नेतृत्व ग्लोबल साउथ : नयाँ व्यवस्थाको उदय
काठमाडौं । दोस्रो विश्वयुद्धपछि सुरु भएको सोभियत संघ र अमेरिकी शीत युद्ध सन् १९९० असारमा सोभियत संघ १५ वटा राज्यमा विभाजन भएसँगै सकियो । संयुक्त राज्य अमेरिका विश्वको एक मात्र सुपर पावर शक्तिको रूपमा उदायो । अमेरिकी राज्य प्रणाली हात हतियार, विज्ञान र प्रविधि, आर्थिक प्रणाली, अमेरिकी जीवन पद्धति, अमेरिकी सभ्यताले विश्वमा पहिलो स्थान पायो । यसै अवधारणाले गर्दा आफू र आफ्ना समर्थक र पिछलग्गु राष्ट्रहरूलाई समाहित गरी विश्वका सबै मुलुकहरूमा आफ्नो पद्धति र सभ्यतालाई लागू गर्ने दबाब दिने षड्यन्त्र गर्ने बाटोमा लागी आफूलाई विश्वको एकमात्र संरक्षक र विश्वको एकमात्र पुलिस हो भनी प्रमाणित गर्न तिर लाग्यो । संसार एक धुव्रीय भयो । अमेरिकी नेतृत्वको विश्व व्यवस्था संसारमा लागू भयो । यसै कारणले अमेरिका मदमस्त भएर लिविया, इराक, अफगानिस्थान, सिरियाजस्ता देशहरूलाई युद्धको दावानलमा लगेर ध्वस्त पा-यो । आफ्ना अन्तराष्ट्रिय मुद्राकोष, विश्व बैंंक, स्विफटप पद्धति र संयुक्त राष्ट्र संघलाई समेत प्रयोग गरी संसारका सबै राष्ट्रहरूमा नवउदारवादमा आधारित क्रोनी क्यापिटालिजम लागू गर्ने पुकियामा लाग्यो । अन्तरिक्ष विज्ञान सुयना प्रविधि, क्वान्टम कम्प्युटर क्वान्टम, फिजिक्सजस्ता भरिङऐज टेक्नोलोजीमा समेत आफ्नो महारथ प्रगति हासिल गरी अगाडि बढ्न लाग्यो । नाटो देशहरूको विस्तार गरी १५ बाट ३१ देशमा पु-यायो । आफ्ना पिछलग्गु फाइव आइज कन्ट्रिज एकन्डेभियन कन्ट्रिजमा भएको देशहरू, इजराइल, जापान र ताइवानजस्ता देशहरूसँग मिलेर अमेरिका विश्वका विभिन्न देशमाथि षड्यन्त्र, सरकार ढाल्ने, बनाउने र नमानेमा युद्धहरू थोपर्ने कुकार्यमा लाग्यो । आफ्नो सर्वोच्चता सिद्ध गर्न सफल भयो । सारा संसार अमेरिकी नेतृत्वको नर्थ–नर्थ सोलिडारिटीको वर्चस्व कायम भयो । अमेरिकी डलर विश्व व्यापारको मानक र माध्यम भयो । अमेरिकी हुकुमलाई सबैले मान्नैपर्ने अवस्था आयो । नमानेमा युद्ध गरी ती देशहरूलाई ध्वस्त बनाउने नीति अमेरिकाले लियो । अमेरिकाले लिविया, सिरिया, इराकलाई युद्ध गरी ध्वस्त बनायो । यमन साउदी अरेबियाबीच युद्ध गरायो, अफगानिस्तानलाई लामो युद्धमा फसायो । भेनेजुयला, युक्रेनजस्ता देशमा निर्वाचित सरकार गिरायो । चीन, रुस, इरानजस्ता देशहरूलाई आर्थिकसहित बिभिन्न प्रकारका नाकाबन्दी लगायो । यी यसको वैश्विक हालिमुहालीको ज्वलन्त उदाहरणहरू हुन् । संसारका सबै देशलाई आफ्नो नीतिअनुसार झुकाउन सफल भएकोमा ऊ मख्ख प-यो । अब अमेरिकाको वैश्विक वर्चस्वलाई कतै र काहीँबाट पनि चुनौती हुन सक्दैनभन्दा पनि अमेरिका आफूलाई चाहिने कन्जुमर र क्यापिटल गुड्स समेत उत्पादन नगरी केवल हात हतियार मात्र उत्पादन गर्ने राष्ट्रको रूपमा स्थापित भयो । आफ्ना उत्पादित हतियारको माग बढाउन देश–देशबीच वैमनस्यता भड्काउने कार्यमा दत्तचित्त भएर लाग्यो । यही अवस्था नै अमेरिकी वैश्विक एकल प्रभुत्वलाई चुनौती दिने कारक बन्यो । यस्तो अमेरिकी तथा अन्य विकसित राष्ट्रहरूको थिचोमिचो अन्य गरिब राष्ट्रलाई असह्य सावित हुन गयो ।
यही घटनाक्रमको सेरोफेरोमा चीन चुपचाप कन्जुमर र क्यापिटल गुड्सको उत्पादन गर्दै थियो । विज्ञान र प्रविधिको क्षेत्रमा ठूलो अनुसन्धानमा व्यस्त थियो । हात हतियार र अन्तरिक्ष विज्ञानमा आफ्नो उपलब्धि हासिल गर्दै थियो । सधैँसधैँ चीनको अर्थ व्यवस्थाको आकार बढ्दै थियो । सन् २०१३ सम्म आइपुग्दा त चीन विश्वको दोस्रो अर्थव्यवस्था र विश्वको औद्योगिक केन्द्रको रूपमा स्थापित भयो । विज्ञान र प्रविधि क्षेत्रमा पनि अभूतपूर्व विकास ग-यो । क्वान्टम फिजिक्स, क्वान्टम कम्प्युटिङ कम्युनिकेसन, क्वान्टम, स्याटेलाइट, आर्टिफिसियल इन्टिलिजेन्स, फ्युजन न्यूक्लियर रियाक्सन, माइक्रो फिजिक्स, प-याटिङ मेसिन, लर्निङ विग डाटा क्रायोनिक्स, सुपर कम्प्युटर, सुपर कन्डक्टर, म्याकलेम हलोग्राम, भचुअल रियालिटी, एगुमेन्टेड रियालिटीजस्ता कटिङ ऐज टेक्नोलोजीमा अमेरिकालाई पछाडि पा-यो । त्यति मात्र होइन, यी कटिङ ऐज टेक्नोलोजी निर्माणलाई नभई नहुने । रेअर अर्थ म्याटेरियलको संसारको ९० प्रतिशत भण्डार भएको राष्ट्र मात्र होइन रेअर अर्थ म्यारेरियल उत्पादन र प्रशोधन गर्न सक्ने संसारको एक मात्र राष्ट्रको रूपमा आफूलाई संसारसामु प्रस्तुत ग-यो । अन्तरिक्ष विज्ञान, स्टिल्थ टेक्नोलोजी र अत्याधुनिक युद्धक विमान, युद्धतोप र सब मरिन हाइपरसोनिक मिसाइल निर्माणमा अमेरिकालाई समेत पछि पा-यो । ब्रिक्स सांघाईको अपरेसनजस्ता संस्था मात्र खोलेन चीनले, विश्वले सबैभन्दा महत्वाकांक्षी र ठूलो परियोजना वेल्ट एण्ड रोड इन्सीएटीएमजस्ता परियोजना सञ्चालन गरी एक सय ३१ भन्दा बढी राष्ट्रलाई यस परियोजनामा आबद्ध हुन लगायो । चीनले धेरै सहुलियतपूर्ण रूपमा आफ्ना पूर्वाधारको विकास गर्न ठूलाठूला ऋणहरू प्रदान गर्न थाल्यो र हाल पनि दिइरहेको छ । चीनको यस्तो अभियान डेभलपमेन्ट तथा ग्लोबल सेक्युरिटी इन्सिएरिभजस्ता महत्वाकांक्षी परियोजनहरू अगाडि बढाई त्यसमा विश्वका सबैजसो अल्पविकसित तथा मध्यम आय भएका दक्षिण अमेरिकी अफ्रिकी ओसियानिक र एसियाली राष्ट्रलाई समेत रुसको सहयोगमा समाहित गरी ग्लोबल साउथ सोलिडारिटीको अवधारणलाई बल दियो ।
हाल भइरहेका वैश्विक घटनालाई समेत रुसको सहयोगमा समाहित गरी ग्लोबल नर्थ सोलिडारिटी र ग्लोबल नर्थ सोलिडारिटीबीचको शक्ति संघर्षको रूपमा पनि बुझ्न सकिन्छ । संघाईको अपरेसन र ब्रिक्सको बिस्तार बिआरआई, जीडीआई र जीएसआईको मेम्बरसिप राष्ट्रहरूको संख्यामा वृद्धि ग्लोबल साउथ सोलिडारिटीअन्तर्गत आउने राष्ट्रहरूबीचको व्यापारमा डलरमा कारोबार नहुनु अर्थात् डिडलराइजेसनको प्रक्रिया सुरु हुनु पनि ग्लोबल नर्थ सोलिडारिटीमा पर्ने देशहरूलाई ठूलो चुनौती हो । अब त वैदेशिक व्यापारको ५६ प्रतिशतभन्दा बढी व्यापार विन डलर नै भइरहेको तथ्याङ्क त अन्तर्राष्ट्रिय मुद्रा कोषले नै सार्वजनिक गरिसकेको छ । अमेरिकी र नाटो देशहरूले रुसविरुद्धको षड्यन्त्रको उपज नै आजको रुस युक्रेन युद्ध हो । यो युद्धको क्रममा रुसले युक्रेन र उसको मालिक अमेरिकासहित ग्लोबल नर्थ सोलिडारिटीअन्र्तगतको हतियारहरू मात्र नष्ट गरेको छैन । आफ्नो अर्थतन्त्रलाई मजबुत बनाउँदै ग्लोबल साउथ सोलिडारिटी राष्ट्रहरूको सहयोगमा डिडलराइजेसनको प्रक्रियालाई पनि तीव्र गतिमा अगाडि बढाएको छ । अरू त के कुरा भारत जस्तो ढुलमुले देश अर्थात् दुवै सोलिडारिटी राष्ट्रमा नपर्ने देशले पनि रुवल र चाइनिज आएमवीमा कारोबार गरी रहेको छ ।
युक्रेन–रुस हाल चलिरहेको युद्धमा समेत ग्लोबल नर्थ नर्थ सोलिडारिटी राष्ट्रहरूका नेता अमेरिकासहितको सहयोग र समर्थन युक्रेनलाई छ भने चीनको अघोषित नेतृत्वमा रहेको ग्लोबल साउथ सोलिडारिटीमा पर्ने राष्ट्रहरूको सहयोग र समर्थन रुसलाई छ । यी दुई सोलिडारिटी राष्ट्रहरूबीच एउटो ठूलो न्युसिडियस ट्रयाप खडा भइसकेको छ । यसले अर्को विश्वयुद्ध निश्चितरूपमा निम्त्याउँछ अर्थात् तेस्रो विश्वयुद्ध अवश्य हुन्छ भन्ने जनाउँछ । अहिलेको वैश्विक सामरिक आर्थिक विज्ञान तथा प्रगतिको अवस्थालाई सूक्ष्मरूपले विश्लेषण गर्ने हो भने ग्लोबल नर्थ सोलिडारिटीका राष्ट्रहरूको पराजय हुने निश्चित छ । चीनको नेतृत्वमा ग्लोबल साउथ सोलिडारिटीका राष्ट्रहरूको विजय भई चीनको नेतृत्वमा नयाँ विश्व व्यवस्थाको उदय हुनेछ । आफू अल्पविकसित राष्ट्र भएकाले प्रत्येक वैश्विक विवाद तथा संघर्षहरूमा ग्लोबल साउथ सोडिडारिटी राष्ट्रहरूको अवधारणलाई सहयोग र समर्थन गर्नुपर्छ । यो नै नेपालको वैदेशिक नीति हुनुपर्छ । ग्लोबल साउथ राष्ट्रहरूको नेतृत्वमा निकटमै नयाँ विश्व व्यवस्थाको उदय हुँदैछ । यो विश्वको नयाँ वास्ताविकता हो ।
क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया