवस्था हो । यस क्षेत्रमा समूल सुधारको लागि निश्चितरूपमा कठोर कानुनको आवश्यकता पर्ने तथ्यलाई अन्यथा लिन मिल्दैन । प्रचलित कानुनविपरीत अवैधानिकरूपबाट गरिने जुनसुकै प्रकारको तस्करीको दरलाई कानुनबमोजिमको दण्ड व्यवस्थापन गर्न राज्य पक्ष कुनै पनि हालतमा पछि पर्नुहुदैन भन्ने मान्यतालाई व्यवहारतः लागूगर्दा कुनै पक्षलाई काखा र कुनैलाई पाखाको रणनीति भने अवलम्बन गर्नु कानुनको धज्जी उडाउनु मात्र हो । जसले न्याय सम्पादनको क्षेत्रमा लोकतान्त्रिक चरित्रअनुरूपको व्यवहार प्रदर्शन गर्न सक्दैन । किनकि मुलुकमा रहेका सबै पक्षको लागि समान कानुनको अवधारणालाई पालना गर्दै अगाडि बढ्ने चाहनाले मात्र सम्बद्ध क्षेत्रमा सफलता प्राप्त हुने देखिन्छ ।
यसका अतिरिक्त तत्सम्बन्धी क्रियाकलापबाट नागरिक समाजमा पर्ने तथा पर्न सक्ने ऋणात्मक असरका बारेमा सचेतात्मक जानकारीहरू शैक्षिक प्रचार–प्रसारका माध्यमबाट सम्प्रेषण गर्नुपर्ने हुन्छ । जसको सकारात्मक परिणामस्वरूप कुनै कारणवस भवितव्यमा परी प्रस्तुत प्रवृत्तिका समूहमा अबोधरूपमा फस्न सक्ने सम्भावनालाई न्यून गर्न सकिने अवस्था पैदा हुनेछ । जुन सचेतात्मक सूचनामैत्री व्यवहारको विकासबाट मात्र सम्भव रहनेछ ।
गलत मार्गलाई अपनाएर अवैध व्यापारको अत्यधिकताले समाजमा न्यून मूल्यमा सामानहरू उपलब्ध हुने प्रबल सम्भावना रहन्छ । जसले तस्करीमा रहेका समूहलाई क्षणिक आर्थिक लाभ प्राप्त हुने भए पनि उक्त वस्तु तथा सेवाको उत्पादन गर्ने समूह भने अत्यधिक व्यापारघाटाको जोखिममा पर्न सक्ने तथ्यले औँल्याउँदै आएको पाइन्छ ।
जसलाई राजस्व छलिको अर्को पाटो समेत मान्न सकिनेछ । यसबाट स्वतन्त्र प्रतिस्पर्धात्मक बजारीकरणको अवधारणामा गतिरोध सिर्जना हुनेछ । किनकि राजस्वरहित उपलब्ध भएका वस्तुसँग राजस्वसहित उपलब्ध भएका वस्तु तथा सेवाले सहजरूपमा प्रतिस्पर्धा गर्न सक्ने अवस्था पक्कै पनि रहने छैन ।
अतः जीवन क्षणभङ्गुुर हो, भौतिकरूपमा प्राप्त हुने सम्पत्ति निश्चितरूपमा नाशवान रहने हँुदा व्यर्थमा गैरकानुनी धन्दामा आफ्नो स्वअस्तित्वसहितको व्यवसायलाई गुमाउन दिनुहुँदैन । आफूमा जे छ त्यसैमा रमाउन सिक्ने कला नै जीवनको सुन्दर पक्ष हो । तसर्थ, तस्करीजन्य व्यवसाय कुनै पनि हालतमा दिगो व्यावसायिक यात्रा होइन भन्ने तथ्यलाई मनन गर्दै सम्बद्ध क्षेत्रमा समृद्धि देख्नुभन्दा अलग रहनु स्वस्थ्य एवम् प्रतिस्पर्धात्मक व्यवसायलाई बढावा दिनु सरहको अवस्था हो भन्न सकिन्छ ।
क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4
ताजा अपडेट
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
- दाङमा तोरीको उत्पादन बढ्दै
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया