Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगआन्तरिक रोजगार विकासको प्रभाव

आन्तरिक रोजगार विकासको प्रभाव


काठमाडौं । नागरिक समुदायको दैनिकीका लागि अतिआवश्यक पर्ने गाँस, बास, तथा कपासको सुरक्षित एवम् सुनिश्चितताको प्रत्याभूति प्रदान गर्दै सम्बद्ध मुलुकको क्षमता तथा दक्षताअनुरूपको रोजगारी सिर्जना गरी आय–आर्जन गर्न सहज रहोस् भन्ने प्रबन्धगत प्रक्रियालाई आन्तरिक रोजगारीको नामले सम्बोधन गर्दा त्यति फरक नपर्ला ।

नेपालको परिप्रेक्षमा भन्नुपर्दा श्रम तथा रोजगार नीतिले आन्तरिक तथा राष्ट्रिय रोजगारीको क्षेत्रमा दीर्घकालीन लगानीयोग्य वातावरणको तहगत निर्माण–व्यवस्थापन गर्दै श्रमजीवी समूहका अतिरिक्त उत्पादनशील नागरिक समाजलाई समान कामका लागि समान अवसर प्राप्त हुने अवस्था तयार गरेको छ । जुन रोजगार विकासको सैद्धान्तिक अवधारणा समेत हो । तसर्थः कुनै पनि रीतले कसैको अमूल्य समय खरिद गरेबापत उक्त व्यक्ति वा समूहलाई पारिश्रमिक स्वरूप प्रदान गरिने रकम नै यसको प्रमुख आकषर्णको केन्द्रविन्दु रहने गरेको तथ्यगत विशेषतालाई अन्यथा लिन मिल्दैन ।

जसको पूर्णरूपले अनुशरण एवम् पालना गर्दै लैङ्गिक भेदभावरहित रोजगार विकासको सम्भावनालाई लोकतान्त्रिक अवधारणाअनुरूपको व्यवहारमा रूपान्तरण गर्नु समयको माग हो । प्रस्तुत कदमको विकासबाट अनौपचारिक रोजगारीको अवस्थालाई क्रमबद्धरूपमा औपचारिक रोजगारको रूपमा परिणत सहयोग पुग्ने देखिन्छ । जसले सम्बद्ध क्षेत्रमा नयाँ र नौलो अवसरको सूत्रपात गर्न सहजीकरणको भूमिका निर्वाह गर्नेछ भन्ने विश्वास लिन सकिनेछ ।

कामका लागि रोजगारीको अभावमा नेपाललगायत विश्वको कुनै पनि मुलुकमा दिगो शान्ति समृद्धि तथा नागरिक समाजमा सद्भाव कायम रहन सक्दैन भन्ने तथ्यलाई मनन् गर्दै शान्ति एवम् अमनचैन बहाल राख्नकै लागि भए पनि नयाँ र नौलो रोजगारीको सिर्जना गर्नु आवश्यक भइसकेको छ । परिणामतः आवश्यक रोजगारीजन्य न्यूनताको प्रभावस्वरूप विश्वव्यापीरूपमा बढ्दै गएको आर्थिक पछौटेपनबाट राहत व्यवस्थापन गर्न यस प्रकारका कदमहरू निश्चय पनि कोशेढुङ्गा साबित हुने देखिन्छ । जसले श्रमबजारमा रहेको संकुचनजन्य रोजगारीको अवस्थालाई क्रमशः प्रतिस्थापन गर्दै सम्बद्ध मुलुकको आन्तरिक रोजगारीको मागलाई पूरा गर्ने अवस्था तयार पार्नेछ ।

जसका लागि श्रमको यथोचित पारिश्रमिकको व्यवस्थापन गर्नुका साथै काम गर्ने समयको पनि उचित मापन हुनु जरुरी छ । अन्यथा मानव पुँजीलाई जिम्मेवारी बहन गर्न कठिनाइ उत्पन्न भई जनस्वास्थ्यमा प्रतिकूल असरपर्न जानेछ । विपरीत अवस्था तयार भए गरिबीको असमान वितरणले रोजगारीको चाहना बोकेको समूहमा निराशाका कालाबादलहरू मडारिनेछन् ।

उत्पादनशील युवा रोजगार विकासको क्षेत्रमा प्रस्तुत अवस्था तयार हुनु भनेको आन्तरिक रोजगारी न्यून रहन गएको तथ्यलाई संकेत गरेको बुझ्नुपर्ने हुन्छ । सहजरूपमा यस क्षेत्रको मागलाई मुलुकभित्रबाट नै परिपूर्ति हुन नसक्ने हो भने विकल्पस्वरूप मानिसहरूको आकर्षण वैदेशिक रोजगारीको क्षेत्रमा रहन जाने देखिन्छ । बाह्य रोजगारीको प्रभावलाई यथार्थमा नै विस्थापित गर्न युवा रोजगारमैत्री वातावरणको विकासलाई जोड दिनुपर्ने हुन्छ । जसमा काम गर्न सक्ने क्षमतावान् जनशक्तिलाई एउटै छातामुनि एकीकृत गर्दै समायोजन गर्ने रणनीतिक योजनालाई व्यवहारतः लागू गर्दा परिणामजनक नतिजा हासिल गर्न सकिनेछ ।

जसका लागि दूरगामी प्रभाव पार्ने प्रवृत्तिका रोजगारीका आवश्यक क्षेत्रहरू पहिचान गर्दै सोको सम्भाव्यता अध्ययन तथा विकासलाई राष्ट्रको रोजगारी नीतिमा समावेश गरिनुपर्ने हुन्छ । यस प्रकारका कार्यको विकासले उत्पादनमूलक रोजगारीको सम्भावना विकासलाई सम्भव भए मुलुकभित्रै तयार गर्ने । तत्कालका लागि सो सम्भव नभए अन्तर्र्राष्ट्रिय सहयोगको आदान–प्रदानलाई आत्मसाथ गर्न समेत पछि पर्नु हुँदैन ।

मुलकको अर्थतन्त्र कृषिमा अन्तनिर्हित रहेकै कारण सोमा आधारित उद्यमशीलता तथा स्वरोजगार विकासलाई प्रमुख प्राथमिकतामा राख्दा अत्यधिक लाभ हासिल गर्न सकिने अवस्था प्रारम्भ हुने देखिन्छ । जसले उत्पादनका साथसाथै रोजगारीको अवसरलाई अभिवृद्धि गर्दै गरिबी निवारण गर्ने राज्यको अवधारणागत विकासमा सहयोग पु¥याउनेछ । जुन केही हदसम्म आर्थिक विकास तथा समृद्धिको मूलमन्त्र समेत होभन्दा फरक नपर्ला । निश्चय पनि रोजगारीको उच्च विकास गर्नु भनेको स्वस्थ आर्थिक समुन्नतिको कामना गर्नु सरहको अवस्था हो ।

जसबाट स्वतन्त्र प्रतिस्पर्धात्मक रोजगारमूलक बजार विकासका साथै नयाँ अवसरको उपलब्धता कायम गर्न सघाउ पुग्नेछ । परिणामजनक असर स्वरूप न्यूनरूपमा भए पनि आन्तरिक रोजगारीको क्षेत्रमा रहँदै आएको बेरोजगारीउन्मुख समस्यालाई कम गर्न प्रस्तुत व्यवहारहरू निक्कै नै लाभदायीसिद्ध हुनेछन् । मूलतः उक्त तत्वको अभावका कारण यस क्षेत्रमा सोचेअनुरूपको सफलता हालसम्म पनि प्राप्त गर्न नसकिएको मात्र हो ।

तसर्थः वैदेशिक रोजगारदाता समूहले प्रदान गर्ने सेवा, सुविधा तथा सहुलितको यथार्थ पहिचान गरी सो सरहको सेवा सुविधा मुलुकमा स्थापित रोजगारदाता सेवा प्रदायबाट उपलब्ध गराउने पद्धतीय व्यवहारको विकासले पक्कै पनि कामका लागि मुलुक छाड्ने संस्कृतिको अन्त्य हुने कुरामा कुनै प्रकारको सन्देह रहने छैन । किनभने वैदेशिक भूमिमा पसिना चुहाउनुभन्दा मुलुकको हितका लागि कार्य गर्ने हो भने दुवैपक्ष लाभान्वित हुने देखिन्छ ।

व्याप्त गरिबीका कारण चाहेअनुरूपको कामको आवश्यक व्यवस्थापन मुलुकभित्र हासिल हुन नसक्ने अवस्था नै श्रम पलायनको मूल कारकतत्व विशेष समेत होभन्दा कुनै पनि पक्षलाई अन्याय नहोला । अतः कायमी गरिबी न्यूनीकरणलाई प्रमुख प्राथमिकता राखेर कार्य गर्ने हो भने यस क्षेत्रमा धेरै नै राहतको अनुभूित गर्न सकिनेछ । आन्तरिक रोजगार विकासको मुलभूत लक्ष्य भनेकै उपलब्ध मानव पुँजीलाई आन्तरिकरूपमा नै प्रतिस्पर्धी एवम् मर्यादित बनाउँदै सुरक्षित खपतका लागि तयारी अवस्थामा राख्नु हो  । प्रस्तुत कार्यका लागि सम्भावना बोकेका क्षेत्रहरूको पहिचान गरी सुधारका लागि प्रभावकारी कदम चाल्न अवश्य पनि ढिलो गर्न हुँदैन अन्यथा विदेशिने संस्कृतिलाई कसैले चाहेर पनि रोक्न सक्ने अवस्था पक्कै पनि रहने छैन । तसर्थ, आन्तरिक उत्पादनलाई श्रीवृद्धि गर्दै आयात प्रतिस्थापन, निर्यात अभिवृद्धि तथा नयाँ रोजगारी विकासलाई केन्द्रिकृत गर्दै भावी योजनामा समावेश गर्न राज्य पक्ष कटिबद्ध रहनुपर्नेछ । जुन रोजगार विकासको अवधारणा समेत हो ।

मूलतः प्रस्तुत तथ्यले निश्चय पनि औद्योगीकरणलाई बढावा दिई नयाँ रोजगारका अवसरहरू खोज्नुपर्नेमा जोडदिएको पाइयो । हुन पनि कृषि भूमिको क्षेत्रफल अत्यन्त न्यून रहनु, त्यसमा पनि खण्डीकरणले अत्यधिकता पाएको वर्तमान समयमा मुलुकको समृद्धि तथा आन्तरिक रोजगारको सम्भावना विकासको क्षेत्र भनेको मुलुकमा स्थापित रहेका औद्योगिक समूह नै हुन् । त्यसो भएकाले औद्योगिक समूहमा नै भावी नेपालको रोजगारी विकासको सम्भावनाको भविष्य सुनिश्चित रहेको छ ।


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया