सेयरबजारमा हमालको कमाल
काठमाडौ । पछिल्लो समयमा सेयरबजारमा नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले कमाल गरे भनेर चर्चा चल्ने गरेको छ । तर सेयरबजारलाई गतिशील बनाउन र नेप्सेलाई उकास्नका लागि नभएर प्राथमिक सेयर र हकप्रद सेयर निष्काशनका लागि धमाधम स्वीकृति दिनेमा उनले रेकर्ड राखेका छन् । सेबोनमा रमेश हमाल आएदेखि सेयरबजारमा प्राथमिक सेयर र हकप्रद सेयरको भेल नै आएको सरोकारवालाहरू बताउँछन । अहिलेसम्मको रमेश हमालको कार्यकालमा ६५ वटा जति कम्पनीहरूलाई आईपीओ र हकप्रद सेयर जारी गर्न अनुमति दिइसकेका छन् । हमालले २०७८ साल फागुन महिनामा नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदमा बहाली गरेका थिए । हमाल बहाल भएदेखि अहिलेसम्मको पिरियडमा रमेश हमालजस्तो आईपीओ र हकप्रद सेयर निष्काशनको अनुमति अरू कुनै पनि सेबोनका अध्यक्षहरूले दिएनन् । गत आर्थिक वर्षमा मात्र ४२ वटा कम्पनीहरूलाई प्राथमिक सेयर निष्काशनको अनुमति दिएको सरोकारवालाहरू बताउँछन् । जसमा सातवटा जति कम्पनीलाई प्रिमियममा सेयर निष्काशन गर्न अनुमति दिएका थिए । पछिल्लो समयमा बीमा कम्पनीहरू सिमेन्ट कम्पनीहरू र हाइड्रोपावर कम्पनीहरूलाई पनि प्रिमियममा आईपीओ जारी गर्नका लागि अनुमति दिएका थिए । कतिपयको भनाइमा बुक बिल्डिङ प्रक्रियालाई थाँती राखेर प्रिमियममा आईपीओ जारी गर्न स्वीकृति दिने गरेकाले सेबोनले आर्थिक चलखेल गरी धमाधम प्रिमियममा आईपीओ जारी गर्न दिएको चर्चा छ ।
पछिल्लो समयमा सेयरबजारको दोस्रो बजार ओरालोमा छ, बजार घट्दो क्रममा रहेको बजारलाई पुनर्उत्थान गर्नका लागि आवश्यक पाइला चाल्नुपर्ने सेबोनले एकोहोरो ढङ्गले आईपीओ र हकप्रद सेयरहरू धमाधम जारी गर्न स्वीकृति दिएर आपूर्ति बढाएको भनाइ सरोकारवालाहरूको रहेका छन् । त्यसो त कतिपयको भनाइमा आईपीओ र हकप्रद सेयरको बाढी नै आएको कारणले कतिपय लगानीकर्ताहरू त हकप्रद सेयर भर्न नसक्ने अवस्थामा रहेको पनि भनाइ पाइन्छ । अहिले बजार ओरालो लाग्ने अवस्थामा छ । हकप्रद सेयर र आईपीओको आडमा बजार घटाएको आरोप सेबोनमाथि लाग्ने गरेको छ । कतिपय लगानीकर्ताहरूले प्राथमिक सेयर र हकप्रद सेयरको बाढीले बजारमा आपूर्तिको सन्तुलन बिग्रेको बताउँछन् जानकारहरू । गएको भाद्र महिनामा मात्र ११ वटा कम्पनीलाई हकप्रद सेयर निष्काशन गर्नका लागि सेबोनले अनुमति दिएको थियो । त्यसो त पछिल्लो समयमा आईपीओ सेयरप्रति आकर्षित भइरहेका छन्, लगानीकर्ताहरू ५८ लाखभन्दा बढीले डिम्याट खाता खोलिसकेका छन् । कुनै पनि कम्पनीहरूले आईपीओ सेयर निष्काशन गर्दा प्रिमियमा नै भए पनि १५ लाखभन्दा बढीले आईपीओमा आवेदन दिने गरेका छन् । यसले पनि दोस्रो बजारमा असर गर्ने गरेको छ । गएको केही महिनादेखि दिनहुँजस्तो आईपीओ र हकप्रद सेयर जारी हुने गरेको छ । कतिपय लगानीकर्ताहरू दोस्रो बजारमा भन्दा प्राथमिक बजारलाई सुरक्षित ठान्छन् । प्राथमिक बजारमा लगानीको जोखिम अलिक कम हुने गर्छ ।
यस कारणले पनि कतिपय लगानीकर्ताहरू आईपीओ सेयरप्रति आकर्षित हुने गरेका छन् । पछिल्लो समयमा जारी भएका आईपीओहरूमा चार अर्बभन्दा बढीले आवेदन पर्ने गरेका छन् । त्यसैगरी एकै कम्पनीको १० अर्बभन्दा बढीको हकप्रद सेयर जारी हुने गरेका छन् । धेरै कम्पनीहरूको हकप्रद सेयर निष्काशन भइरहेको कारणले हकप्रद सेयर भर्नका लागि लगानीकर्ताहरूले रकमको जोहो गर्नुपरेको कारणले दोस्रो बजारमा त्यति ध्यान दिन नसकेको बताउँछन् लगानीकर्ताहरू । कतिपय लगानीकर्ताहरूलाई हकप्रद सेयर भर्नका लागि रकमको जोहो गर्नुपरेको कारणले घट्दो बजारमा पनि सेयर बेच्नुपरिहेको बताउँछन् लगानीकर्ताहरू । यसले पनि बजार घट्नुमा मद्धत गरेको जानकारहरू बताउँछन् ।
पछिल्लो समयमा हकप्रद सेयर जारी गर्ने कम्पनीहरूमा हाइड्रोपावर कम्पनीहरू बढिरहेको देखिन्छ । त्यसो त हाइड्रोपावर कम्पनीहरूको हकप्रदप्रति लगानीकर्ताहरूको आकर्षण घट्दो अवस्थामा रहेको पनि स्वयम् लगानीकर्ताहरू बताउँछन् । कतिपय हकप्रद सेयरहरू सबै बिक्री नभएको पनि देखिन्छ । भर्खरै जारी गरेको नेसनल हाइड्रोपावर कम्पनीको हकप्रद सेयरहरू १३ लाख कित्ताभन्दा बढी बिक्री नभएको देखिन्छ । बिक्री नभएको हकप्रद सेयरहरू लिलाम बढाबढ गरेर बिक्री गर्ने गरेका छन् । लिलाम बढाबढबाट बिक्री गर्दा कम्पनीलाई केही आर्थिक लाभ पनि हुने कम्पनीलाई अतिरिक्त आम्दानी हुने गरेको हुन्छन् ।
एकातिर बजारले गति लिन सकिरहेको छैन भने अर्कोतिर बजार ओरालो लाग्ने गरेको पनि देखिन्छ । नेप्सेका साथै कारोबारको रकम समेत घटेको देखिन्छ भने बजारलाई नै असर पार्ने गरी नेपाल धितोपत्र बोर्डले भटाभट प्राथमिक सेयर र हकप्रद सेयर निष्काशन गर्न अनुमति दिने गरेको भन्ने लगानीकर्ताहरूको भनाइ छ । त्यसो त कुनै पनि कम्पनीले आ–आफ्नो प्रक्रिया पु-याएर प्राथमिक सेयर र हकप्रद सेयरको अनुमति माग गरेमा सेबोनले अनुमति दिनैपर्ने हुन्छ । तर बजारलाई हेरेर पनि केही समय रोक्न भने सकिन्छ भन्ने सरोकारवाला निकायको भनाइ छ ।
त्यसो त बजार घट्नेलाई प्राथमिक सेयर र हकप्रद सेयर निष्काशनको कारणले मात्र पनि होइन तर पनि अहिलेको बजारको अवस्थालाई विश्लेषण गर्दा हकप्रद सेयर र प्राथमिक सेयर निष्काशन नै हो कि भन्ने पनि देखिन्छ । त्यसो नियामक निकायहरूको नीतिनियम र निर्देशन मौद्रिक नीति र गभर्नर सेयरबजारमैत्री नहुनु बैंकको ब्याजदर घटबढ हुनु सेयरबजारमा चलखेल हुनु, बजारमा हुने अनावश्यक हल्लाहरूले पनि सेयरबजारलाई प्रभाव पार्ने सेयरबजारमा असर गर्ने गर्छन् । (लेखक सेयर लगानीकर्ता हुन्)
क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया