फलफूल खेतीको औचित्य
काठमाडौं । नेपालको कुल गार्हस्थ उत्पादनमा झन्डै एकतिहाइ योगदान पु-याउँदै आएको कृषि क्षेत्र हाल ओरालो लागेर एक चौथाइमा सीमित भएको छ । केही वर्षयता यहाँका कृषि उत्पादन घट्दो क्रममा रहेकाले विभिन्न किसिमका कृषि उपजहरू आवश्यकताअनुसार अन्य देशहरूबाट निरन्तररूपले आयात गर्न थालिएको छ । जसमध्ये फलफूल पनि एक हो ।
सरकारका कमजोरी एवम् अन्य कारणले गर्दा नेपालमा फलफूल खेती फस्टाउन सकेको छैन । त्यसैले यहाँ प्रत्येक वर्ष भारत र चीनलगायत अन्य देशहरूबाट पनि विभिन्न किसिमका फलफूल प्रचुर मात्रामा आयात गरिन्छ । कम उत्पादन भएकै कारण यहाँ फलफूल आयातको लागि मात्र प्रत्येक वर्ष अन्दाजी २० अर्ब रुपैयाँ खर्च गर्नुपरेको छ ।
वस्तुतः आजसम्म पनि नेपाल कुनै पनि किसिमको फलफूलको लागि आत्मनिर्भर बन्न सकेको छैन । तसर्थ, यहाँ विभिन्न किसिमका फलफूलको आयात दिन प्रतिदिन बढिरहेको छ । यहाँ प्रत्येक वर्ष आयात गरिने फलफूलहरूमध्ये केरा, स्याउ, मौसम र सुन्तला प्रमुख छन्, जसको आयात निरन्तररूपले बढिरहेको छ ।
यहाँ केरा खेती धेरैजसो जिल्लामा गरिए पनि स्वदेशी केराले यहाँको कुल मागको ३० प्रतिशत मात्र परिपूर्ति हुन्छ । बाँकी ७० प्रतिशत केराको माग परिपूर्तिका लागि खासगरी छिमेकी राष्ट्र भारतको निर्भर हुनुपरेको छ ।
यहाँका हिमाली जिल्लाहरूमा स्याउको उत्पादन प्रशस्त हुन्छ । तर ढुवानीको कठिनाइले गर्दा यहाँको स्वदेशी स्याउबाट सम्पूर्ण मागको केवल १० प्रतिशत मात्र परिपूर्ति हुन्छ । बाँकी ७० प्रतिशत चीनबाट र २० प्रतिशत भारतबाट परिपूर्ति हुन्छ ।
यहाँको मौसमको मागको सन्दर्भमा १५ प्रतिशत स्वदेशबाट परिपूर्ति हुन्छ भने ७० प्रतिशत भारतबाट र बाँकी १५ प्रतिशत अन्य देशहरूबाट परिपूर्ति हुन्छ । यसैगरी स्वदेशी सुन्तलाबाट यहाँको ५० प्रतिशत माग पूर्ति हुन्छ भने बाँकी ५० प्रतिशत भारतबाट आयात गरिन्छ । केही वर्षयता सुन्तला खेती प्रवर्द्धन गर्न निकै प्रयास भए पनि आयात घट्न सकेको छैन ।
दशैं र तिहारमा नेपालमा फलफूलको खपत झण्डै तीन गुणा बढ्ने कुरा एक आधिकारिक तथ्याड्ढले पुष्टि गरेको छ । उक्त चाडपर्वमा यहाँ फलफूलको खपत अरू बेलाको भन्दा तीन गुणाले वृद्धि हुन्छ भने आयात पनि तीन गुणाले बढ्छ ।
नेपाल फलफूल तथा तरकारी व्यवसाय महासंघका अनुसार यहाँ अन्य दिनहरूमा दैनिक अन्दाजी चारदेखि पाँच करोड मूल्य बराबरको फलफूल आयात गरिन्छ भने दशैं र तिहारमा चीन र भारतबाट मात्र दैनिक नौ करोड मूल्य बराबरको विभिन्न फलफूल आयात गरिन्छ । उक्त समयमा उपभोक्ताहरूको माग परिपूर्ति गर्न कठिन हुने कुरा उक्त महासंघले जनाएको छ ।
नेपाललाई १० मुख्य फलफूलमा आत्मनिर्भर बनाउने उद्देश्यले आर्थिक वर्ष २०७३÷७४ मा सञ्चालन गरिएको फलफूल आत्मनिर्भर दशक कार्यक्रम आफ्नो लक्ष्य प्राप्तिमा सफल देखिँदैन । किनभने उक्त कार्यक्रम सञ्चालन गरिएको सात वर्ष बितिसक्दा पनि नेपाल केही फलफूलमा आत्मनिर्भर हुनु त परै जाओस् झन् परनिर्भर भएको कुरा सर्वविदितै छ ।
भन्सार विभागको तथ्याड्ढअनुसार नेपालमा आर्थिक वर्ष २०७६/७७ यता विभिन्न किसिमका फलफूलको तीव्ररूपले बढेको देखिन्छ । जसलाई यहाँ प्राप्त तथ्याड्ढले पुष्टि गर्छ । आर्थिक वर्ष २०७३/०७४ मा यहाँ एक लाख ९७ हजार चार सय ५१ मेट्रिक टन फलफूल आयात गरिएको थियो । आर्थिक वर्ष २०७४/०७५ मा यहाँ चार लाख १८ हजार मेट्रिक टन, आर्थिक वर्ष २०७५/०७६ मा तीन लाख ८३ हजार तीन सय ५० मेट्रिक टन र आर्थिक वर्ष ०७६/७७ मा दुई लाख ८० हजार चार सय ७१ मेट्रिक टन फलफूल भित्रिएको थियो ।
यसैगरी, २०७७/७८ मा दुई लाख ९९ हजार चार सय ६९ मेट्रिक टन फलफूल भित्रिँदा आर्थिक वर्ष २०७८/७९ मा तीन लाख ३१ हजार छ सय १० मेट्रिक टन फलफूल यहाँ आयात गरिएको थियो । वास्तवमा यहाँ फलफूल उत्पादन वृद्धि गर्ने नीति अपनाइए पनि कार्यान्वयन प्रभावकारी हुन नसकेकाले आशा गरेअनुरूप सफलता प्राप्त गर्न सकिएन । फलस्वरुप यहाँ फलफूलको आयात तीव्ररूपले बढिरहेको छ ।
नेपाल सरकारले स्वदेशमै फलफूल उत्पादन गरी आत्मनिर्भर हुन यहाँका विभिन्न ठाउँमा हावापानीका आधारमा जोन, सुपरजोन र पकेट क्षेत्र बनाएको छ । तर हालसम्म पनि यहाँ मागअनुरूप फलफूलको उत्पादन बढाउन सकिएको छैन । बरु यहाँ प्रत्येक वर्ष झन्डै दश प्रतिशत फलफूलको आयात बढ्नाले व्यापार घाटा बढाउन सघाउ पुगेको छ । जसले गर्दा यहाँको अर्थतन्त्रमा नकारात्मक प्रभाव परेको छ । केही वर्षयता नेपालको निर्यात व्यापार सन्तोषजनक किसिमबाट बढ्न सकेको छैन भने आयात तीव्ररूपले बढिरहेको छ । परिणामतः यहाँको व्यापार घाटा बढेर अर्थतन्त्रमा नकारात्मक प्रभाव परेको छ ।
यथार्थतः नेपाल विश्व व्यापार संगठनको सदस्य, सार्कको साफ्टा र बिमस्टेकजस्ता क्षेत्रीय संगठनमा संलग्न भए पनि यसले निर्यात व्यापारको उपयुक्त पहुँच पहिल्याउन आजसम्म पनि सकेको छैन । विश्वमा यसले केही देशहरूसँग द्विपक्षीय व्यापार सम्झौता गरे पनि यहाँको निर्यातमा हालसम्म पनि आशा गरेअनुरूप सफलता हासिल गर्न भने सकिएको छैन ।
यहाँको निर्यात अभिवृद्धि गर्न तत्कालीन सरकारले २८ निर्यातयोग्य वस्तु पहिचान गरेको थियो । तर यसलाई व्यवहारमा लागू गर्न नसक्दा यहाँको निर्यातमा हालसम्म पनि सुधार गर्न सकिएको छैन ।
वस्तुतः यहाँका उपयुक्त ठाउँमा फलफूल खेती विस्तार गर्न सके भविष्यमा फलफूलको लागि मात्र आत्मनिर्भर नभई निर्यात प्रवद्र्धनमा पनि सघाउ पुग्नेछ । तर यसको लागि सरकार, गैरसरकार र सरोकारवालाहरूको सक्रिय सहयोगको आवश्यकता छ । नेपाल व्यापार एकीकरण रणनीतिमा यहाँका निर्यातयोग्य वस्तुहरूको सूचीमा धेरैजसो कृषिजन्य नै छन् । तर सरकारले यी वस्तुहरूको उत्पादनका लागि यथोचित ध्यान नदिनाले यहाँ मागअनुरूप फलफूलको उत्पादन बढ्न सकेको छैन ।
केही वर्षयता यहाँ फलफूललगायत सबैजसो कृषिजन्य वस्तुहरूको आयात बढ्न थालेपछि सरकारले यहाँ विद्यमान कृषि प्रणालीलाई आधुनिकीकरण एवम् व्यवसायीकरण गरी आगामी पाँच वर्षभित्र अधिकतम कृषि उत्पादन बढाउने योजना बनाएको छ । तर यसलाई व्यवहारमा उतार्न सरकार, गैर–सरकार र सरोकारवालाहरू कटिबद्ध हुनुपरेको छ ।
क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया